ललित बोहरा | साउन ३, डडेल्धुरा | आर्थिक वर्ष २०७२/७३ मा सुदूरपश्चिमको लागि आएको बजेट मध्ये क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | साउन ३, डडेल्धुरा | आर्थिक वर्ष २०७२/७३ मा सुदूरपश्चिमको लागि आएको बजेट मध्ये क"/>
२०८२, १६ चैत्र सोमबार
अर्थ/विकास

सुदूरपश्चिममा करिब साढे चार अर्ब रुपैयाँ फ्रिज, डडेल्धुराबाट झण्डै ३५ करोड फिर्ता

२०७३, ३ श्रावण सोमबार १६:५३

ललित बोहरा | साउन ३, डडेल्धुरा | आर्थिक वर्ष २०७२/७३ मा सुदूरपश्चिमको लागि आएको बजेट मध्ये करिब साढे चार अर्ब रुपैयाँ फ्रिज भएको छ । सुदूरका नौ जिल्लामा विकास तथा प्रशासनिक खर्चका लागि आएको रकम मध्ये उक्त हिस्सा खर्च हुन नसकेर फिर्ता गएको सम्बन्धित जिल्ला स्थित कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएका छन । यो कुल बजेटको ११.८० प्रतिशत हो । प्रशासनिक भन्दा विकास बजेट बढी फ्रिज भएको छ । डडेल्धुरा स्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार ३४ करोड ९१ लाख ९३ हजार बजेट फिर्ता गएको छ ।

जिल्लागत रुपमा सबैभन्दा बढी बजेट कैलालीमा फ्रिज भएको छ । कैलालीमा ९ अर्ब २९ करोड ७६ लाख ७३ बजेट आएकोमा ८ अर्ब ३९ करोड ८ लाख २५ हजार खर्च भई ९० करोड ६८ लाख ४८ हजार रकम फ्रिज भएको छ । अछाममा ३ अर्ब ८३ करोड ८८ लाख ७० हजार बजेट आएकोमा ३ अर्ब १४ करोड ५० लाख ४९ हजार खर्च भई ६९ करोड ३८ लाख २१ हजार रकम फ्रिज भएको छ । बाजुरामा २ अर्ब ३ करोड ९८ लाख ८१ हजार बजेट आएकोमा १ अर्ब ८८ करोड ६३ लाख २४ हजार खर्च भएको छ । डोटीमा ४ अर्ब २६ करोड ८९ लाख ६३ हजार बजेट आएकोमा ३ अर्ब ७३ करोड ३३ लाख ९६ हजार खर्च भई ५३ करोड ५५ लाख ६७ हजार रकम फ्रिज भएको छ ।  बझाङले २८ करोड ५८ लाख ७९ हजार खर्च गर्न नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय बझाङले जनाएको छ । बैतडीबाट ६७ करोड ७३ लाख ३७ हजार फिर्ता गएको छ । कञ्चनपुरले ५४ करोड ४७ लाख ४४ हजार रुपैयाँ खर्च गर्न नसकेको बताइएको छ । दार्चुलाले १०.२४ प्रतिशत बजेट खर्च गर्न नसकेर फिर्ता पठाएको छ । कर्मचारी, ठेकेदार तथा उपभोक्ताको लापरबाही र बजेट ढिलो निकासाका कारण आएको रकम खर्च हुन नसकेको सरोकारवालाहरुले बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना