2026-10-03 10:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चिया निर्यातमा दोहोरो खर्च झेल्दै बिक्रेता

साउन १, इलाम । तयारी चिया भारत लैजानका लागि चिया बिक्रेताले यस पटक दोहोरो खर्च झेल्नुपरेको छ । चिया लैजानका लागि भन्सारमा आवश्यक पर्ने ‘सिएफएल’ दुवै नाकाबाट बनाउनु पर्दा बिक्रेताले दोहोरो खर्च झेल्नुपरेको हो । 

बन्दाबन्दीको समयमा चिया लान विराटनगर–जोगमनी नाकाबाट ‘सिएफएल’ बनाएका बिक्रेताले फेरि काँकडभिट्टा नाकाबाट लाँँदा पनि बनाउनुप¥यो । एक चोटी बनाएको ‘सिएफएल’ले छ महिना काम दिने भए पनि यसपटक भने दुई महिनामै बनाउनु पर्दा दोहोरो खर्च लागेको सूर्योदय नगरपालिकास्थित कन्यामका चिया उद्योगी सूर्य खड्का बताउनुहुन्छ ।  

जेठमा मात्र जोगमनी नाकाबाट चिया लैजानका लागि ‘सिएफएल’ बनाउनु भएका खड्काले असार मसान्त नभई फेरि काँकडभिट्टा नाकाबाट बनाउनुप¥यो । “जोगमनी नाकाबाट जम्मा दुई गाडी मात्र चिया लगेका थिए ।” खड्काले भन्नुभयो, “दोहोरो खर्च लाग्यो । नाका फेर्दा । गएको वर्ष त्यस्तो पर्दैनथ्यो ।” सधैँ नेपालबाट निर्यात हुने चिया काँकडभिट्टाबाट जाने गरे पनि यस वर्ष भने जोगमनी नाकाबाट चिया निर्यात गर्नुपरेको थियो । 

बन्दाबन्दीका समयमा नाका परिवर्तन हुँदा केही दिन अघिसम्म जोगमनी नाकाबाट चिया निर्यात भएको थियो । नाका परिवर्तन हुँदा ‘ठूलो यातायात खर्च’ बुझाउनु परेका विक्रेताले ‘सिएफएल’ खर्च पनि दोहोरो बुझाउँदा झनै समस्यामा परेका हुन् । नाका परिवर्तन हुँदा विक्रेताले दोहोरो खर्च बुझाउनु परेको चिया उद्यमी गोपाल कट्टेल बताउनुहुन्छ ।

“हामीले यहाँ (फिक्कल)बाट काँकडभिट्टा पु¥याउँदा गाडी भाडा रु २२ हजार पाँच सयमा हुन्थ्यो भने जोगमनी पु¥याउन रु ३२ हजार पाँच सय लाग्छ ।” कट्टेलले भन्नुभयो, “यसरी नाका फेर्दा धेर खर्च त लाग्यो तर फेरि यता काँकडभिट्टा नै ल्याउँदा झन बढी खर्च लाग्यो ।” जोगमनी नाकाबाट निर्यात हुँदै गरेको चिया गत असार १८ गते काँकडभिट्टा नाका खुलाएपछि फेरि सोही नाका भएर जान थालेको हो ।

‘उद्योगीले हतार गर्दा दोहोरो मारमा’

चिया निर्यातमा दोहोरो मारमा परेको भनेपछि अर्का उद्योगी उदय चापागाईंले भने चिया निर्यातमा हतार गर्दा समस्या परेको बताउनुभएको छ । चिया उद्योगीले काँकडभिट्टा भन्सार खुल्ने जान्दाजान्दै जोगमनीबाट चिया निर्यात गर्दा समस्या भोग्नुपरेको बताउनुभयो । उहाँले चिया निर्यातमा उद्यमीले हतार नगरेको भए समस्या नहुने उल्लेख गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने