१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल टेलिकमले ल्यायो ‘विन्टर अफर’,के-के छन् सुविधा ?

२६ माघ २०७६, आईतवार ११:३९

माघ २६, काठमाडौं | नेपाल टेलिकमले ग्रहाकहरुका लागि विन्टर अफर ल्याएको छ | उक्त अफर २०७६ माघ २२ गते देखि नै लागू भइसकेको छ र आगामी चैत ३० गतेसम्म लागु हुने कम्पनीले जनाएको छ | यो भन्दा पहिले उपलब्ध अटम अफर अन्तर्गतका सेवाहरुमा केही थप सुविधा तथा नयाँ प्याकेज समेत उपलब्ध गराएर विन्टर अफर ल्याइएको छ |

सोसियल मिडिया प्याक

सोसियल मिडिया प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिने छ । यस अन्तर्गत १० रुपैयाँमा ७० एमबी डाटा १ दिन, ३५ रुपैयाँमा २ सय ५० एमबी डाटा ३ दिन र ६५ रुपैयाँमा ६ सय एमबी डाटा ७ दिनका लागि उपलब्ध हुनेछ । यी प्याक जुनसुकै समयमा पनि चलाउन सकिने छ । 

युट्युब (स्ट्रिमिङ) डाटा प्याक

युट्युब चलाउन १ दिन, ३ दिन र ७ दिन समयावधिका लागि प्याक लिन सकिन्छ । यी प्याक क्रमशः १५ रुपैयाँ, ३० रुपैयाँ र ६० रुपैयाँमा खरिद गर्न सकिन्छ । यसका लागि डाटा भोल्युम क्रमशः ३ सय, ६ सय ५० र १ हजार ४ सय एमबी प्राप्त हुन्छ । 

डे टाइम भ्वाइस प्याक

डे टाइम भ्वाइस प्याक अन्तर्गत अब १५ रुपैयाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म कल गर्न सकिने छ । त्यसैगरी १० रुपैयाँमा १ सय मिनेटको भ्वाइस प्याक प्रयोग गर्न सकिन्छ । यी प्याक २४ घण्टाभित्र उपयोग गर्न सकिने छ । 

पोष्टपेड प्याक

जीएसएम पोष्टपेडका लागि विभिन्न प्रकारको प्याक उपलब्ध भइरहेकोमा अब ३ सय रुपैयाँको नयाँ प्याक समेत थप गरिएको छ । यस अन्तर्गत ६ सय २० मिनेट भ्वाइस वा ३ हजार एमबी डाटा लिन सकिन्छ । सो प्याक ३० दिनभित्र प्रयोग गर्न सकिन्छ । 

बिग डाटा प्याक

नयाँ प्याकका रुपमा कम्पनीले बिग डाटा प्याक समेत उपलब्ध गराएको छ । यस अन्तर्गत १ हजार ६ सय रुपैयाँमा ९० दिनका लागि ३० जीबी र ३ हजार रुपैयाँमा १ सय ८० दिनका लागि ६० जीबी डाटा खरिद गर्न सकिन्छ । 

कम्पनीले अटम अफरको रुपमा उपलब्ध गराइरहेका अन्य अफरहरु भने विन्टर अफरमा पनि यथावत् रहेका छन् । पहिलो पटक नेपाल टेलिकम एप डाउनलोड गर्ने ग्राहकलाई एक सय एमबी डाटा भोल्युम बोनसको रुपमा समेत उपलब्ध छ |

अल टाइम डाटा प्याक

अल टाइम डाटा प्याक अन्तर्गत १५ रुपैयाँ देखि ७ सय रुपैयाँसम्मका प्याक उपलब्ध छन् | जस अन्तर्गत ६० एमबी देखि १४ हजार एमबी सम्मका प्याकेज खरिद गर्न सकिने छ | यी प्याकेज प्रयोग गर्न सकिने समयावधि पनि १ दिन देखि २८ दिनसम्म हुनेछ |

डे डाटा प्याक

बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न सकिने डे डाटा प्याक अन्तर्गत अब १५ रुपैयाँमा २ सय एमबी डाटा प्रयोग गर्न सकिने छ । साथै १० रुपैयाँमा ८० एमबी डाटा समेत प्रयोग गर्न सकिने छ । यी दुबै डाटा प्याक खरिद गरेको २४ घण्टाभित्र चलाउन सकिने छ । 

नाइट डाटा प्याक

बेलुकी ११ बजेदेखि विहान ६ बजेसम्म चलाउन सकिने नाइट डाटा प्याक १२ रुपैयाँमा ४ सय एमबी खरिद गर्न सकिने छ । अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत १ रातको १८ रुपैयाँ र ७ रातको ९० रुपैयाँमा प्याक उपलब्ध गराइएको छ । 

विभिन्न प्याकेज प्राप्त गर्नका लागि *1415# मा डायल गर्न सकिन्छ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी जानकारी लिन सकिने कम्पनीले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी