असार १, बिर्तामोड । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १, बिर्तामोड ।
२६ पुष २०८२, शनिबार
अर्थ/विकास

शोभितको स्मृतिमा बृक्षरोपण

१३ असार २०७३, सोमबार १६:४६

असार १, बिर्तामोड । वीरता जेसीजका सदस्य शोभित शर्माको १३औं दिनको पुण्यतिथिमा वीरता जेसीजले आज बुधवार श्रद्धाञ्जलि सभासहित बृक्षरोपण सम्पन्न गरेको छ ।

बुट्टाबारी पूर्व शनिअर्जुनस्थित प्रगति सामुदायिक वन क्षेत्रमा रहेको जेसीज वनमा बृक्षरोपण गरिएको हो । सो अवसरमा जेसीजका सदस्य शोभितको सम्झनामा पर्यावरणमा टेवा पु¥याउने उद्देश्यले विभिन्न जातका तीन सय ५० वटा विरुवा रोपिएको वीरता जेसीजका कोषाध्यक्ष एकराज गिरीले जानकारी दिए । उक्त विरुवा इलाका वन कार्यालय सुरुङ्गाले उपलब्ध गराएको थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जिल्ला वन कार्यालयका रेञ्जर राजन राईले गरेका थिए । वीरता जेसीजका अध्यक्ष सजेश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रगति सामुदायिक वनका उपाध्यक्ष तेजबहादुर सुवेदी, रोटरी क्लब अफ मिडटाउन बिर्तामोडका अध्यक्ष उमेश डालमिया, प्रमुख अतिथि राईले मन्तव्य व्यक्त गरेका थिए ।

वीरता जेसीजका उपाध्यक्ष मिजास पोखरेलले आस्था वाचन गरेको कार्यक्रममा स्वागत संयोजक किशोर बस्नेत र सञ्चालनमा महासचिव प्रकाश सुवेदी (लभ) ले गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्वाङ, विर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रविन्द्र वस्ती, बिर्तामोडका डिएसपी खड्गबहादुर खत्री, झापा ट्राफिक प्रहरी प्रमुख ढुण्डीराज गिरी, बाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्की, रोटरी क्लब मिडटाउन बिर्तामोडका संस्थापक सन्तोष अग्रवाल, फिटनेश बल्र्डका अध्यक्ष हरि धिमाल, नेप्लिज टिन्सका संस्थापक मनिष बस्नेत लगायतको आतिथ्य थियो ।

कार्यक्रम सम्पन्न गर्नका लागि रोटरी क्लब अफ मिड टाउन बिर्तामोड, फिटनेश बल्र्ड एल्थ क्लब, रेडक्रस बिर्तामोड, वीरता लेडी जेसीज, झापा उद्योग बाणिज्य संघ बिर्तामोड, नेप्लिज टिन्स बिर्तामोड, झापा बडिविल्डिङ एण्ड फिटनेश एशोसिएसन र युनाइटेड रिभर साइण्ड एण्ड युथ ग्रुप बिर्तामोडले सहयोग पु¥याएका थिए ।
जेसीजका सदस्य शोभितको ४३ बर्षको उमेरमा सामान्य ज्वरोका कारण अकल्पनीय रुपमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला