साउन ६, मकवानपुर | थाहानगर उद्योग वाणिज्य संघको आयोजनामा आगामी भदौ ३० गतेदेखि असोज ९ गतेसम्म थाहा नगरको इन्द्रायणी चउरमा हुन लागेको दोस्रो थाहा महोत्सवमा हेलिकप्टर उड्ने पक्का पक्की भएको छ ।

हेलिकप्टर चढनको लागि संघले अग्रिम बुकिङ खुल्ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ६, मकवानपुर | थाहानगर उद्योग वाणिज्य संघको आयोजनामा आगामी भदौ ३० गतेदेखि असोज ९ गतेसम्म थाहा नगरको इन्द्रायणी चउरमा हुन लागेको दोस्रो थाहा महोत्सवमा हेलिकप्टर उड्ने पक्का पक्की भएको छ ।

हेलिकप्टर चढनको लागि संघले अग्रिम बुकिङ खुल्ला"/>

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोस्रो थाहा महोत्सवमा हेलिकप्टर उडाइने, अग्रिम बुकिङ खुल्ला

६ श्रावण २०७३, बिहीबार १७:५४

साउन ६, मकवानपुर | थाहानगर उद्योग वाणिज्य संघको आयोजनामा आगामी भदौ ३० गतेदेखि असोज ९ गतेसम्म थाहा नगरको इन्द्रायणी चउरमा हुन लागेको दोस्रो थाहा महोत्सवमा हेलिकप्टर उड्ने पक्का पक्की भएको छ ।

हेलिकप्टर चढनको लागि संघले अग्रिम बुकिङ खुल्ला गरेको छ । हेलिकप्टरमा चढेर उत्तरी मकवानपुरको भ्रमण गराइने आयोजकले जानकारी दिएको छ । न्युनतम २०० जनाले हेलिकोप्टर चढ्ने अपेक्षा गरिएको छ । हेलिकप्टर चढनको लागि भने प्रति व्यक्ति रु. चार हजार पाँच सय रुपैंया शुल्क राखिएको छ । महोत्सवको तयारीका लागि आवश्यक स्टेरिङ कमिटी तथा उपसमितिहरुमा पदपुर्ति हुँदै गएको महासचिव प्रधानले बताउनुभयो । गत वर्ष भदौ २६ गतेदेखि असोज ४ गतेसम्म मकवानपुर उद्योग वाणिज्य संघ, उत्तरी क्षेत्र समितिको आयोजनामा पहिलो पटक थाहा महोत्सव सम्पन्न गरेको थियो । ‘अब आयोजना हुने दोस्रो थाहा महोत्सव अझ बढी व्यवस्थित र प्रभावकारी हुने आयोजकले जनाएको छ । 

अघिल्लो महोत्सवमा झैं यस पटक पनि थाहा आइडल, बोटिङ, वाल उद्यान, राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ साथै यस पटक भने महोत्सवमा एकल नृत्य प्रतियोगिता पनि राखिएको महासचिव प्रधानले जानकारी दिनुभयो ।’ प्यारागलाइडिङको भने सम्भाव्यता अध्ययनबाट तत्कालै सम्भावना नरहेकोले आयोजकले यस पटक स्थगित गरेको छ । दोस्रो पटक हुने थाहा महोत्सवमा करिब ३ सय स्टल रहने गरी व्यवस्थापन गरिने थाहा नगर उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला