2026-10-23 09:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

केपिलासगढीमा सामाजिक सुरक्षा भत्ता वितरण बैङ्किङ प्रणलीमार्फत

असोज १८, खोटाङ | केपिलासगढी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत वितरण गर्ने भएको छ । सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई पारदर्शी, चुहावटरहित र व्यवस्थित बनाउन चालु आर्थिक वर्षको दोश्रो चौमासिकदेखि लाभग्राहीलाई बैङ्कमार्फत वितरण गर्नेगरी तयारी थालिएको हो । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले पत्राचार गरेपछि गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ देखि अनिवार्य रुपमा बैङ्कमार्फत मात्र सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताउनुभयो । बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था गर्न गाउँपालिकाले आगामी पुस मसान्तभित्र आवश्यक कागजात लिएर दाबी बिरोधका लागि पञ्जिकरण शाखामा सम्पर्क गर्न सार्वजनिक सूचना जारी गरेर लाभग्राहीलाई आग्रह गरेको छ । 

दाबी बिरोधका लागि गाउँपालिकाभित्रका सामाजिक सुरक्षा भत्ता खाइरहेका लाभग्राहीको नामावली गाउँपालिका र सम्बन्धित वडा कार्यालयमा प्रकाशन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका सात वडामध्ये शुरुमा वडा नम्बर–४ बाक्सिला र वडा नम्बर–५ सप्तेश्वरका लाभग्राहीलाई बैङ्कमार्फत सामाजिक भत्ता वितरणको तयारी गरिएको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभयो । 

क्रमशः अन्य वडाका लाभग्राहीलाई पनि बैङ्कमार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण गर्नेगरी तयारी थालिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा आगामी मङ्सिरमा सामाजिक सुरक्षा भत्ताको दोश्रो चौमासिक निकासा हुँदैछ ।

गाउँपालिकाको गत भदौ ११ गतेको कार्यपालिका बैठकले चालु आर्थिक वर्षको दोश्रो चौमासिकदेखि बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेको थियो । सामाजिक सुरक्षा भत्तामा पारदर्शी, चुहावटरहित र व्यवस्थित बनाउन नेपाल सरकारको नीतिअनुसार आर्थिक वर्ष २०७३/०७४ देखि नै बैङ्कमार्फत वितरण गर्ने पहल गरिए पनि अधिकांश स्थानीय तहमा कार्यान्वयन हुन सकेको छैन ।

दश स्थानीय तह रहेको जिल्लामा कर्मचारीमार्फत लाभग्राहीको घरघरमा पुगेर वितरण गरिँदै आएको सामाजिक सुरक्षा भत्तामा अनियमितता हुने गरेको पाइएको छ । पछिल्लो समय साकेला गाउँपालिका–४ मात्तिममा वडाध्यक्ष कृष्णप्रसाद भट्टराईकै मिलेमतोमा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता भएको पाइएको हो । 

वडाध्यक्ष भट्टराईको मिलेमतोमा लामो समयदेखि सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको पाएपछि गाउँपालिकाले छानविन शुरु गरेको छ । गाउँपालिका उपप्रमुख सरिता खड्काको संयोजकत्वमा समिति गठन गरेर छानविन शुरु गरिएको हो । 

सामाजिक सुरक्षा भत्ता वितरणमा भएको अनियमिततामा संलग्न जोकोहिलाई कारवाहीको दायरामा ल्याउने गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो । “मृत्यु भइसकेका व्यक्तिको नाममा, एउटै व्यक्तिको नाम दोहोर्याएर, एउटै नागरिकता नम्बर देखाएर र एउटै जन्म मिति उल्लेख गरेर सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको पाइयो”, उहाँले भन्नुभयो, “आगामी दिनमा यस्तो अनियमितता हुन नदिन दावी विरोधका लागि १५ दिने सूचना जारी गरिएको छ ।” 

गाउँपालिकाले आफ्नो आधिकारिक वेबसाइटमार्फत पाँच वटै वडाका सामाजिक सुरक्षा भत्ता पाउने एक हजर २१४ व्यक्तिको नामावली सार्वजनिक गरेको छ । दावी विरोधका लागि वडा नम्बर–१ बाँझेच्यानडाँडाका ३५५ जना, वडा नम्बर–२ रतन्छाका २९८ जना, वडा नम्बर–३ खिदिमाका १२७ जना, वडा नम्बर–४ मात्तिमका २५९ जना र वडा नम्बर–५ मात्तिमका १७५ जनाको नामावली सार्वजनिक गरिएको गाउँपालिकाका पञ्जिकरण शाखा प्रमुख डिल्लीमान राईले बताउनुभयो ।

यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा सामाजिक सुरक्षा भत्ताको रकम अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सामाजिक सुरक्षा भत्ता वितरणको नाममा लाखौँ रकम दुरुपयोग हुँदै आएको स्रोतको दाबी छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने