2026-09-19 01:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङको बोझेखोला–सुनकोशी ग्रामीण सडक सञ्चालनमा

साउन १९, खोटाङ। हलेसी तुवाचुङ नगरपालिकास्थित बोझेखोला–सुनकोशी ग्रामीण सडक सञ्चालनमा आएको छ । वडा नम्बर–३ च्यास्मिटारको बोझेखोलादेखि वडा नम्बर–५ दुर्छिमको छोकमाला हुँदै सुनकोशी किनार जोड्ने नगरपालिकास्तरीय १२ किलोमिटर सडक सञ्चालनमा आएको हो ।

नगरपालिकाकै विकट क्षेत्रका रुपमा रहेको हैदे र दाम्दलेलाई सडक सञ्जालमा जोड्ने लक्ष्यका साथ नगरपालिकाले बोझेखोला–छोकमाला–दाम्दले–हैदे–सुनकोशी झोलुङ्गे पुल सडकलाई प्राथमिकतामा राखेको थियो । नगरपालिकास्तरीय सडकका रुपमा दुई वर्षअघि नगरपालिकाले विनियोजन गरेको रु १५ लाख रकमबाट निर्माण गरिएको सडकका लागि गत वर्ष प्रदेश सरकारबाट रु दश लाख बजेट विनियोजन भएको थियो । 

नगरपालिका र प्रदेश सरकारको बजेट अपुग हुँदा बाँकी रहेको करिब तीन किलोमिटर सडकखण्डलाई पूरा गरेर सञ्चालनमा ल्याइएको नगरप्रमुख इवन राईले जानकारी दिनुभयो । बाँकी रहेको सडकखण्ड यसपल्ट नगरपालिकाकै तर्फबाट तेल हालेर नगरपालिकाकै मेशिन प्रयोग गरेर पूरा गरिएको हो । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको बाँसबोटे जोड्ने सुनकोशी पुलसम्म पुर्याइएको सडकलाई क्रमशः दुर्छिमकै बतासेघाट जोड्ने गरी विस्तार गरिने नगरपालिकाले जनाएको छ । बोझे खोला–सुनकोशी झोलुङ्गे पुल सडक निर्माणका क्रममा छोकमालाबाट विकट बस्तीका रुपमा रहेको लाहाटुङसम्म सडक पुर्याइएको हो । 

सडक सञ्चालनमा आएपछि आवतजावत, दैनिक उपभोग्य वस्तु ढुवानी, तथा सुनकोशीको ढुङ्गा, गिट्टी र बालुवा निकासीमा सहज भएको स्थानीय बासिन्दाले बताएका छन् । सडक अभावमा घण्टौँ पैदलयात्रा गर्दै आएका स्थानीय बासिन्दा आफ्नो घर आँगनमै यातायातको साधन आइपुगेपछि हर्षित भएका छन् । 

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकाको सबै वडामा कच्ची सडक पुगेको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने उक्त नगरपालिकामा निर्माण गरिएको सडकमा बाह्रै महिना गाडी सञ्चालन हुने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई