२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तीनवटा वाणिज्य बैंकले गरे नयाँ व्याजदर सार्वजनिक, कसको कति छ ?

२०७६, १५ माघ बुधबार ०५:५२

माघ १५, काठमाडौं |  बुधबार ३ वटा वाणिज्य बैंकहरु इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक र लक्ष्मी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् | सार्वजनिक गरिएको नयाँ व्याजदर कर्जा र निक्षेपमा माघ १५ देखि लागु हुनेछ | नेपाल इन्भेष्टमेन्ट बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९.२५ प्रतिशत र संस्थागत तर्फ ८.५० प्रतिशत देखी ८.६० प्रतिशतसम्म रहेको छ |

बचत खातामा भने बैंकले ३.५ प्रतिशत देखी ५.५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ | बैंकको पुस मसान्तसम्मको बेसरेट ८.५८ प्रतिशत रहेको छ | जसलाई आधार मानेर बैंकले कर्जामा न्यूनतम ९.५८ प्रतिशत देखी अधिकतम १५.५० प्रतिशतसम्म ब्याज तोकेको छ । बैंकले १ वर्षको लागि निश्चित कर्जाहरु एनआबीएल इको लोनमा १०.५० प्रतिशत, एनआइबीएल एसएमई लोनमा ९.९९ प्रतिशत र प्रोडक्टिभ एग्रो सेक्टर लोनमा १०.५० प्रतिशत ब्याज तोकेको छ |

त्यस्तै लक्ष्मी बैंकले माघ १५ गते देखी लागु हुनेगरी व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५ प्रतिशत र संस्थागत तर्फ ८.६० प्रतिशतसम्म ब्याज दिनेछ । बचत खाता तर्फभने बैंकले ५ प्रतिशतदेखी ६.५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ |

पुस मसान्तमा बैंकको बेसरेट १०.०९ प्रतिशत रहेको छ | बैंकले हाल २२ प्रकारका कर्जा दिइरहेको छ | अधिकांस कर्जाको ब्याजदर भने बैंकको ११.०९ देखी १९.०९ प्रतिशत माथि रहेको उल्लेख गरेको छ |

प्रभु बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९.२५ प्रतिशत र संस्थागत तर्फ ८.५० प्रतिशत देखी ८.६० प्रतिशतसम्म रहेको छ । बचत खातामा भने बैंकले न्युनतम ४.५० प्रतिशत देखी ६.५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

बैंकको पुस मसान्तसम्मको बेसरेट ९.४५ प्रतिशत रहेको छ । जसलाई आधार मानेर बैंकले कर्जामा न्यूनतम १०.७ प्रतिशत देखी अधिकतम १४.४५ प्रतिशतसम्म ब्याज तोकेको छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ