साउन १२, पाल्पा । जिल्लामा आव २०७२/७३ मा रु ४० करोड रकम फ्रिज भएको छ । 

फ्रिज भएको रकम जिल्लाको कुल बजेटको १६ दशमलव १ प्रतिशत हुन आउँछ । पुँजीगततर्फ रु २७ करोड ४० लाख ७७ हजार र चालुतर्फ रु १२ करोड ६२ लाख ३ हजार फिर्ता भएको हो । रु ए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, पाल्पा । जिल्लामा आव २०७२/७३ मा रु ४० करोड रकम फ्रिज भएको छ । 

फ्रिज भएको रकम जिल्लाको कुल बजेटको १६ दशमलव १ प्रतिशत हुन आउँछ । पुँजीगततर्फ रु २७ करोड ४० लाख ७७ हजार र चालुतर्फ रु १२ करोड ६२ लाख ३ हजार फिर्ता भएको हो । रु ए"/>

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाल्पामा चालीस करोड रकम फ्रिज

१२ श्रावण २०७३, बुधबार १०:२२

साउन १२, पाल्पा । जिल्लामा आव २०७२/७३ मा रु ४० करोड रकम फ्रिज भएको छ । 

फ्रिज भएको रकम जिल्लाको कुल बजेटको १६ दशमलव १ प्रतिशत हुन आउँछ । पुँजीगततर्फ रु २७ करोड ४० लाख ७७ हजार र चालुतर्फ रु १२ करोड ६२ लाख ३ हजार फिर्ता भएको हो । रु एक अर्ब ७० करोड २२ लाख ८ हजार मध्ये ८३ दशमलव ९० प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । 

पुँजीगततर्फ रु एक अर्ब ४२ करोड ८१ लाख ३० हजार खर्च भएको छ । जिल्लाबाट चालुतर्फ ९५ दशमलव ६५ प्रतिशत खर्च भएको कार्यालय प्रमुख शिवप्रसाद पन्थीले जानकारी दिनुभयो । पश्चिमाञ्चल डिभिजन सडक कार्यालय नम्बर ३ ले पुँजीगत खर्चका लागि प्राप्त रु ५८ करोड ३२ लाखमध्ये रु ४६ करोड ९६ लाख चार हजार मात्र खर्च गरेको छ । सबैभन्दा बढी सडकको रु ११ करोड ३५ लाख ९५ हजार फिर्ता भएको छ । 

त्यस्तै उत्तर दक्षिण लोकमार्ग तथा कालीगण्डकी करिडोरको रु ३१ करोड ६२ लाख ९६ हजार बजेट मध्ये रु २८ करोड ४९ लाख १४ हजार खर्च भएको छ । सहरी विकास तथा डिभिजन कार्यालयका लागि विनियोजित बजेट रु २३ करोड २९ लाख ५४ हजार मध्ये रु २१ करोड ४९ लाख ५४ हजार खर्च भएको छ । 

विकासे कार्यालयले तोकिएको समयमा जिम्मेवारीपूर्वक काम नगर्नु, समयमा टेण्डर आह्वान नगर्नुलगायत कारणले रकम फिर्ता भएको कोलेनिकाले जनाएको छ । आव २०७१÷७२ मा समेत जिल्लाबाट रु ४० करोड रकम फिर्ता भएको थियो । जिल्लामा रु तीन अर्ब ८९ करोड ३३ लाख ४७ हजार अख्तियारी आएकोमा रु तीन अर्ब ४८ करोड ७० लाख ३८ हजार खर्च भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला