2026-09-19 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बन्दाबन्दीको असर राजस्व सङ्कलनमा

साउन ३, विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७६/७७ मा कूल रु छ अर्ब ९५ करोड ७५ लाख ७२ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा रु १० अर्ब १२ करोड ५९ लाख दुई हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा राखिएको थियो । यो लक्ष्यभन्दा रु तीन अर्ब १६ करोड ८३ लाख ३० हजार कम हो । अघिल्लो वर्षको तुलनामा रु १५ करोड ५४ लाख १६ हजार कम राजस्व सङ्कलन भएको कार्यालय प्रमुख दिलीप सापकोटाले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७४/७५ मा रु पाँच अर्ब २१ करोड ३३ लाख २२ हजार र आर्थिक वर्ष २०७५/७६ मा रु सात अर्ब १३ करोड ७८ लाख २४ हजार राजस्व सङ्कलन भएको थियो । तुलनात्मक रुपमा हेर्दा आर्थिक वर्ष २०७४/७५ को भन्दा रु एक अर्ब ७४ करोड ४२ लाख ५० हजारले बढी राजस्व सङ्कलन भएको छ भने आर्थिक वर्ष २०७५/७६ को हिसाबले हेर्दा रु १५ करोड ५४ लाख १६ हजारले कम राजस्व सङ्कलन भएको देखिएको छ ।

आर्थिक वर्ष २०७६/७६ मा सङ्कलित राजस्वमा आयकर रु दुई अर्ब ६४ करोड ६४ लाख ५७ हजार, मूल्यअभिवृद्धि कर रु एक अर्ब ८५ लाख ७३ लाख २३ हजार, अन्तःशुल्क रु दुई अर्ब ४५ करोड २६ लाख ६२ हजार, स्वास्थ्य कर रु ६१ हजार र शिक्षा कर रु १० लाख ६९ हजार छन् । आयकरतर्फ गत वर्षभन्दा १७ प्रतिशत, मूल्य अभिवृद्धि करमा ३५ प्रतिशत प्रगति भएको छ भने अन्तःशुल्कमा २८ प्रतिशत नोक्सान भए पनि समग्रमा अघिल्लो आर्थिक वर्षको तुलनामा दुई प्रतिशत मात्र कमीले राजस्व सङ्कलन भएको कार्यालय प्रमुख सापकोटाले बताउनुभयो ।

नेपाल सरकारले गएको चैत ११ गतेबाट घोषणा गरेका बन्दाबन्दीको प्रभाव सबैभन्दा बढी अन्तःशुल्कमा परेको देखिएको छ भने जसले गर्दा लक्ष्य हासिल गर्न नसकेको हो । बन्दाबन्दीले आयातनिर्यात ठप्प हुनु, उद्योग व्यापार बन्द हुनु र स्वदेशमा भएको उद्योगधन्दा नचल्नु, निर्माणका काम रोकिनु जस्ता कारणले  राजस्वमा असर परेको भएपनि कार्यालयले राजस्व सङ्कलनमा दिनरात खटेर, अनुगमन गरेर राजस्व सङ्कलनमा जोड दिएको प्रमुख सापकोटाको भनाइ छ । 

अघिल्लो वर्षमा कार्यालय मातहतमा ९६ हजार ५०८ करदाता रहेकोमा भ्याट दर्ता सङ्ख्या सात हजार ५३४, आयकर दर्ता सङ्ख्या ४८ हजार १९२ र व्यक्तिगत स्थायी लेखा नम्बर लिएका सङ्ख्या ४८ हजार ३१६ रहेको थियो । अहिले यस कार्यालयले मोरङको विराट चोक र पथरीमा आफ्ना सेवा कार्यालय विस्तार गरी त्यस क्षेत्रका जनतालाई सेवा र सुविधामा पहुँच पु¥याउने काम गरेको छ भने यसबाट त्यस क्षेत्रका जनतालाई सदरमुकाम आउने झन्झटबाट मुक्त हुने विश्वास प्रमुख सापकोटाले व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई