विमल धामी, साउन ३, कञ्चनपुर । सरकारले दक्षिणी क्षेत्रका जनता प्रति सौतेली व्यवहार देखाएको भन्दै कञ्चनपुरको बेल्डाँडीका बालबालिकाहरु सडक मर्मतमा जुटेका छन् । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका– ३,"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  विमल धामी, साउन ३, कञ्चनपुर । सरकारले दक्षिणी क्षेत्रका जनता प्रति सौतेली व्यवहार देखाएको भन्दै कञ्चनपुरको बेल्डाँडीका बालबालिकाहरु सडक मर्मतमा जुटेका छन् । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका– ३,"/>
२०८२, २३ फाल्गुन शनिबार
अर्थ/विकास

सरकारले सौतेली व्यवहार देखाएपछि, बेल्डाँडीका बालबालिका जुटे सडक मर्मतमा

२०७३, ३ श्रावण सोमबार ११:१३

 विमल धामी, साउन ३, कञ्चनपुर । सरकारले दक्षिणी क्षेत्रका जनता प्रति सौतेली व्यवहार देखाएको भन्दै कञ्चनपुरको बेल्डाँडीका बालबालिकाहरु सडक मर्मतमा जुटेका छन् । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका– ३, क्याम्पका बालबालिकाहरु सडक मर्मतमा जुटेका हुन् ।

 स्थानिय निकाय लगायत सरोकारवाला निकायहरुले विकास निर्माणमा ध्यान नदिएको भन्दै सोमवार आफैले सडक निर्माणमा जुटे । बषौँ देखी बस्तीस्तरको योजना छनौट गर्ने बेला आफ्नो वडा देखी पटक पटक योजना माग गर्दा समेत योजना कार्यान्वयन नहुने भएकाले बालबालिकाले आफ्नो अधिकार हनन् भएको भन्दै सरकारलाई सबक सिकाउँन यो बर्षातको बेला निर्माण कार्यमा जुटेको विकास बस्नेतले बताउनुभयो ।

 उता बाटोमा बेलौरी नगरपालिका लगायत क्याम्प, गौडी, ईमलिया, बैबाहका साथै झिलमिलाका नागरिक हिड्ने गरेको स्थानियले जनाएका छन् । महाकाली सिँचाई जल उपभोक्ता समिति दोस्रो चरणको कार्यालयको २०० मिटर नजिक पर्ने बाटोमा महाकाली सिचाईले पनि बेवास्था गरेको स्थानियको गुनासो रहेको छ ।

 स्थानिय बालबालिका महेश अधिकारी, निरज भट्ट, जनक भट्ट, विकास सेट्टी, लक्ष्मण बयाडी, माधव थापा, भरत बस्नेत लागायतका बालबालिले यहाँका ठुलाबडाले पनि यो सडकमा बेवास्था गरेपछि आफुहरुले सडक निर्माणमा जुट्ने भन्ने निर्णय गरेका थिए ।

 स्थानिय युवा राजेन्द्र भट्टले बालबालिका स्थानिय विकासको काममा जुटेको देख्दा आफुलाई गर्व लागेको बताए । ‘यो नगरपालिकाले यस बस्तीका जनतालाई मान्छे नै ठानेको छैन् ।’ उनले भने ‘हामीले पटक पटक योजना माग गर्दा पनि हाम्रो यो सडक ग्रावेलको योजना नेता र हाकिमले काट्ने गरेका छन् ।’ अर्का स्थानिय गोपाल अधिकारीले हामीले सुने अनुसार यो सबै भन्दा पुरानो बस्ती बसे देखीको सडक हो, महाकाली सिँचाई आए पछि सबै प्राय नहरको बाटो प्रयोग गर्न थाले पछि यस्ता थुप्रै सडकहरु ओझेलमा पर्न थालेको बताए ।

 बेल्डाँडी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत राज बहादुर बिष्टले थुप्रै सडकहरु बजेट अभावका कारण मर्मत हुन नसकेको बताए । सडकमा ग्राविलको लागी आफुले पनि प्राथामित्ता दिने जानकारी गराए । बालबालिकाको यो कदमले आफ्नो ध्यान उक्त बस्तीमा पुगेको जनाए । सरकारी लार्पबाहीका कारण दक्षिणी क्षेत्रको विकास निर्माणमा बाधा उत्पन्न हुँदा कञ्चनपुरको विकास हुन सकेको छैन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता