कृष्ण खनाल, जेठ १३, बुटवल । खाद्यान्न विउ उत्पादनमा आत्मनिर्भर बनेको रुपन्देही जिल्लामा बार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण खनाल, जेठ १३, बुटवल । खाद्यान्न विउ उत्पादनमा आत्मनिर्भर बनेको रुपन्देही जिल्लामा बार्"/>
२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रुपन्देहीमा बार्षिक ३० करोडको विउको कारोवार

१३ जेष्ठ २०७३, बिहीबार १३:३६

कृष्ण खनाल, जेठ १३, बुटवल । खाद्यान्न विउ उत्पादनमा आत्मनिर्भर बनेको रुपन्देही जिल्लामा बार्षिक करिव ३० करोड रुपैयाँ बराबरको विउ उत्पादनभई कारोवारहुने गरेको पाइएको छ ।

अहिले जिल्लामा उत्पादन भएको विभिन्न प्रकृतिका खाद्यान्न विउको माग अन्य जिल्लामा समेत बढि रहेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटा बताउछन् । उनका अनुसार जिल्लामा धानको विउ उत्पादन हुने गरेको छ ।

धान उत्पादनमा झापा जिल्ला पछिको दोस्र्रो उत्कृष्ठ जिल्लाको रुपमा रहेको रुपन्देहीमा बार्षिक २१ सय मेट्रिक टन धानको विउ उत्पादन हुने गरेको पाइएको छ । यस्तै दोस्रो स्थानमा गहुँको विउ रहेको छ । रुपन्देहीमा सबै भन्दा बढि गहुँको विउ उत्पादन हुने गरेको छ । जिल्लामा बार्षिक रुपमा २ हजार ५ सय मेट्रिक टन बराबरको उत्पादन हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा मसुरो बार्षिक ४ मेट्रिक टन उत्पादन हुने गरेको छ ।

जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिमृत भोजराज सापकोटा भन्छन्–‘जिल्लाबाट करिब गँहु १२०० टन तथा धान करिब ८०० टन बीउ बिजन जिल्ला बाहिर बेच बिखन हुदै आएको छ ।’ उनी थप्छन्–‘बार्षिक करिब ३० करोड रुपैया बराबरको बीउ बिजन कारोबार हुदै आएको छ ।

जिल्लामा गँहु तथा धानको राधा ४ को बीउ छिमेकी भारतिय क्षेत्रमा समेत उच्च माग रहेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ । यस्तै तरकारी, तोरी, केराउ, चना, मूँग, मास, सूर्यमुखी, अरहर, मसला बाली आदिको बीउ उत्पादन नभएकोले अन्य जिल्ला वा बिदेशबाट आयातमै निर्भर हुनुपर्ने अवस्था रहेको जनाइएको छ ।

रुपन्देहीमा करिब ४० प्रतिशत क्षेत्रफलमा धानका बिभिन्न भारतीय तथा चाईनिज हाईब्रिड जातहरुको प्रयोग हुदै आएको छ । भने हाईब्रिड जातको प्रयोग नभएको तथा खुला सेचित जातमा गहुमा आत्मनिर्भर बनेको छ । यस्तै मकै जिल्लामा करिब ३० प्रतिशत क्षेत्रमा बहुराष्ट्रिय कम्पनी तथा भारतीय हाईब्रिड जातहरुको प्रयोग हुदै आएको छ भने मुसुरोको अहिले सम्म पनि नेपालकै रैथाने विउ प्रयोग हुदै आएको छ ।

रीको विउ रुपन्देहीमा करिब २० प्रतिशत क्षेत्रमा भारतीय उन्नत÷हाईब्रिड जातहरुको प्रयोग हुदै आएको छ । तरकारीमा ९५ प्रतिशत बिभिन्न बहुराष्ट्रि«य, भारतीय, चाईनिज कम्पनीका उन्नत तथा हाईब्रिड जातहरुको बाहुल्यता रहेको छ ।

रुपन्देहीमा निजी बीउ बिजन कम्पनीहरु ४ वटा, समूह तथा सहकारी २३ वटा,सरकारी कम्पनी १ वटा गरी कुल २८ वटाले विउ उत्पादन गर्दै आएका छन् । रुपन्देही जिल्लामा बीउ प्रशोधन क्षमता निजी ४, सहकारीको ३ र सरकारी १ गरी ८ वटा कम्पनी तथा संस्थाहरुको कूल बीउ प्रशोधन क्षमता १४ मेट्रिक टन प्रति घण्टा रहेको छ ।

रुपन्देही जिल्लामा बीउ चक्र पालना नगरि बीउ उत्पादन गर्ने परिपाटीले श्रोत बीउको अभाव हुनुको साथै बीउको उत्पादनमा कमि, खाद्यान्न बालीको बीउको गुणस्तरमा एकरुपता कायम गर्न नसकिएको , दलहन बालीको बीउ उत्पादनमा जोखिम व्यवस्थापन गर्न नसक्दा कृषक तथा व्यवसायिहरुको आकर्षण कम रहेको, तेलहन बालीको बीउको हकमा जोखिम व्यवस्थापन गर्न नसकिएको साथसाथै गुणस्तरयुक्त बीउ उत्पादनको लागि आवश्यक मापदण्ड पुग्ने क्षेत्र (जस्तैः पृथकता दुरी) उपलब्ध नहुनु जस्ता समस्याहरु विउत्पादन तथा प्रशोधनमा समस्याको रुपमा खडा भएका छन् ।

त्यस्तै खुला भारतिय सिमानाको कारण गुणस्तरहिन बीउको आयत कार्यलाई प्रभावकारी रुपमा नियमन गर्न नसकिनु, हाईव्रिड जातको विकास भएता पनि (जस्तैः रामपुर हाईव्रिड २, मकै) निजी क्षेत्रलाई सोको प्रविधि हस्तान्तरण गरि बीज बृद्धि गर्न प्रोत्साहन नहुनु, विद्यमान बीउको मुल्यमा अनुदान परिपाटिले गर्दा प्रतिस्पर्धात्मक बातावरण गुम्न गई बीउ व्यवसायि निरुस्साहित हुनु, प्राथमिक बीउ उत्पादक ( कृषक समूह) सग प्रारम्भिक प्रशोधन तथा भण्डारण पुर्वाधारमा कमि , जिल्ला पश्चिमान्चल क्षेत्रकै बीउ उत्पादन केन्द्र बन्न सक्ने सम्भावना भएता पनि सो अनुरुपको पुर्वाधार विकासको लगानीको कमि रहनु पनि विउ उत्पादनमा समस्याको रुपमा देखा पारेको पाइएको छ ।

जिल्ला कृषि विकास कार्यालययय रुपन्देहीका अनुसार रुपन्देही जिल्लामा स्थापना भएका विउ उत्पादक तथा प्रशोधन कम्पनीहरुको भविश्य समेत राम्रो हुदै गएको छ । बीउको प्रतिस्थापन दर क्रमशः बढदै गएकोले प्रत्येक बर्ष बीउको आवश्यकता बढदै जादा यसको उपयोगीता पनि बढ्दै जान्छ जसको कारण स्थापना गरेका कम्पनीहरुलाई फाईदा पुग्ने देखिन्छ ।

सरकारले पनि बीउ ब्यवसाय स्थापनाका लागि अनुदानको ब्यवस्था गरेका छ भने सरकारले विउ भिजन २०२५ ल्याएकोले पनि बीउको व्यवसायीकरण, ठूला बीउ कम्पनी स्थापनामा जोड दिएकोे छ । रुपन्देही भौगोलिक बिविधताले गर्दा बीउ उत्पादनको लागि आवश्यक हावापानी उपलब्ध भएको कारणले पनि विउ उत्पादनमा कुनै खासँ समस्या हुदैन ।

यस्तै रुपन्देहीको हकमा विशेष गरी खाद्यान्य बाली (धान, गहुँ ), दलहन (मूसुरो) र तेलहन ( तोरी) बालीमा खायनको रुपमा भन्दा बीउ उत्पादन व्यवसायबाट बढी आर्थिक लाभ लिन सकिन्छ । उत्पादीत विउ यातायतातको माध्यमबाट नेपालको पूर्व, पश्चिम र उत्तर क्षेत्रमा बजारको सहज पहुँच पुर्याउन सक्ने रणनैतिक केन्द्रमा रुपन्देही जिल्लाको अवस्थिती समेत राम्रो रहेको छ ।

बीउ विजनको व्यवसायीकरणका लागि निजी क्षेत्रको सहकार्यमा ठुलो बीउ उत्पादक कम्पनी स्थापनाको लागि पूर्वाधार विकास गरी साना साना बीउ उत्पादन कृषक समूह तथा सहकारीलाई रणनैतिक सहभागिको रुपमा आबद्ध गराउन सकेमा अझ राम्रो हुने जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको भनाई रहेको छ ।

तस्वीरःरुपन्देहीको मोतिपुरमा रहेको सीम्रीक कृषि सहकारीले निर्माण गरेको विउ प्रसोधन केन्द्र । तस्वीरः कृष्ण खनाल/बुटवल ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने