2026-10-03 09:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दिवङ्गत गाउँपालिका अध्यक्षका स्मृतिमा पुरस्कार स्थापना

साउन ८, पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले गाउँपालिकाकाका पूर्वअध्यक्ष अमरकुमार नेम्वाङको स्मृतिमा उक्त रु एक लाख राशिको साहित्यिक पुरस्कार स्थापना गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाउँपालिकाका पूर्वअध्यक्ष नेम्वाङको स्मृतिमा साहित्यिक पुरस्कार स्थापना गर्ने कार्यक्रम समावेश गरेको थियो ।

सोही कार्यक्रमअनुसार गाउँपालिकाले यसै वर्षबाट सेहोनाम्लाङ साहित्य समाज पाँचथरसँगको सहकार्यमा पुरस्कार वितरण आरम्भ गर्ने भएको छ । पुरस्कार वितरणका लागि समाजले स्रष्टा छनोट तथा सम्मान कार्यक्रम आयोजना गर्ने गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । उक्त कार्यक्रमअनुसार दिवङ्गत नेम्वाङको ६९औँ जन्मजयन्तीको अवसरमा यही साउन २३ गते पुरस्कार तथा सम्मान वितरण गरिनेछ । 

गाउँपालिकासँगको परामर्शमा यस वर्ष तीन साहित्यकारलाई पुरस्कृत गरिने सेहोनाम्लाङ साहित्य समाजका सचिव राज दिलाञ्जलीले जानकारी दिनुभयो । उक्त संस्थाले गठन गरेको तीन सदस्यीय छनोट समितिको सिफारिसअनुसार रु ५० हजार राशिको अमर नेम्वाङ स्रष्टा सम्मानबाट सुनसरीको धरानका साहित्यकार प्राडा भीम खतिवडा, रु ४० हजार राशिको अमर नेम्वाङ युवा स्रष्टा पुरस्कारबाट पाँचथरका साहित्यकार मधु केरुङ र रु १० हजार राशिको अमर नेम्वाङ नवप्रतिभा प्रोत्साहत पुरस्कारबाट फाल्गुनन्द गाउँपालिकाकै मञ्जु नेम्वाङ पुरस्कृत हुनुहुने भएको छ ।

साहित्यकार नेम्वाङको विसं २०७५ माघ २६ गते आकस्मिक निधन भएको थियो । पाँचथरमा लिम्बू समुदायबाट स्नातकोत्तरसम्मको पढाइ पूरा गर्ने पहिलो व्यक्ति नेम्वाङ गाउँमै बसेर पञ्चायतकालदेखि गणतन्त्रसम्म स्थानीय जनप्रतिनिधिको भूमिकामा रहनुभएको थियो । उहाँको निधनपछि फाल्गुनन्द गाउँपालिकामा गत मङ्सिर १४ गते उपनिर्वाचन भएको थियो । साहित्यमा उहाँका ‘इको राइटिङ’का अभियन्ता हुनुहुन्थ्यो । उहाँका ‘सम्झनाका तरेली’, ‘अमेरिका भ्रमणका सम्झनाहरु’, ‘एउटा साँझको अवशान’ लगायत कृति प्रकाशित छन् ।

नेम्वाङको विसं १९९८ मा पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापमा बुवा नयेन्द्रराज नेम्वाङ र आमा श्रीहाङ्मा नेम्वाङको कोखबाट जन्म भएको थियो । भारतको दार्जिलिङमा पनि अध्ययन गर्नुभएका नेम्वाङले विसं २०२५ मा त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएको थियो । उच्च शिक्षा हासिल गरेपनि गाउँमै बस्नुभएका उहाँ विसं २०३३ मा तत्कालीन चिलिङ्दिन गाउँपञ्चायतको अध्यक्ष निर्वाचित हुनुभएको थियो । त्यसपछि उहाँ निरन्तर जनप्रतिनिधि एवं सामाजिक अगुवाका रूपमा सक्रिय हुनुहुन्थ्यो । 

नेम्वाङ गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार भई गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभएको थियो । फाल्गुनन्द गाउँपालिका ५ नं वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्ने क्रममा अचानक बेहोस हुनुभएका उहाँको सोही दिन निधन भएको थियो । उहाँलाई नेपाल सरकारले विसं २०७५ मा सुप्रवल जनसेवाश्री पदकले विभूषितसमेत गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने