2026-10-24 01:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दिवङ्गत गाउँपालिका अध्यक्षका स्मृतिमा पुरस्कार स्थापना

साउन ८, पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले गाउँपालिकाकाका पूर्वअध्यक्ष अमरकुमार नेम्वाङको स्मृतिमा उक्त रु एक लाख राशिको साहित्यिक पुरस्कार स्थापना गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाउँपालिकाका पूर्वअध्यक्ष नेम्वाङको स्मृतिमा साहित्यिक पुरस्कार स्थापना गर्ने कार्यक्रम समावेश गरेको थियो ।

सोही कार्यक्रमअनुसार गाउँपालिकाले यसै वर्षबाट सेहोनाम्लाङ साहित्य समाज पाँचथरसँगको सहकार्यमा पुरस्कार वितरण आरम्भ गर्ने भएको छ । पुरस्कार वितरणका लागि समाजले स्रष्टा छनोट तथा सम्मान कार्यक्रम आयोजना गर्ने गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । उक्त कार्यक्रमअनुसार दिवङ्गत नेम्वाङको ६९औँ जन्मजयन्तीको अवसरमा यही साउन २३ गते पुरस्कार तथा सम्मान वितरण गरिनेछ । 

गाउँपालिकासँगको परामर्शमा यस वर्ष तीन साहित्यकारलाई पुरस्कृत गरिने सेहोनाम्लाङ साहित्य समाजका सचिव राज दिलाञ्जलीले जानकारी दिनुभयो । उक्त संस्थाले गठन गरेको तीन सदस्यीय छनोट समितिको सिफारिसअनुसार रु ५० हजार राशिको अमर नेम्वाङ स्रष्टा सम्मानबाट सुनसरीको धरानका साहित्यकार प्राडा भीम खतिवडा, रु ४० हजार राशिको अमर नेम्वाङ युवा स्रष्टा पुरस्कारबाट पाँचथरका साहित्यकार मधु केरुङ र रु १० हजार राशिको अमर नेम्वाङ नवप्रतिभा प्रोत्साहत पुरस्कारबाट फाल्गुनन्द गाउँपालिकाकै मञ्जु नेम्वाङ पुरस्कृत हुनुहुने भएको छ ।

साहित्यकार नेम्वाङको विसं २०७५ माघ २६ गते आकस्मिक निधन भएको थियो । पाँचथरमा लिम्बू समुदायबाट स्नातकोत्तरसम्मको पढाइ पूरा गर्ने पहिलो व्यक्ति नेम्वाङ गाउँमै बसेर पञ्चायतकालदेखि गणतन्त्रसम्म स्थानीय जनप्रतिनिधिको भूमिकामा रहनुभएको थियो । उहाँको निधनपछि फाल्गुनन्द गाउँपालिकामा गत मङ्सिर १४ गते उपनिर्वाचन भएको थियो । साहित्यमा उहाँका ‘इको राइटिङ’का अभियन्ता हुनुहुन्थ्यो । उहाँका ‘सम्झनाका तरेली’, ‘अमेरिका भ्रमणका सम्झनाहरु’, ‘एउटा साँझको अवशान’ लगायत कृति प्रकाशित छन् ।

नेम्वाङको विसं १९९८ मा पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापमा बुवा नयेन्द्रराज नेम्वाङ र आमा श्रीहाङ्मा नेम्वाङको कोखबाट जन्म भएको थियो । भारतको दार्जिलिङमा पनि अध्ययन गर्नुभएका नेम्वाङले विसं २०२५ मा त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएको थियो । उच्च शिक्षा हासिल गरेपनि गाउँमै बस्नुभएका उहाँ विसं २०३३ मा तत्कालीन चिलिङ्दिन गाउँपञ्चायतको अध्यक्ष निर्वाचित हुनुभएको थियो । त्यसपछि उहाँ निरन्तर जनप्रतिनिधि एवं सामाजिक अगुवाका रूपमा सक्रिय हुनुहुन्थ्यो । 

नेम्वाङ गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार भई गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभएको थियो । फाल्गुनन्द गाउँपालिका ५ नं वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्ने क्रममा अचानक बेहोस हुनुभएका उहाँको सोही दिन निधन भएको थियो । उहाँलाई नेपाल सरकारले विसं २०७५ मा सुप्रवल जनसेवाश्री पदकले विभूषितसमेत गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने