2026-07-11 02:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मृदुङ्गा झरनामा आन्तरिक पर्यटकको घुइँचो

रवीन्द्र काफ्ले । साउन १८, पाँचथर । नजिकै सडक पुगेपछि पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको मृदुङ्गा झरना आन्तरिक पर्यटकको रोजाइमा परेको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पहुँच मार्ग र तमोर करिडोर सडक झरना नजिकै पुगेपछि यहाँ आन्तरिक पर्यटकको भीडभाड हुन थालेको हो । यो झरना हिलिहाङ गाउँपालिका वडा नं ३ र ४ को सिमानामा रहेको छ । 

ठूलाठूला चट्टानका बीचबाट झरेको झरना निकै आकर्षक र सुन्दर देखिनाले यहाँ पर्यटकको भीड लाग्न थालेको हो । मेची राजमार्गबाट हिलिहाङ–१ भालुचोक र फेदापाबाट करिब एक घण्टा यात्रा गरेपछि यो झरनासम्म पुग्न सकिन्छ । सबै प्रकारका सवारीका साधन यहाँसम्म पुग्नसक्ने भएकाले आन्तरिक पर्यटकको चाप दिनानुदिन बढिरहेको स्थानीय व्यवसायी सुरेश चापागाईले बताउनुभयो ।


चापागाईका अनुसार सडक पुगेपछि झरनामा तस्बिर लिने र सामाजिक सञ्जालमा हाल्ने क्रमले यो झरना प्रचारमा आएको हो । “बाटोकै कारणले ओझेलमा रहेको झरना पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ”, चापागाईले भन्नुभयो, “यहाँ पाँचथरलगायत विभिन्न छिमेकी जिल्लाबाट आएका मानिसको दैनिकरुपमा भीडभाड हुने गरेको छ ।” सडकले विकास र समृद्धिका अन्य आयामसमेत खोल्दछ भन्ने बलियो उदाहरण बनेको छ यो झरना । यहाँ अहिले दैनिक २५० जनाभन्दा बढी पर्यटक आउने गरेको व्यवसायी चापागाईको भनाइ छ । झरनाको २०० मिटर नजिकबाट तमोर करिडोर सडक विस्तार भएको छ । 

हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद सिगुका अनुसार झरनालाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउन चालू आव २०७७÷७८ मा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न लागिएको छ । प्रतिवेदनका आधारमा यस झरनालाई प्राकृतिकरुपमै सुन्दर बनाउने प्रयास गरिने उहाँको भनाइ छ । सडक छेउ सवारी पार्किङ स्थल, सिँढी मार्ग, स्वीमिङ पुललगायत संरचना आवश्यक भएकाले ती संरचना निर्माणका कार्यसमेत थालिने वडाध्यक्ष सिगुले बताउनुभयो ।

यहाँ घुम्न पुग्नु भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य हर्कबहादुर नेम्वाङ मृदुङ्गा झरना पर्यटकीय सम्भावनाको दृष्टिले महत्वपूर्ण भए पनि पूर्वाधारका दृष्टिले शून्य अवस्थामा रहेकाले द्रूत गतिमा पूर्वाधार निर्माण आवश्यक रहेको बताउनुहुन्छ । “यहाँ पर्यटकको भीड नै लाग्ने गरेको देखियो । पर्यटन प्रवद्र्धनबाट यहाँ ठूलो लाभ पनि लिन सकिने रहेछ”, नेम्वाङले भन्नुभयो, “यसका लागि स्थानीय तह र प्रदेश सरकारले लगानी गर्नुपर्छ ।” 

झरना निकै सुन्दर र आकर्षक रहेको तथा तमोर करिडोर सडक सञ्चालनमा आउन लागेकाले यहाँबाट स्थानीय तहले ठूलो आम्दानी लिन सक्ने नेम्वाङको भनाइ छ । “पूर्वाधार निर्माण र व्यवस्थित प्रचार गर्न सके यहाँबाट सरकारले ठूलो आर्थिक लाभ लिन सक्दछ”, नेम्वाङले भन्नुभयो । 

फिदिम र ताप्लेजुङबाट यहाँ पुग्न लामो समय नलाग्ने हुनाले स्थानीय पर्यटकको चाप बढ्दै गएको हो । स्थानीयवासी एवं व्यवसायी चापागाईका अनुसार यहाँ हिउँदमा पानी कम हुने गर्छ । सुभाङ खोला झरना नजिकै रहेकाले त्यहाँका पानीलाई झरनाबाट झार्ने प्रयास गरिनुपर्ने उहाँको भनाइ छ । 

यस्तै झरनाभन्दा माथि रहेको मन्दिरको जीर्णोद्वार गरिनुपर्ने, आवश्यक अन्य पूर्वाधार निर्माण गरी सरकारी आम्दानीको स्रोत बनाइनु पर्ने स्थानीयवासी खगेन्द्र योङहाङको माग छ । हिलिहाङ गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा उक्त झरनालाई पर्यटकीय केन्द्र तथा मनोरञ्जन स्थलमा परिणत गर्न गुरुयोजना निर्माण गर्ने उल्लेख गरेको छ । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित