दलसिंह गिरी | साउन ३, कालिकाेट | जिल्ला प्रशासन कार्यालय कालिकोटले पहिलो पटक इलेक्टोनिक हाजिरी संचालनमा ल्याएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | साउन ३, कालिकाेट | जिल्ला प्रशासन कार्यालय कालिकोटले पहिलो पटक इलेक्टोनिक हाजिरी संचालनमा ल्याएको छ । "/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जिल्ला प्रशासनमा पहिलो पटक इलेक्टोनीक प्रविधिद्धारा हाजीरी सुरु

२०७३, ३ श्रावण सोमबार १५:४४

दलसिंह गिरी | साउन ३, कालिकाेट | जिल्ला प्रशासन कार्यालय कालिकोटले पहिलो पटक इलेक्टोनिक हाजिरी संचालनमा ल्याएको छ ।  
सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरु कार्यालयमा समयमै हाजीरी नभै काममा बाधा शिर्जना भएको भन्दै जनगुनासो ब्यापक बढ्न थालेपछि गृहमन्त्रालयको पहलमा इलेक्टोनिक हाजीरी संचालन गरिएको हो । इलेक्टोनिक हाजिरीबारे जानकारी दिदै सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले कर्नालीमै पहिलो पहिलो पटक कालिकोटमा इलेक्टोनिक हाजीरी जडान गरिएको  बताउनु भएको छ । नेपालभर ४० वटा जिल्लामा यो प्रविधि लागु भै सकेको र यो आर्थिक बर्षमा बाकी ३५ वटा जिल्लाहरुमा लागु गर्ने अभियान अनुसार कालिकोटमा यो प्रविधि जडान गरी पहिले देखि चलिआएको हाजिरी फाईलमा हस्ताक्षर गरि हाजीर गर्ने ब्यबस्थालाई तोडेको बताउनु भएको छ । इलेक्टोनिक हाजिरीले कार्यलयमा खटिने कर्मचारीहरुको मेहनतको सही मुल्यांकनको भुमिका खेल्ने समेत लामिछानेले बताउनु भएको छ ।
यस प्रविधि मार्फत गृह मन्त्रालयले समेत जिल्लामा कार्यरत कर्मचारीहरुको हाजिरी प्रत्यक्ष निगरानी गर्ने भएकाले पनि यो थप प्रभावकारी हुने लामिछानेले बताउनु भयो । कम्प्यूटर मेसिनमा कर्मचारीको रेकर्ड राखी हातको बूढी औंला र चोर औंलाको प्रयोगबाट बिहान आएको समय र बेलुका गएको समय हाजिरी गर्ने प्रक्रिया मिलाइएको लामिछानेले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना