८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरोना सन्त्रासका कारण मानिसहरुले खाद्यान्नको मौज्दात बढाउन थाले

१८ बैशाख २०७७, बिहीबार ०३:४५

दुर्गा देवकोटा | वैशाख १८, लम्की | कोरोना सन्त्रासका कारण मानिसहरुले खाद्यान्नको मौज्दात बढाउन थालेका छन् । यस वर्ष नागरिकले अघिल्ला वर्षभन्दा दोब्बर खाद्यान्न भण्डारण गरेको बताएका छन् । लकडाउनका कारण नेपालमा खाद्य सङ्कट हुनसक्छ भन्दै आवश्यकताभन्दा बढी खाद्यान्न भण्डारण गरेको उनीहरूले बताएका छन् । यसबाट विगतका वर्षको तुलनामा खाद्यान्न बिक्रीसमेत घट्ने देखिएको छ । 

टीकापुरका परमभक्त देवकोटा अघिल्ला वर्षहरुमा तीन क्विन्टलसम्म गहुँ खरिद गर्नुहुन्थ्यो । “यस वर्ष ६ क्विन्टल गहुँ खरिद गरेको छु’’, देवकोटाले भन्नुभयो, ‘‘कोरोना भाइरस सङ्क्रमणका कारण मुलुक लकडाउन भएको छ । कहिले खुल्छ ठेगान छैन । खाद्यान्न अभाव हुन सक्छ भनेर बढी खरिद गरेका हौँ ।” नागरिकले आफू र आफ्ना परिवारको खाद्य सुरक्षाका लागि आवश्यकताभन्दा बढी खाद्यान्न भण्डारण गर्न थालेका हुन् । 

टीकापुर, शङ्करपुरकी रेखादेवी विकले पनि यस वर्ष विगतका वर्षभन्दा बढी खाद्यान्न भण्डारण गर्नुभएको छ । “पचास किलो मसुरो, दुई क्विन्टल गहुँ भए पुग्थ्यो”, रेखादेवीले भन्नुभयो, “परिवारमा सल्लाह गर्यौं, अभाव हुन सक्छ भनेर बढी भण्डारण गर्ने सल्लाह भयो ।” रेखादेवीले चार क्विन्टल गहुँ र डेढ क्विन्टल मसुरो किन्नुभएको छ । उहाँले घरमा आवश्यक चामललगायतका अन्य खाद्यान्न पनि वर्षभरिलाई पुग्ने गरी जोहो गरिसकेको बताउनुभयो ।

सर्वसाधारण मात्र होइन किसानले पनि अघिल्ला वर्षभन्दा बढी खाद्यान्न भण्डारण गरेका छन् । जानकी गाउँपालिका–८ का किसान रामसुदन भण्डारीले पनि बढी खाद्यान्नको जोहो गर्नुभएको छ । “आफूलाई वर्षभरिलाई पुग्ने अन्न राखेर बाँकी बिक्री गर्थेँ”, भण्डारीले भन्नुभयो, “परिवारका सदस्यले बिक्री गर्न मानेनन् । यस वर्ष दुई वर्षलाई पुग्ने खाद्यान्न राखेको छु ।”

सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार १५ तोकेको छ तर किसानले सरकारले तोकेअनुसारको मूल्य पनि पाउन सकेका छैनन् । गाउँमा यतिखेर गहुँ प्रतिक्विन्टल रु दुई हजार ७०० मा बिक्री गर्नुपरेको टीकापुर–४ का किसान सुधराम चौधरीले बताउनुभयो । “लकडाउनका कारण बजारमा रहेका गल्ला व्यवसायीसम्म खाद्यान्न बिक्री गर्न जान सकिएन”, उहाँले भन्नुभयो, “ऋण गरेर खेती गरेको मानिस नबेचौँ भने भएन, गाउँमै बेच्दा मूल्य पाइएन ।”

लकडाउनका कारण बजार बन्द भएपछि गल्ला व्यापारीसमते मर्कामा परेका छन् । गल्ला व्यवसायी सङ्घ टीकापुरका अध्यक्ष भीमबहादुर ठकुल्लाले हरेक वर्ष यो ‘सिजन’मा १० हजार क्विन्ण्टलसम्म गहुँ खरिद गर्नुहुन्थ्यो । सरकारले तोकेको मूल्यमा गहुँ खरिद गर्न तयार भए पनि बजारसम्म किसान आउन नसकेको उहाँले बताउनुभयो । “अहिलेसम्म किसान बिक्रीका लागि आएकै छैनन्, भएको खाद्यान्न गाउँमै बिक्री गरेका छन्”, उहाँले भन्नुभयो, “खाद्यान्न खरिदका लागि तयारी अवस्थामा बसेका छौँ, कामदार पनि खाली बसेका छन् तर खाद्यान्न खरिद गर्न सकिएन ।”

टीकापुर गल्ला व्यवसायी सङ्घमा २५ व्यवसायी आबद्ध छन् । अध्यक्ष ठकुल्लाको जस्तै सबै व्यवसायीले खाद्यान्न खरिद गर्न पाएका छैनन् । गल्ला व्यवसायी ठकुल्लाले पाँच हजार क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य भए पनि यस वर्ष किसान बिक्री गर्न आउने वातावरण नबनेको बताउनुभयो । सरकारले कृषि उपज बिक्री वितरणमा रोक नलगाउने नीति बनाए पनि सहज वातावरण नबनाउँदा उत्पादक, व्यापारी सबै मर्कामा परेका किसान तथा व्यवसायीको गुनासो छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता