विमल धामी, साउन ३, कञ्चनपुर । सरकारले दक्षिणी क्षेत्रका जनता प्रति सौतेली व्यवहार देखाएको भन्दै कञ्चनपुरको बेल्डाँडीका बालबालिकाहरु सडक मर्मतमा जुटेका छन् । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका– ३,"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  विमल धामी, साउन ३, कञ्चनपुर । सरकारले दक्षिणी क्षेत्रका जनता प्रति सौतेली व्यवहार देखाएको भन्दै कञ्चनपुरको बेल्डाँडीका बालबालिकाहरु सडक मर्मतमा जुटेका छन् । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका– ३,"/>
२६ पुष २०८२, शनिबार
अर्थ/विकास

सरकारले सौतेली व्यवहार देखाएपछि, बेल्डाँडीका बालबालिका जुटे सडक मर्मतमा

३ श्रावण २०७३, सोमबार ११:१३

 विमल धामी, साउन ३, कञ्चनपुर । सरकारले दक्षिणी क्षेत्रका जनता प्रति सौतेली व्यवहार देखाएको भन्दै कञ्चनपुरको बेल्डाँडीका बालबालिकाहरु सडक मर्मतमा जुटेका छन् । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका– ३, क्याम्पका बालबालिकाहरु सडक मर्मतमा जुटेका हुन् ।

 स्थानिय निकाय लगायत सरोकारवाला निकायहरुले विकास निर्माणमा ध्यान नदिएको भन्दै सोमवार आफैले सडक निर्माणमा जुटे । बषौँ देखी बस्तीस्तरको योजना छनौट गर्ने बेला आफ्नो वडा देखी पटक पटक योजना माग गर्दा समेत योजना कार्यान्वयन नहुने भएकाले बालबालिकाले आफ्नो अधिकार हनन् भएको भन्दै सरकारलाई सबक सिकाउँन यो बर्षातको बेला निर्माण कार्यमा जुटेको विकास बस्नेतले बताउनुभयो ।

 उता बाटोमा बेलौरी नगरपालिका लगायत क्याम्प, गौडी, ईमलिया, बैबाहका साथै झिलमिलाका नागरिक हिड्ने गरेको स्थानियले जनाएका छन् । महाकाली सिँचाई जल उपभोक्ता समिति दोस्रो चरणको कार्यालयको २०० मिटर नजिक पर्ने बाटोमा महाकाली सिचाईले पनि बेवास्था गरेको स्थानियको गुनासो रहेको छ ।

 स्थानिय बालबालिका महेश अधिकारी, निरज भट्ट, जनक भट्ट, विकास सेट्टी, लक्ष्मण बयाडी, माधव थापा, भरत बस्नेत लागायतका बालबालिले यहाँका ठुलाबडाले पनि यो सडकमा बेवास्था गरेपछि आफुहरुले सडक निर्माणमा जुट्ने भन्ने निर्णय गरेका थिए ।

 स्थानिय युवा राजेन्द्र भट्टले बालबालिका स्थानिय विकासको काममा जुटेको देख्दा आफुलाई गर्व लागेको बताए । ‘यो नगरपालिकाले यस बस्तीका जनतालाई मान्छे नै ठानेको छैन् ।’ उनले भने ‘हामीले पटक पटक योजना माग गर्दा पनि हाम्रो यो सडक ग्रावेलको योजना नेता र हाकिमले काट्ने गरेका छन् ।’ अर्का स्थानिय गोपाल अधिकारीले हामीले सुने अनुसार यो सबै भन्दा पुरानो बस्ती बसे देखीको सडक हो, महाकाली सिँचाई आए पछि सबै प्राय नहरको बाटो प्रयोग गर्न थाले पछि यस्ता थुप्रै सडकहरु ओझेलमा पर्न थालेको बताए ।

 बेल्डाँडी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत राज बहादुर बिष्टले थुप्रै सडकहरु बजेट अभावका कारण मर्मत हुन नसकेको बताए । सडकमा ग्राविलको लागी आफुले पनि प्राथामित्ता दिने जानकारी गराए । बालबालिकाको यो कदमले आफ्नो ध्यान उक्त बस्तीमा पुगेको जनाए । सरकारी लार्पबाहीका कारण दक्षिणी क्षेत्रको विकास निर्माणमा बाधा उत्पन्न हुँदा कञ्चनपुरको विकास हुन सकेको छैन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला