साउन १२, पाल्पा । जिल्लामा आव २०७२/७३ मा रु ४० करोड रकम फ्रिज भएको छ । 

फ्रिज भएको रकम जिल्लाको कुल बजेटको १६ दशमलव १ प्रतिशत हुन आउँछ । पुँजीगततर्फ रु २७ करोड ४० लाख ७७ हजार र चालुतर्फ रु १२ करोड ६२ लाख ३ हजार फिर्ता भएको हो । रु ए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, पाल्पा । जिल्लामा आव २०७२/७३ मा रु ४० करोड रकम फ्रिज भएको छ । 

फ्रिज भएको रकम जिल्लाको कुल बजेटको १६ दशमलव १ प्रतिशत हुन आउँछ । पुँजीगततर्फ रु २७ करोड ४० लाख ७७ हजार र चालुतर्फ रु १२ करोड ६२ लाख ३ हजार फिर्ता भएको हो । रु ए"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाल्पामा चालीस करोड रकम फ्रिज

२०७३, १२ श्रावण बुधबार १०:२२

साउन १२, पाल्पा । जिल्लामा आव २०७२/७३ मा रु ४० करोड रकम फ्रिज भएको छ । 

फ्रिज भएको रकम जिल्लाको कुल बजेटको १६ दशमलव १ प्रतिशत हुन आउँछ । पुँजीगततर्फ रु २७ करोड ४० लाख ७७ हजार र चालुतर्फ रु १२ करोड ६२ लाख ३ हजार फिर्ता भएको हो । रु एक अर्ब ७० करोड २२ लाख ८ हजार मध्ये ८३ दशमलव ९० प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । 

पुँजीगततर्फ रु एक अर्ब ४२ करोड ८१ लाख ३० हजार खर्च भएको छ । जिल्लाबाट चालुतर्फ ९५ दशमलव ६५ प्रतिशत खर्च भएको कार्यालय प्रमुख शिवप्रसाद पन्थीले जानकारी दिनुभयो । पश्चिमाञ्चल डिभिजन सडक कार्यालय नम्बर ३ ले पुँजीगत खर्चका लागि प्राप्त रु ५८ करोड ३२ लाखमध्ये रु ४६ करोड ९६ लाख चार हजार मात्र खर्च गरेको छ । सबैभन्दा बढी सडकको रु ११ करोड ३५ लाख ९५ हजार फिर्ता भएको छ । 

त्यस्तै उत्तर दक्षिण लोकमार्ग तथा कालीगण्डकी करिडोरको रु ३१ करोड ६२ लाख ९६ हजार बजेट मध्ये रु २८ करोड ४९ लाख १४ हजार खर्च भएको छ । सहरी विकास तथा डिभिजन कार्यालयका लागि विनियोजित बजेट रु २३ करोड २९ लाख ५४ हजार मध्ये रु २१ करोड ४९ लाख ५४ हजार खर्च भएको छ । 

विकासे कार्यालयले तोकिएको समयमा जिम्मेवारीपूर्वक काम नगर्नु, समयमा टेण्डर आह्वान नगर्नुलगायत कारणले रकम फिर्ता भएको कोलेनिकाले जनाएको छ । आव २०७१÷७२ मा समेत जिल्लाबाट रु ४० करोड रकम फिर्ता भएको थियो । जिल्लामा रु तीन अर्ब ८९ करोड ३३ लाख ४७ हजार अख्तियारी आएकोमा रु तीन अर्ब ४८ करोड ७० लाख ३८ हजार खर्च भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना