प्रभात सुवेदी । असार ३१, बर्दिया । बर्दियाको बबई नगरपालिका २ भुरीगाँउ बजारमा रेडिय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असार ३१, बर्दिया । बर्दियाको बबई नगरपालिका २ भुरीगाँउ बजारमा रेडिय"/>
१७ चैत्र २०८१, आईतवार
अर्थ/विकास

थपियो बर्दियामा अर्को एफएम रेडियो

१ श्रावण २०७३, शनिबार १८:४४

प्रभात सुवेदी । असार ३१, बर्दिया । बर्दियाको बबई नगरपालिका २ भुरीगाँउ बजारमा रेडियो टाइगर एफ. एमले बुधबारदेखि परीक्षण प्रसारण आरम्भ गरेको छ ।  

बर्दिया टाइगर नेटवर्क द्वारा ८८.२ मेगाहर्जका एफएम ब्याण्डमा परीक्षण प्रसारण सुरु गरिएको एफएमको बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाले परीक्षण प्रशारणको समुद्घाटन गर्नुहुँदै जिल्लामा प्रशासनिक सुशासन कामय गर्नका लागि रेडियोले महत्वपूर्ण कदम चाल्नुपर्ने कुरा औंल्याउनु हुँदै प्रगतिको शुभकामना दिनुभयो ।  

कृषी, संस्कृति, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, पर्यटन, संरक्षण र विकासका लागि संचार भन्ने नारा सहित बर्दिया टाइगर नेटवर्क द्धारा रेडियो टाइगर एफ.एम. ८८ थोप्लो २ मेगाहर्ज भुरीगाउँमा सञ्चालन गरिएको यो रेडियो सँगै अब जिल्लामा सामुदायिक र निजी गरी सात ओटा रेडियोहरु सञ्चालनमा आएका छन् । 

कार्यक्रममा विशिष्ट अतिथी रहनुभएका बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापाले बन्यजन्तुको नामबाटएफ.एम. रेडियो नामाङ्ककरण गरीएकोमा खुशी व्यक्त गर्नुहुँदै, वन्यजन्तु र जैविक विविधताको संरक्षणका साथै मध्यवर्ती क्षेत्रको विकासका लागि रेडियोले आगामी दिनमा कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने भन्ने शुभकामना व्यक्त गर्नुभयो । 

जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले सामुदायिक एवं निजी विद्यालयको अवस्थालाई उजागर गरी शिक्षा क्षेत्रको पनि समाचार र कार्यक्रम ल्याउन आग्रह गर्दै शुभकामना व्यक्त गर्नुभयो । 

रेडियो टाइगर एफ. एमले सूचनामूलक, समाचार मूलक, संरक्षणमूलक, शिक्षाप्रद, ज्ञानवद्र्धक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु सञ्चालनमा ल्याउने र श्रोताहरुकै माग तथा स्थानीय आवश्यकतालाई मध्यनजर गरी कार्यक्रम एवम् प्रसारण गरिने लक्ष्य राखेको प्रबन्धक भावुक योगीले बताउनुभयो । 

रेडियोको परीक्षण प्रसारणका क्रममा रेडियोबाट शुभकामना शन्देश दिनु हुने व्यक्ती, व्यापरी एवं संघ संस्थालाई रेडियोले मायाको चिनो स्वरुप झण्डै ४७ जनालाई रेडियो बितरण समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवीन्द्र र धवललाई भेट्न प्रहरी परिसर टेकुमा राप्रपा अध्यक्ष लिङ्देन जनकपुरमा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार रास्वपा सभापतिमा फर्किँदै रवि  दोस्रोपटक सूचना टाँसेर संसद् स्थगित, सभामुख आन्तरिक छलफलमा ज्ञानेन्द्रलाई जरिवानाको पत्र काटेको भन्दै लोहनीद्वारा बालेनको आलोचना अब राजावादी प्रदर्शनको नेतृत्व जगमान गुरुङले गर्ने दुर्गा प्रसाईंले भने- म भागेको छैन, ज्यान जोगाउन मन्दिरमा बसेको छु (भिडिओ) रवीन्द्र-धवललगायतलाई ३ बजेपछि सरकारी वकिलकहाँ लगिने, पक्राउ परेकाको कसुर केलाउँदै प्रहरी प्रधानमन्त्री ओली र प्रचण्डबीच टेलिफोन वार्ता, भेटेर थप छलफल गर्ने तयारी कुलमानको रिट ‘हेर्न नभ्याइने’ अमेरिकामा विमान दुघर्टना, उड्ने बित्तिकै घरमाथि खस्यो पूर्वराजा ज्ञानेन्द्रले बुझ्न मानेनन् काठमाडौं महानगरको जरिवाना पत्र आईसीसी मेन्स क्रिकेट वल्र्ड कप : ४८ खेलाडीलाई क्याम्पमा बोलाइयो (सूचिसहित) सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? राजावादी प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गरि दोषीलाई कारबाही हुन्छ – गृहमन्त्री गृहमन्त्री लेखक माओवादी केन्द्रीय कार्यालय पुगे रास्वपाद्वारा तीनकुने घटनाको उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग तीनकुने क्षेत्रको कर्फ्यु हट्यो दुर्गा प्रसाईं फरार, बिभिन्न प्रहरी युनिटले खोजि गर्दै मन्त्रिपरिषद् बैठक सकियो, के निर्णय भयो ?