2026-10-03 10:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरोना महामारी र बन्दाबन्दी प्रभावः मुख्य सडकमा सकस

रवीन्द्र काफ्ले। साउन २, पाँचथर । कोरोना भाइरसको महामारी र बन्दाबन्दीका कारण निर्माण कार्य रोकिएका यहाँका मुख्य ग्रामीण सडक निरन्तरको वर्षासँगै हिलाम्य बनेका छन् । मुख्य सडक हिलाम्य भई सवारी सञ्चालन हुन नसकेपछि सर्वसाधारणलाई सकस भएको छ ।

पछिल्ला दुई वर्षमा यहाँका अधिकांश मुख्य ग्रामीण सडकको स्तरोन्नति तथा कालोपत्रेका काम शुरु भएको छ तर कुनै पनि सडक कालोपत्रे गर्ने चरणमा पुगिसकेका छैनन् । निरन्तरको वर्षाले निर्माणाधीन सडकमा सवारी सञ्चालनमा गर्न कठिन भएपछि ग्रामीण क्षेत्रका बिरामीलाई उपचारमा लैजान, गाउँमा खाद्यान्न ढुवानी गर्न तथा ग्रामीण क्षेत्रमा उत्पादित सामग्री बजारसम्म पुर्याउन समस्या भएको छ । हिलाम्य सडकमा सवारी फस्ने, दुर्घटनाको सम्भावना उच्च हुने तथा सवारीमा क्षति हुने भएपछि यातायात व्यवसायी तथा चालकसमेत सवारी चलाउन तयार छैनन् । 

ग्रामीण सडक विस्तार तथा स्तरवृद्धिका काम धमाधम चलिरहेको समयमा कोरोना भाइरसको महामारी तथा बन्दाबन्दी शुरु भएपछि सबै आयोजनाको काम अगाडि बढ्न सकेको छैन । अधिकांश निर्माण कम्पनी सडक निर्माणका कामलाई यथास्थितिमा छोडेर हिँडेका छन् । अधिकांशले कामदारलाई घर पठाएका छन् । 

जिल्लाको फाल्गुनन्द, तुम्बेवा र मिक्लाजुङ गाउँपालिकासहित पूर्वी पहाडका इलाम र धनकुटासमेत जोड्ने राँके–रबी–भेडेटार सडकमा सवारी सञ्चालन नहुँदा उक्त क्षेत्रका सर्वसाधारणमा मारमा परेका छन् । कोभिड–१९ को महामारी तथा बन्दाबन्दी शुरुआत भएसँगै १०१ किलोमिटर लामो यो सडक निर्माण गरिरहेको भारतीय कम्पनी काम छोडेर हिँडेको छ । बन्दाबन्दीसँगै निर्माण रोकिएपछि सडक समस्याग्रस्त भएको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङको भनाइ छ । “निर्माणाधीन सडकलाई हाम्रो लगानीले मात्रै सुधार गर्न सकिने अवस्था नरहेकाले समस्या परेको छ”, कुरुम्बाङले भन्नुभयो । अहिले अत्यावाश्यक काम पर्ने कतिपय सर्वसाधारणले हिँडेर गन्तव्यमा पुग्न बाध्य छन् । 

सदरमुकामबाट उत्तरपूर्वी क्षेत्र जोड्ने फिदिम–फालोट सडक तथा दक्षिणपश्चिम जोड्ने फिदिम–यासोक–मौवा सडक हिलाम्य भई सवारी सञ्चालनमा समस्या परेको छ । बन्दाबन्दी केही खुकुलो भएसँगै निर्माण कम्पनीले नाली तथा पर्खाल निर्माणका काम थालेका छन् तर तत्कालै सडकको अवस्था सुधार हुनसक्ने अवस्था छैन । विस्तार र स्तरोन्नतिको कार्य चलिरहेका सडक निरन्तरको वर्षासँगै ठूल्ठूला खाल्डाखुल्डी परेका छन् । जिल्लाको तुम्बेवा गाउँपालिका–३ का वडाध्यक्ष कमल थापाले भन्नुभयो, “विस्तारका लागि भत्काइएका सडकको अवस्था दयनीय छ । सवारी फस्ने, बिग्रने समस्या छ । ग्रामीण क्षेत्रका बिरामीलाई उपचारमा लैजान निकै कठिन छ ।” 

ग्रामीण क्षेत्रका शाखा तथा अन्य सडक भने स्थानीय तहको लगानीमा मर्मतसम्भार भएका छन् । तुलनात्मक रुपमा ग्रामीण क्षेत्रका शाखा सडकमा भन्दा मुख्य ग्रामीण सडकमै सवारी सञ्चालनमा कठिनाइ परेको सवारी चालकको भनाइ छ । यस वर्ष निरन्तर वर्षा भइरहेकाले सडकमा थप समस्या देखिएको सवारी चालक मीनबहादुर तामाङको भनाइ छ । “यस वर्ष वर्षासँगै ढुवानीका साधनसमेत सञ्चालनमा आए । जसकारण कच्ची सडकमा थप क्षति भयो”, उहाँले भन्नुभयो ।

निर्माणाधीन तमोर कोरिडोर सडकका कारण जिल्लाको कुम्मायक र तुम्बेवा गाउँपालिकाको तमोर नदी तटीय क्षेत्रका सर्वसाधारणले भने केही सुविधा पाएका छन् । वर्षाले उक्त सडकमा कम प्रभाव पारेको छ भने कोभिड–१९ को महामारी र बन्दाबन्दीको समयमा समेत निर्माण कार्य नरोकिएको उक्त सडक हेर्ने पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना कार्यालय फिदिमका प्रमुख सुरेश न्यौपानेको भनाइ छ । उक्त सडकबाट धनकुटाको मुलघाट हुँदै सुनसरीको धरान पुग्न सकिन्छ । “उक्त सडकबाट तराई झर्नेभन्दा सदरमुकाम जानेको सङ्ख्या उल्लेख्य हुने गरेको छ”, तुम्बेवा–३ का वडाध्यक्ष थापाले भन्नुभयो, “जसकारण धेरै समस्या भोग्नुपरेको छ । मैले भतिजोलाई उपचारमा झापा पठाउन तीनवटा सवारी बदल्नुप¥यो ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने