१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लकडाउनको अठारौं दिनमा सुरक्षा सामाग्री

२८ चैत्र २०७६, शुक्रबार १४:१३

रेशमराज रोकाया | चैत २८, हुम्ला | यतिखेर जिल्ला सदरमुकाम सुनसान छ । चहल पहलको नाममा विमानस्थलमा नेपाल सरकारले लक डाउनको बेला खाद्यान्न आपुर्ती कमी नहोस् भन्नको लागि हवाईजहाज मार्फत खाद्यान्नको ढुवानी भईरहेको छ । ग्रामिण भेगका किसान भने खेती किसानमा लागेकै छन् । स्थानिय तहमा भने सुनसान छ । 

स्थानिय तहले कोरोना संक्रमण नहोस् भन्नको लागि केही सतर्कता अपनाईरहेका छन् । यहाँ सबै जसो स्थानिय तहमा भने औषधी र डाक्टरको अभाव छ । एच्. ए., अहेब, अनमीको भरमा स्थानिय स्वास्थ्य संस्था संचालनमा रहेका छन् । सामान्य औषधी मात्र छ । कोरोना भाईरस हुम्लामा भित्रिएको कुनै जानकारी छैन । स्थानिय निकायले थोरै मात्रामा क्वारेन्टाईन स्थलको निर्माण गरेका छन् । जिल्ला भन्दा बाहिरबाट आएका स्थानिय क्वारेनटाईन स्थलमा बस्न मानेका छैनन् । जिल्ला भित्रिएको तथ्याँक हाराहारी १ हजारको भएता पनि हाल क्वारेनटाईनमा बसेका व्यक्ति ५० जना पनि छैनन् । ति पनि ७ दिन पछि घर फर्कन पाउनु पर्छ भन्ने माग राखिरहेका छन् । कुन गाउँमा जिल्ला भित्रिएका व्यक्ति छन् भन्ने बारेमा स्थानिय प्रशासनले केही दिन अगाडी तथ्याँक निकालेको छ तर तिनीहरुलाई कसरी अन्य व्यक्तिबाट सुरक्षित राख्ने भन्ने बारेमा जानकार राख्दैन । 

स्थानिय निकाय पनि कोरोनाको बारेमा खासै कुनै जवाफदेही जिल्लाका सबैजसो निकाय राख्दैन । राखेमा पनि स्थानियले कुनै पनि  मान्नेवाला भने छैनन् । लक डाउन भएको १८ औं दिनमा कुनै स्थानिय निकायले क्वारेनटाईन स्थलको निक्र्यौल गदैछन् । कुनै स्थानिय निकाय भने भरखर औषधी र स्वास्थ्य सामाग्रीको जोहो गर्नमा व्यस्त रहेका छन् । यो अवस्था हो हुम्ला जिल्ला भरको स्वास्थ्यको अवस्था ।

कोरोना भाईरस अर्थात कोभिड १९ को विरुद्ध सर्तकता अपनाउन नेपाल सरकारले आह्वान गरेको लक डाउनको १८ औं दिनमा हुम्लाका स्थानिय तहले सुरक्षाको सामाग्री जिल्ला भित्र्याएका छन् । हाल जिल्लामा कुनै कोभिड १९ का विरामी देखा नपरेको भएता पनि सुरक्षा सतर्कता अपनाउन स्थानिय तहले सुरक्षा सामाग्री भित्र्याएका हुन् । कर्णाली प्रदेश सरकारले जिल्ला अस्पतालको लागि यस अघि नै सामाग्रीको व्यवस्था गरेको भएता पनि जिल्लाका सबै स्थानिय तहको लागि सामाग्री अपुग भएको भन्दै स्थानिय तहले आफै सामाग्री किनेर जिल्ला भित्र्याएका हुन् । सिमकोट र नाम्खा गाउँपालिकाले स्वास्थ्यकर्मीलाई उपचारको लागि सहज होस् भन्नको लागि पि.पि.ई. सेट, बुट, स्यानिटाईजर, एन् ९५ मास्क, सर्जिकल मास्क लगायतका सुरक्षा समाग्रीको खरिद गरेका हुन् । आजै मात्र सिमकोटमा पुगेको सामाग्रीमा पि.पि.ई. सेट ३०, एन् ९५ मास्क १ सय, सर्जिकल मास्क २ हजार ५ सय, स्यानिटाईजर ५ सय बोतल, स्पिरिट सिमकोट गाउँपालिकाले भित्र्याएको छ ।  त्यसै गरी नाम्खा गाउँपालिकाले एन् ९५ मास्क १०० सर्जिकल मास्क ३ हजार पि.पि.ई. सेट १५ वटा खरिद गरेको छ । सुरक्षा सतर्कता अपनाउनको लागि यस्ता सामाग्रीले स्वास्थ्यकर्मी र कोभिड संक्रमण भएका विरामीको लागि सहज हुने सिमकोट गाउँपालिका स्वास्थ्य प्रमुख दान बहादुर बोहराले बताए । यस अघि विरामीलाई दिईने प्रतिरक्षात्मक सामान्य खालको औषधी खरिद गरि गाउँपालिकामा पुर्याई सकिएको र सम्पूर्ण स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी र स्वास्थ्य संस्थालाई यो सामाग्री वितरण क्रमश गरिने बोहोराको भनाई छ ।


माथीको तश्वीरमा: जिल्लाको सिमकोट र नाम्खा गाउँपालिकाले सुर्खेतबाट हवाईजहाजको प्रयोगले ल्याएको कोरोना सहायता सामाग्री । फोटो: रेशमराज रोकाया/सास

उता जिल्लाको मध्य भागमा रहेको सर्केगाड गाउँपालिकाले कोरोना प्रभावितको लागि लक्ष्ँित गरेर १ करोड १ लाख रकम बराबरको विपत व्यवस्थापनको लागि रकम विनियोजन गरेको छ । ५ ठाउँमा हेल्थ डेस्क खडा गरी पालिका भन्दा बाहिरबाट आउने वासिन्दालाई सेवा दिईरहेको छ । गाउँपालिकाको अध्यक्ष कृष्ण रोकायाको संयोजकत्वमा ११ सदस्यि विपत व्यवस्थापन समिति समेत गठन गरेको छ । ५० सैयाको क्वारेनटाईन बेडको निर्माण गरेको भएता पनि क्वारेनटाईन पुरै खाली भएको अवस्था छ । स्थानियसँग जनचेतनाको वृद्धी नभएको कारण स्वास्थ्य अवस्था विग्रन सक्ने प्रति गाउँपालिका सजग रहेको गाउँपालिका अध्यक्ष कृष्ण रोकायाले बताए । साधन स्रोत जिल्ला बाहिरबाट निर्यात गर्नु पर्ने भएको कारण स्वास्थ्य सामाग्री भित्र्याउन गाह्रो भएको निमित्त कार्यकारी अधिकृत रुद्र बहादुर शाहीले जानकारी गराए । 

सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले भने पालिकाको सिमाना भर हेल्थ डेस्क खडा गरेको छ । कोरोना संक्रमण भएको व्यक्तिलाई उपचार गर्दा स्वास्थ्यकर्मी प्रभावित भई मृत्यु हुन गएमा प्रति स्वास्थ्यकर्मी १० लाखको दरले विमा समेत गरेको छ । स्वास्थ्यकर्मीलाई सञ्चार खर्च वापत प्रति व्यक्ति ५ सय समेत रकम छुट्याएको छ । पालिकाभर आवश्यक पर्ने औषधी कमी नहोस् भन्नको लागि आफु सजग रहेको र पहल भईरहेको समेत स्वास्थ्य शाखाका प्रमुख दान बहादुर बोहोराले बताए । हाल कोरोना संक्रमण भएमा आवश्यक पर्ने साधाराण सामाग्री आयात गरीसकेको र केही सामाग्री सुर्खेतमा रहेको भएता पनि केही दिनमा पालिकामा आईसक्ने बोहोराले बताए । उत्तरी पालिका नाम्खामा भने स्वास्थ्य शाखाले १० वटा क्वारेनटाईन स्थल, हेल्थ डेस्क र आईसोलनमा २७ जना स्वास्थ्यकर्मी रहने गरी खटनपटनको व्यवस्था गरेको स्वास्थ्य शाखा प्रमुख नर बहादुर भण्डारी बताए । जिल्लामा स्वास्थ्य सामाग्री खरिद गरी भित्र्याउनको लागि गृह मन्त्रालय, पर्यटन मन्त्रालय, स्थानिय प्रशासन, नागरिक उड्डयन कार्यलय, विमान कम्पनीसँगको असहज अनुमतिको कारण स्वास्थ्य सामाग्री आयातमा समस्या भईरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै आजदेखि सकियो दसैँ बिदा, सरकारी कार्यालय खुल्दै