2026-09-19 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गाउँमै १२७ लाई रोजगारी, गाउँमै रोजगारी पाएपछि स्थानीय बासिन्दा उत्साहित

जेठ २९, खोटाङ । रावाबेँसी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएपछि १२७  युवाले गाउँमै रोजगारी पाएका छन् । गरिबीको रेखामुनि परेका र लामो समयदेखि बेरोजगार रहेका व्यक्ति तथा परिवार छनोट गरेर उनीहरुको जीविकोपार्जनका लागि गाउँमै रोजगारी दिइएको हो । 

ती युवालाई प्रतिव्यक्ति जनही दैनिक रु ५१७ पारिश्रमिक दिने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताउनुभयो । “हरेक टोलमा रोजगार उपभोक्ता समिति बनाएर युवा परिचालन गरिएको छ”, उहाँले भन्नुभयो, “ कार्यक्रममार्फत गाउँमै रोजगार पाएपछि स्थानीय बासिन्दा पनि उत्साहित भएका छन् ।”

ती युवालाई सम्बन्धित वडाभित्रको कच्ची सडकको नाली निर्माण, वडा कार्यालय, स्वास्थ्यचौकी, विद्यालय भवनको रङगरोगन गर्ने, विद्यालय वरपर बगैँचा निर्माण गर्ने, विद्यालय तथा सार्वजनिकस्थल नजिक खाली रहेको जग्गामा फलफूलका बिरुवा रोप्नेलगायतका काममा खटाइएको छ । यही जेठ १ गतेबाट परिचालन गरिएका युवालाई रोजगार उपभोक्ता समितिले काममा खटाउने तथा हाजिरी राख्नेलगायतका काम गर्दै आएको रोजगार कोषका संयोजक कुमारप्रसाद दाहालले बताउनुभयो ।

 छ वडा रहेको उक्त गाउँपालिकामा सो कार्यक्रमका लागि रु २० लाख दुई हजार बजेट रहेको जनाइएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन बन्दाबन्दी जारी रहँदा सामाजिक दूरी कायम गर्दै वडा नं ५ मा २२ र अन्य वडामा २१–२१ का दरले युवा परिचालन गरिएको गाउँपालिकाले जनाएको छ । 

हरेक दिन बिहान ९ देखि बेलुका ५ बजेसम्म काममा खटिने युवाले गरेका कामलाई प्रभावकारी बनाउन अनुगमनसमेत गर्ने गरिएको अनुगमन समितिका संयोजक एवं गाउँपालिकाका उपप्रमुख समला राईले जानकारी दिनुभयो । अनुगमनका क्रममा कार्यक्रम प्रभावकारी भएको पाइएको संयोजक उहाँले बताउनुभयो ।

 सो कार्यक्रममा रोजगार गुमाएर जिल्ला फर्किएका युवालाई समेत सहभागी गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापाले जानकारी दिनुभयो । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सो गाउँपालिकामा बन्दाबन्दीको मारमा परेका व्यक्ति तथा परिवारलाई राहत वितरण गर्ने काम पनि भइरहेको जनाइएको छ । 

 ११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा प्रतिवडा रु तीन लाख ५० हजारका दरले हरेक वडा कार्यालयमा बजेट पठाएर कार्यक्रम शुरु गरिएको नगरप्रमुख इवन राईले बताउनुभयो । दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहमा समेत उक्त कार्यक्रम लागू भएको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई