2026-08-24 03:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हलेसीको चौतर्फी विकास गर्न कार्ययोजना बनाएर अगाडि बढिने

असार २१, खोटाङ | हलेसी विकास समितिले त्रिधार्मिकस्थल हलेसी गुफा संरक्षणका लागि कार्ययोजना निर्माण गर्ने निर्णय गरेको छ । पूर्वसांसद टङ्क राई विकास समितिको अध्यक्षमा चुनिनुभएपछि बसेको विकास समितिको पहिलो बैठकले त्रिधार्मिकस्थल हलेसी गुफाको भौगर्भिक अध्ययन गरी दीर्घकालीन संरक्षण गर्न कार्ययोजना निर्माण गर्ने निर्णय गरेको हो ।

प्राकृतिक रूपमा बनेको गुफाकै कारण हलेसीले हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा प्रसिद्धि पाएकाले गुफाको भौगर्भिक अध्ययन गरी दीर्घकालीन संरक्षण योजना बनाउने निर्णय गरिएको विकास समितिका कार्यकारी निर्देशक सम्मर भुजेलले बताउनुभयो । धार्मिक तथा साँस्कृतिक दृष्टिले प्रसिद्ध हलेसी महादेव गुफा, धर्मद्वार, पापद्वार, बसाहा गुफा, भैरव गुफा, मञ्जुश्री गुफा, दुङ्देलो गुफालगायतका प्राकृतिक आकृतिको दृश्यावलोकनका लागि प्रसिद्ध छ । 

स्वदेश तथा विदेशका पर्यटक तथा दर्शनार्थीको भीड लाग्ने हलेसीमा हरेक हिउँद याममा विश्वभरका बौद्धमार्गीहरुले चार/पाँच महिनासम्म बसेर ध्यान गर्ने गरेका छन् । विकास समितिको बैठकले हलेसीको ऐतिहासिक, धार्मिक र साँस्कृतिक महत्वका बारेमा अनुसन्धान गरी आगामी आर्थिक वर्षभित्र त्रिधार्मिक शोधग्रन्थ तयार पारेर प्रकाशन गर्ने, किराँत धर्मको प्रतीक स्वरूप हलेसीमा चुल्हो घर स्थापना गर्न अध्ययन गरेर योजना बनाउने, भैरवगुफा क्षेत्रमा ढल निकासको व्यवस्था गर्ने लगायतका निर्णय गरेको छ ।

यस्तै महादेवस्थानको गुफा प्रवेशद्वारमा पित्तलको घेराबारा हाल्न पुनः व्यवस्थापन गर्ने, बसाहा गुफाभित्रको पदमार्ग र ढोका व्यवस्थापन गर्ने, ककनी मन्दिर जाने पदमार्गलाई पूर्णता दिने लगायतका निर्णय गरिएको छ । बैठकमा हलेसी आसपासमा बसिरहेका विपन्न वर्गलाई सहभागी गराएर पर्यटक पथप्रदर्शक तालिम सञ्चालन गर्ने निर्णय गरिएको कार्यकारी निर्देशक भुजेलले बताउनुभयो । 

समितिको बैठकमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईलगायतको उपस्थिति रहेको थियो । लामो समय नेतृत्वविहीन रहेको विकास समितिले पूर्णता पाएपछि हलेसीको चौतर्फी विकास हुनेमा स्थानीय बासिन्दा आशावादी छन् । 

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन हलेसी मन्दिर अनिश्चितकालका लागि बन्द गरिएको छ । दैनिक आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने विश्व प्रसिद्ध हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी मन्दिर गत चैत ८ गतेदेखि अनिश्चितकालका लागि बन्द गरिएको हो । 

धार्मिक मान्यताले मात्रै नभई प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध खोटाङको हलेसी गुफाभित्र विराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर छ । हलेसी मन्दिरको मुख्य गुफाको ठीक पछाडिपट्टि उस्तै ठूलो बसाहा गुफाभित्र छिरेपछि देखिने आकाशको दृश्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार हो । 

महादेव मन्दिर रहेको मुख्य गुफाका अगाडि उत्रै ठूलो भैरव नामक प्राकृतिक गुफा रहेको हलेसीलाई भू–बनोटको हिसाबले विश्वकै नमूना मानिन्छ । सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित हलेसी त्रिधार्मिकस्थलका रूपमा विश्वभर चर्चित छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो