दान बहादुर बुढा | साउन ८, मुगु  | मुगुमा एक साता यता देखि भएको लगातारको बर्षाका कारण गमगढी नाग्म सडक खण्डको घुच्ची लेक देखि गमगढी बजार सम्म दर्जनौ स्थानमा सडक भत्किदा सडक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दान बहादुर बुढा | साउन ८, मुगु  | मुगुमा एक साता यता देखि भएको लगातारको बर्षाका कारण गमगढी नाग्म सडक खण्डको घुच्ची लेक देखि गमगढी बजार सम्म दर्जनौ स्थानमा सडक भत्किदा सडक "/>
२६ पुष २०८२, शनिबार
अर्थ/विकास

वर्षाका कारण सडक यातायात ठप्प

८ श्रावण २०७३, शनिबार ०१:३१

दान बहादुर बुढा | साउन ८, मुगु  | मुगुमा एक साता यता देखि भएको लगातारको बर्षाका कारण गमगढी नाग्म सडक खण्डको घुच्ची लेक देखि गमगढी बजार सम्म दर्जनौ स्थानमा सडक भत्किदा सडक यातायात रोकिएको छ ।

 वर्षाले घुच्ची लेकमा रहेको सातघुम्ती, पिना खोला, झ्यारी खोला, ताल्च, मैतु र गमगढीसम्म दर्जनौ ठाउँमा सडकमा पहिरो खसेको छ । पहिरोका कारण सुर्खेत नेपालगञ्ज देखि दैनिक उपभोग्य वस्तु तथा व्यापारिक सामान ल्याएर आएका गाडीहरु बिचमा नै रोकिएका छन । जुम्लाको गोठी ज्युला, घुच्ची लेकको भुलभुले मुगुको झ्यारी खोला र गमगढीमा दर्जनौ मालबाहक गाडीहरु सामान सहित रोकिएका छन । सडक ठाउँठाउँमा पहिरोका कारण अबरुद्ध बने पछि ताल्च विमान स्थल देखि तिन किमी दक्षिण झयारी खोलामा दर्जनौ मालबाहक गाडी राकिएका र व्यापारीहरुले सबै सामान त्यहि गोदाम गरि राखेका गमगढीका व्यापारी कर्ण बुढाले बताए । सडक खुलाउनका लागि सडक डिभिजन कार्यालय जुम्लालाई एक साता देखि नै पटक पटक सम्पर्क गरे पनि अहिलेसम्म विभागले पहल नचालेको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले बताए । 

सडक सुचारु गर्नका लागि विभागले नेपालगञ्जमा डोजर पठाई दिन भने पछि डोजर विहिवार नै हिडेको र छिट्टै सडकमा आएको अवरोध हटाउने प्रयास गरिरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख नारायण भण्डारीले जानकारी दिए । सडकको निर्माण कार्य जिम्मा लिएको ठेकेदार कम्पनिलाई विभागले अहिले सडक सुचारु गर्न दवाव दिन नमिल्ने अवस्था रहेको र विभागसंग यो सडक मर्मत कार्यको कार्यक्रम रहेकाले  विभागले सडक आफै सुचारु गराउने उनले बताए ।

 गमगढी देखि ताल्च हुँदै पिनासम्मको सडक खण्डमा सबै भन्दा ठुला र धेरै अवरोध आए पछि सदरमुकाम गमगढीका व्यापारीहरुले व्यापारिक सामान सहित विचमा रोकिएका गाडी गमगढी ल्याउन पिना देखि बालै हुँदै गमगढी ग्रामीण सडक खुलाउने प्रयास गरिरहेको मुगु उद्योग वाणिज्य संघका सदस्य रबि रावतले बताएका  छन ।  

यता यहि मौका छोपी सदरमुकाम गमगढीमा व्यापारीहरुले दैनिक उपभोग्य वस्तु, पेय पदार्थको आफुखुसी मुल्य वृद्धि गरेर कालो बजारी समेत सुरु गराएका छन । विशेष गरि मसुरो रातो दालमा प्रति केजी. ३० रुपैया बढाएर १ सय ८० , कालो दाल २ सय ४० बाट प्रति केजी ३ सय , सिमी १ सय ३० बाट १ सय ४० बनाएका छन । मदिरा जन्य पेय पदार्थको समेत मुल्य वृद्धि भएको छ भने कतिपय व्यापारीले बजारमा समान लुकाएर कृतिम अभाव समेत सिर्जना गराएका छन । अहिले कुरानै  जानकारी नआएको र त्यसलाई नियन्त्रण गर्न केही दिनमा नै बजार अनुगमन गरिने प्रमुख जिल्ला अधिकार केशवराज शर्माको भनाई छ ।

 बैधानिक तरिकाले मुल्य वृद्धि नभएको र बजारमा कुनै व्यापारीले आफुखुसी मुल्य वृद्धि गरेको पाईएमा कानुनी प्रक्रिया अगाढी बढाईने मुगु उद्योग बाणिज्य संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला