2026-09-19 01:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङको धितुङका किसानले शुरु गरे सामूहिक लिची खेती

साउन ५, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका किसानले सामूहिकरूपमा व्यावसायिक लिची खेती शुरु गरेका छन् । लिचीको पकेट क्षेत्रका रूपमा विकास गर्न स्थानीय बरबोटे बिजवृद्धि कृषक समूहमा आबद्ध किसानले बन्दाबन्दीको अवधिमा बयाखुखोला नजिकैको २०० रोपनी जग्गा भाडामा लिएर दुई हजार बोटभन्दा बढी लिचीको बिरुवा रोपेका हुन् ।

गाउँमै केही गर्नुपर्छ भन्ने सोचका साथ धितुङका स्थानीय बासिन्दाले १५ वर्षदेखि बाँझिएको जग्गामा पलाएको झाडी फँडानी गरेर खाल्डो खनेर लिचीको बिरुवा रोपेका छन् । शहर बजारमा बसिरहेका युवा बन्दाबन्दीको समयमा गाउँ आएपछि सामूहिकरूपमा बाँझो जग्गामा लिची खेती शुरु गरेका हुन् । 

लामो समयदेखि बाँझिएको व्यक्तिको जग्गा भाडामा लिएर व्यावसायिकरूपमा लिची खेती लगाइएको कृषक समूहका अध्यक्ष राजेश राईले बताउनुभयो । “दिनेश राईको अध्यक्षतामा नौ सदस्यीय लिची पकेट सञ्चालन समिति बनाएर गाउँलाई लिचीको पकेट क्षेत्रका रूपमा विकास गर्ने प्रयास शुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “कृषक समूहमा आबद्ध २५ परिवार किसानमध्ये नौ घरका किसान सामूहिक लिची खेतीमा लागेका छन् ।”

लिचीले उत्पादन दिन थालेपछि तीन भाग लगाएर एक भाग जग्गाधनीलाई दिने शर्तमा जग्गा भाडामा लिइएको कृषक समूहले जनाएको छ । उत्पादनको तीन भागमध्ये एक भाग लगानीकर्तालाई र एक भाग मलजल गर्ने हेरालुलाई दिइने सहमति गरिएको कृषक समूहका अध्यक्ष राईले बताउनुभयो । 

धितुङमा लिचीको बिरुवा रोपेको केही समयपछि कृषि ज्ञान केन्द्रको अगुवाइमा केही समयअघि संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’, जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङलगायतको टोलीले अनुगमन गरेको थियो । कृषि ज्ञान केन्द्र खोटाङले उपलब्ध गराएको रु आठ लाख अनुदानमा किसानको रु आठ लाख रकम थप गरेर धितुङमा लिची खेती विस्तार गर्न लागिएको हो । 

बन्दाबन्दीको समयमा गाउँ आएका जिल्लाका विभिन्न ठाउँका स्थानीय युवाले बाँझिएको जग्गा फँडानी गरेर खेती बढाउने, लिची, आँप, केरा, कागती, ड्रागन फ्रुटलगायतका फलफूलका बोटबिरुवा रोप्ने काम गरिरहेका छन् । महामारीका समयमा गाउँलाई नै सुरक्षित थलोका रूपमा देखाएकाले गाउँ फर्केका अधिकांश स्थानीय बासिन्दा गाउँमै केही गर्नुपर्नेमा अग्रसर देखिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई