साउन १२, पर्सा । आर्थिक वर्ष २०७१/७२ को तुलनामा आव २०७२/७३ मा वीरगन्ज नाकाबाट हुने आयात निर्यातमा ३७८ प्रतिशतले व्यापार घाटा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, पर्सा । आर्थिक वर्ष २०७१/७२ को तुलनामा आव २०७२/७३ मा वीरगन्ज नाकाबाट हुने आयात निर्यातमा ३७८ प्रतिशतले व्यापार घाटा "/>
२६ पुष २०८२, शनिबार
अर्थ/विकास

आर्थिक वर्ष २०७२/७३ मा वीरगन्ज नाकाबाट पौने दुई खर्ब व्यापार घाटा

१२ श्रावण २०७३, बुधबार १०:५२

साउन १२, पर्सा । आर्थिक वर्ष २०७१/७२ को तुलनामा आव २०७२/७३ मा वीरगन्ज नाकाबाट हुने आयात निर्यातमा ३७८ प्रतिशतले व्यापार घाटा बढेको छ । 

आव २०७१७२ मा एक हजार ५५२ प्रतिशत रहेको व्यापार घाटा आव २०७२/७३ मा २७८ प्रतिशतले वृद्धी भई एक हजार नौसय ३० प्रतिशतमा पुगेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । तथ्याङ्कअनुसार आव २०७१/७२ मा वीरगन्ज नाका प्रयोग गरी रु तीन खर्ब २३ अर्ब आठ कारोड ७८ लाखको सामान आयात तथा रु २० अर्ब ८० करोड ९७ लाखको निर्यात भएको थियो । 

आव २०७१/७२ मा वीरगन्ज नाकाबाट हुने आयात निर्यामा रु तीन खर्ब दुई अर्ब २७ करोड ८१ लाख व्यापार घाटा भएको कार्यालयले जनाएको छ । 

यसैगरी गत आवमा वीरगन्ज नाकाबाट रु एक खर्ब ८५ अर्ब ८४ कारोड १३ लाखको विभिन्न सामान आयात तथा रु नौ अर्ब ६२ करोड ८७ लाखको निर्यात भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए । 

सो नाका प्रयोग गरी भारत तथा तेस्रो मुलुकबाट दुई हजार ३०० बढी प्रकारका बस्तु आयात हुने गरेका छन नेपालबाट भारत तथा तेस्रो मुलुकका लागि निर्यात हुने बस्तुको सङ्ख्या १०० भन्दा कम रहेको छ । नेपालका लागि आवश्यक ७० प्रतिशत पेट्रोलियम पदार्थ र ६० प्रतिशत खाद्यान्न लगायतका बस्तु वीरगन्ज नाकाबाटै आयात हुने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला