ललित बोहरा | साउन १०, डडेल्धुरा | स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति डडेल्धुराले गाउँपालिका तथा नगरपालिकाको सीमाकंन र नामांकनको काम आईतबार देखि थालनी गरेको छ । 

स्थानीय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | साउन १०, डडेल्धुरा | स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति डडेल्धुराले गाउँपालिका तथा नगरपालिकाको सीमाकंन र नामांकनको काम आईतबार देखि थालनी गरेको छ । 

स्थानीय "/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डडेल्धुरामा स्थानीय तह पुर्नसंरचनाको कार्य प्रारम्भ

२०७३, १० श्रावण सोमबार १५:४५

ललित बोहरा | साउन १०, डडेल्धुरा | स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति डडेल्धुराले गाउँपालिका तथा नगरपालिकाको सीमाकंन र नामांकनको काम आईतबार देखि थालनी गरेको छ । 

स्थानीय तहको संख्या तथा सीमाना निर्धारण आयोगले तोके अनुसार सरोकारवाला संग छलफल गरेर स्थानीय तहको सीमांकन र नामांकनको काम थालनी भएको स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिका संयोजक एवं स्थानीय विकास अधिकारी पुरुषोत्तम ढकालले जानकारी दिनुभयो । सोमबार गाविस सचिवहरुसंग परामर्श एवम् तथ्याङ्क संकलन सम्वन्धी कार्यशाला गोष्ठी आयोजना गरेको छ भने मंगलबार कार्यालय प्रमुखहरु एवंम् गाविस सचिवहरु संग परामर्श गोष्ठी आयोजना हुनेछ । 

यसैगरि साउन १३ गते राजनितिक दल र जनप्रतिनिधिहरु संग परामर्श कार्यशाला गरिने र १४ गते नागरिक समाज अगुवाहरु तथा सञ्चारकर्मीहरु संग परामर्श गोष्ठी गरिने समितिका सदस्य सचिव एवम् जिल्ला विकास समिति डडेल्धुराका योजना अनुगमन तथा प्रशासकिय अधिकृत हिरालाल भण्डारीले बताएका छन् । सोही क्रममा साउन १५ र १७ गते स्थानीय तह परामर्श कार्यशाला गोष्ठी आयोजना गरिने र साउन २० गते जिल्ला स्तरीय अन्तिम परामर्श कार्यशाला गोष्ठी गरिने जनाईएको छ । स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति डडेल्धुराको पहिलो बैठकले आईतबार प्रस्तावित गाउँपालिका तथा नगरपालिका सम्वन्धी नक्शांकन खाका र तथ्याङ्क विश्लेषण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना