2026-09-19 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रदेश नं १ मा ९३ प्रतिशत धान रोपाइँ

साउन २१, विराटनगर । प्रदेश नं १ मा यस वर्ष अहिलेसम्ममा ९३ दशमलव ९५ प्रतिशत धान रोपाइँ भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । गतवर्र्ष ५६ दशमलव ७४ प्रतिशत मात्र रोपाइँ भएको थियो भने यस वर्षको लगातार मनसुनको प्रभाव, सिँचाइको सुविधाजस्ता कारणले रोपाइँको क्षेत्र निकै बढेको निर्देशनालयले जनाएको छ । 

निर्देशनालयका अनुसार  उच्च पहाडी क्षेत्र ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा २४ हजार ११३ हेक्टर धान लगाउने जमिनमा २२ हजार ९८३ हेक्टर जग्गामा अर्थात ९५ प्रतिशत रोपाइँ भएको छ । यस्तै, उच्च पहाडी क्षेत्र पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङ गरी ९० हजार ९१६ हेक्टर जमिनमा ८२ हजार २४ अर्थात ९० प्रतिशत र मध्यपहाडी क्षेत्र झापा, मोरङ र सुनसरी गरी दुई लाख २५ हजार ८०० हेक्टर जमिनमा दुई लाख १५ हजार २०२ हेक्टर जग्गामा अर्थात ९५ प्रतिशत धान रोपाइँ भइसकेको छ ।

रोपाइँको स्थितिलाई नियाल्दा सबैभन्दा बढी उत्पादन हुने जिल्ला झापामा ९८ प्रतिशत, मोरङमा ९४ प्रतिशत र सुनसरीमा ९३ प्रतिशत धान रोपाइँ भएको छ । रोपाइँ सबैभन्दा बढी शतप्रतिशत ओखलुढुङ्गामा चार हजार ४०३ हेक्टर जमिनमा र सोलुखुम्बुमा एक हजार ५२५ हेक्टर जमिनमा धान रोपाइँ भएको पाइएको छ ।

भौगोलिकताको आधारमा तुलना गर्दा उच्च पहाडी क्षेत्रमा ९५ प्रतिशत, मध्यपहाडी क्षेत्रमा ९० प्रतिशत र मध्यपहाडी क्षेत्रमा ९५ प्रतिशत धान रोपाइँ भएको निर्देशनालयका प्रवक्ता सरस्वती श्रेष्ठले जानकारी दिनुभयो । मौसमको अनुकूलताले विगत केही वर्षको तुलनामा यस वर्ष धान लगाउन किसानले पानीको समस्या झेल्नुपरेको छैन भने यसको क्षेत्र अझ बढ्ने उहाँले बताउनुभयो । असार १५ गतेसम्ममा २२ प्रतिशत मात्र रोपाइँ भएको यस क्षेत्रमा १५ दिन पहिले ८२ दशमलव ५१ प्रतिशत भएको थियो भने अहिले मौसम अनुकूलताले धान रोपाइँको क्षेत्र बढेको र अभैm केही प्रतिशत धान रोपाइँ बढ्ने निर्देशनालयको अनुमान छ । 

यस्तै अहिले धानमा गवारो र ब्लाष्ट (डडुवा) रोगको पनि प्रकोप बढेकाले किसानले समयमै रोग र किराको व्यवस्थापन गर्न सक्यो भने निश्चितरुपमा विगत केही वर्षदेखिको तुलनामा यस वर्ष धानको उत्पादन धेरै राम्रो हुने प्रवक्ता श्रेष्ठको भनाइ छ । धान रोपाइँको स्थितिलाई हेर्दा सरकारले धान दिवसको अवसरमा दिएको नारा ‘धान उत्पादन वृद्धि, आत्मनिर्भरता समृद्धि’ को पाटोमा टेवा पुग्ने विश्वास जागेको वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमिल्सिनाले बताउनुभयो ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई