माघ १६, काठमाडौं | चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एभरेष्ट बैंकको १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ खुद नाफा भएको छ | गत आर्थिक वर्षको तुलनामा ७ करोड ९९ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ |
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २ अर्ब ६७ करोड १० लाख खुद ब्याज आम्दानी गरेको यस बैंकले चालुक वर्षको सोही अवधिमा २ अर्ब ९० करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ११ करोड ३९ लाख रुपैयाँ बढेर २ अर्ब १५ करोड ६९ लाख रुपैयाँ पुगेको छ |
८ अर्ब ५१ करोड २ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको प्रतिशेयर आम्दानीमा पनि सामान्य सुधार भएको छ |