2026-10-03 08:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

द्रुतमार्गका रूपमा तीन वटा कोरिडोर निर्माण हुँदै

असोज ७, पाँचथर । द्रुतमार्गका रुपमा विकास गर्ने उद्देश्यसहित पाँचथरमा तीन वटा कोरिडोर सडक निर्माण कार्य शुरु भएको छ । जिल्लाको उत्तरी क्षेत्रलाई समेट्न हेवा कोरिडोर, मध्य क्षेत्रलाई समेट्न निवु कोरिडोर र दक्षिणी क्षेत्रलाई समेट्न नावाँ कोरिडोर सडक निर्माण शुरु भएको हो । तीन वटै कोरिडोर पहाडै–पहाड निर्माण गरिएका अन्य सडकहरुलाई समेट्दै तमोर कोरिडोर सडकमा जोडिनेछन् । तमोर कोरिडोर धनकुटाको मुलघाटबाट पाँचथर–ताप्लेजुङ हुँदै नेपाल–भारत–चीन जोड्ने त्रिदेशीय सडक हो । हालसम्म पहाडै–पहाड सडक विस्तार गर्ने गरिएकामा तमोर नदीको किनार हुँदै तमोर कोरिडोर निर्माण अघि बढेपछि जिल्लाभित्र पर्ने खोलाका किनार हुँदै द्रुतमार्गका रूपमा कोरिडोर सडक निर्माण शुरु गरिएको हो ।

यी तीन वटै कोरिडोरहरु प्रदेश नं १ सरकारले विशेष प्राथमिकतामा राखेको मुख्यमन्त्री ग्रामीण सडक आयोजनाअन्तर्गत निर्माण थालिएका हुन् । पूर्वाधार विकास कार्यालय पाँचथरका अनुसार गत आर्थिक वर्ष २०६७÷०७७ मा तीन वटै कोरिडोरमा समान रु ८७ लाख बजेट विनियोजन भएको थियो । उक्त बजेटबाट कोरिडोरहरुको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण तथा ट्र्याक निर्माण कार्य शुरु भएको पूर्वाधार विकास कार्यालय पाँचथरका निमित्त प्रमुख ललितकुमार चौधरीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षका लागि तीन वटै कोरिडोरका लागि समान रु एक करोड १० लाख बजेट छुट्टिएको र कार्यान्वयनको अख्तियारी प्राप्त हुन लागेको निमित्त प्रमुख चौधरीले बताउनुभयो । 

गत आ.मा हेवा कोरिडोरको २.७६ किमी, निवु कोरिडोरको २.६ किमी र नावा कोरिडोरको ३.९ किमी ट्र्याक निर्माण सम्पन्न भएको छ । यस्तै हेवा कोरिडोरको २१ किमी र नावा तथा निवु कोरिडोरको समान २३ किमीको डीपीआर तयार भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । कोरिडोर सडकहरुको चौडाइ आठ मिटर हुनेछ । नावा कोरिडोर २३ किलोमिटरको हुने तय भए पनि बाँकी दुई कोरिडोरको डीपीआर चालु आवमा मात्रै पूरा हुने पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख चौधरीको भनाइ छ । द्रूतमार्गको रूपमा विकास हुने तीन वटै सडकले जिल्लावासीलाई ठूलो लाभ मिल्ने भए पनि चाँडो निर्माण कार्य पूरा गर्न यथेष्ट बजेटको सुनिश्चिता हुनुपर्ने चौधरीको भनाइ छ । “तीन वटै कोरिडोर मुख्यमन्त्री ग्रामीण सडक आयोजनामा समावेश भएकाले निर्माण अघि बढ्ने निश्चित छ”, चौधरीले भन्नुभयो, “तर भौगोलिक विकटता र ठूलाठूला चट्टान पार गर्नुपर्ने भएकाले यथेष्ट बजेटको सुनिश्चिचता भइदिए निरन्तर निर्माण कार्य अघि बढाउन सहज हुन्थ्यो ।”

फिदिम नगरपालिका–४ माझीटार शुरु विन्दु रहेको हेवा कोरिडोर नेपाल–भारत सीमावर्ती फालोट क्षेत्रसम्म विस्तार गर्ने सरकारी लक्ष्य छ । यस कोरिडोरले फिदिम नगरपालिकासहित हिलिहाङ र फालेलुङ गाउँपालिकामा पर्ने विभिन्न गाउँहरुलाई समेट्छ । निवु कोरिडोर फिदिम नगरपालिका र कुम्मायक गाउँपालिकाको सीमामा पर्ने सिवादोभानमा शुरु विन्दु भई पाँचथर–इलाम सीमावर्ती राँके बजारमा जोडिनेछ । यस कोरिडोरले फिदिम र फाल्गुनन्द गाउँपालिकालाई समेट्दै मेची राजमार्ग र तमोर कोरिडोरलाई द्रूत मार्गबाट जोड्ने कामसमेत गर्ने यहाँका स्थानीयवासी एवं संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङको भनाइ छ । नावा कोरिडोरले तुम्बेवा र मिक्लाजुङ गाउँपालिकालाई समेट्छ भने तमोर कोरिडोर र राँके–रबी–भेडेटार सडकलाई जोड्ने द्रूतमार्ग समेत बन्छ ।

निवु कोरिडोर निर्माणका लागि पहल गर्दै आउनुभएका संविधानसभा सदस्य नेम्वाङ कोरिडोर सडकले निर्माणका क्रममा कमभन्दा कम क्षति गर्ने, द्रूतमार्ग र अन्य सडकहरुको पहुँचमार्गका रूपमा विकास हुने भएकाले यसको निर्माणमा विशेष जोड दिइएको बताउनुहुन्छ । “तमोर कोरिडोर निर्माण थालिएपछि नदीको किनारैकिनार सडक निर्माण गर्न सके स्थानीयवासीले धेरै लाभ प्राप्त गर्ने देखियो”, नेम्वाङले भन्नुभयो, “त्यसैले जिल्लाभित्र साना कोरिडोर निर्माण थालिएको हो, कोरिडोर सडकहरुका बहुआयाम छन् ।” द्रूतमार्ग हुनाले कृषि उपजको निकासी, गाउँहरुसम्म विशेषतः ढुवानीका ठूला सवारीका साधन भित्र्याई, व्यापारिक केन्द्र निर्माण, नागरिकलाई सहज पहुँच पुग्ने अपेक्षा गरिएको नेम्वाङको भनाइ छ । सडकको पहुँच पुर्याउन भन्दै यहाँका गाउँहरुमा निर्माण भएका सडकका ट्र्याकहरु अहिले अलपत्र जस्तै अवस्थामा पुगेका छन् । खोलाहरुमा पुल नहुँदा सडकहरु त्यहीँ टुङ्गिएका समेत भेटिन्छन् । कोरिडोर सडकहरुले अलपत्र परेका सडकहरु ब्युँत्याउने संविधानसभा सदस्य नेम्वाङको जिकिर छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने