कमल रावल | साउन १२ अछाम | वर्षभरीको कार्यसम्पादन मुल्याँकनमा जिल्ला शिक्षा कार्यालय अछाम सुदूरपश्चिममै उत्कृष्ट भएको छ । जिल्ला शिक्षा कार्यालयहरुको क्षेत्रीय स्तरको समिक्षा गोष्ठीको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | साउन १२ अछाम | वर्षभरीको कार्यसम्पादन मुल्याँकनमा जिल्ला शिक्षा कार्यालय अछाम सुदूरपश्चिममै उत्कृष्ट भएको छ । जिल्ला शिक्षा कार्यालयहरुको क्षेत्रीय स्तरको समिक्षा गोष्ठीको "/>
४ पुष २०८२, शुक्रबार
अछाम - ACM

शैक्षीक कार्यसम्पादनमा अछाम सुदूरपश्चिममै उत्कृष्ट

१२ श्रावण २०७३, बुधबार १४:३७

कमल रावल | साउन १२ अछाम | वर्षभरीको कार्यसम्पादन मुल्याँकनमा जिल्ला शिक्षा कार्यालय अछाम सुदूरपश्चिममै उत्कृष्ट भएको छ । जिल्ला शिक्षा कार्यालयहरुको क्षेत्रीय स्तरको समिक्षा गोष्ठीको अवसरमा जिल्ला शिक्षा कार्यालय अछामलाई सूदुरपश्चिममै उत्कृष्ट कार्य सम्पादन गरेकोमा अति उत्तम कार्यसम्पादनको मान्यता दिई सम्मानित गरिएको हो ।

क्षेत्रीय शिक्षा निर्देशनालयले धनगढीमा आयोजना गरेको क्षेत्रीय समिक्षा गोष्ठिको अवसरमा जिल्ला शिक्षा अधिकारी झंकर बहादुर बिष्टलाई उत्कृष्ठ कार्यसम्पादनगरेको प्रमाणपत्र प्रदान गरि जिल्ला शिक्षा कार्यालय अछामलाई सम्मान गरिएको हो । केन्द्रिय स्तरमा गुणस्तर परिक्षण केन्द्रले कार्यसम्पादनका सूचकका आधारमा मूल्याँकन गरि अति उक्तम काम गरेको भन्दै सम्मान गरेको जिल्ला शिक्षा अधिकारी बिष्टले बताँउनुभयो । गत आर्थिक वर्ष ०७२÷७३ मा  जिल्ला शिक्षा कार्यालय अछामले शैक्षीक कार्यसम्पादनका सबै सूचकहरु पार गरी ९ वटै जिल्लामा सबैभन्दा उत्कृष्ठ अंक प्राप्त गरी अति उत्तम कार्यसम्पादनको प्रमाण्पत्र पाएको जिल्ला शिक्षा कार्यालयका बिद्यालय निरिक्षक हरिदत्त जोशीले जाँनकारी दिनुभयो । जिशिका अछामले गत आवमा जिल्लामा अन्य संघ संस्था संगको समन्वयलाई मजबुत पारेको, आगामि दिनमा गर्ने रणनीतिहरु तय गरेको, शैक्षीक गुणस्तर सुधारका लागि एउटा मार्गचित्र तयार पारिएको र रणनीति तयार पारेकोले पनि मुल्याँकनमा समेत उत्कृष्ठ भएको जोशीले दावी गर्नुभयो ।  यस्तै वार्षिक कार्यक्रममा पनि कार्यसम्पादन समयमै सम्पन्न भएको माथिल्लो निकायलाई जाँनकारी गराएको तल्लो निकायसंगको समन्वयलाई मजबुत पारिएको जनाईएको छ । यस्तै सबैभन्दा ठुलो उपलब्धि बेरुजु फच्र्यौट पनि भएको जनाईएको छ । जिल्ला शिक्षा कार्यालय अछामले गत आर्थिक वर्ष ०७२÷७३ सम्ममा ८ करो ८७ लाख बेरुजु रहेकोमा ६ लाख बढी नगद असुल उपर गरेको र ५ करोड ५६ लाख बेरुजु फच्र्यौट गरेको कार्यालय प्रमुख जिल्ला शिक्षा अधिकारी झंकर बहादुर बिष्टले जाँनकारी दिनुभयो ।

आफु आईसकेपछि झण्डै ६४ प्रतिशत बेरुजु फच्यौट गरेको दावी गर्दै बालविकास केन्द्रलाई पनि ब्यावस्थित बनाँउन खोजेको र शैक्षीक गुणस्तर बृद्धिका लागि पनि अभियानको थालनी गरिसकेको जिशिअ बिष्टले बताँउनुभयो । क्षेत्रीय स्तरमा जिशिका अछाम कार्यसम्पादन मूल्याँकनमा प्रथम भएर थप हौसला समेत मिलेको उहाँको भनाई छ । यो सफलताका पछाडी जिलला स्थित शिक्षक, कर्मचारी, सञ्चारकर्मी, शिक्षा क्षेत्रमा क्रियाशिल एनजिओ आदिको सहयोगले बढि काम गरेको भन्दै जिशिअ बिष्टले सबैलाई धन्यवाद दिनुभएको छ । आगामि दिनमा पनि सबै संग सहकार्य समन्वय गरेर अगि बढ्ने र अछामको शैक्षीक गुणस्तरलाई मजबुत बनाँउन लागि पर्ने जिल्ला शिक्षा अधिकारी बिष्टले प्रतिबद्धता ब्याक्त गर्नुभयो । प्रत्येक वर्ष अन्तिम चौमासिकमा सबै जिल्ला शिक्षा कार्यालयहरुको वार्षिक कार्यसम्पादनको मूल्याँकन हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ