2026-10-23 09:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भोजपुरमा रङ्गशाला निर्माण जारी

असोज १९, भोजपुर । प्रदेश नं १ सरकारको प्राथमिकतामा रहेको भोजपुर रङ्गशाला निर्माणको काम ४० प्रतिशत सम्पन्न भएको छ । वर्षात् तथा लकडाउनमा समेत निरन्तरता दिएकाले कामले गति लिएको हो । सदरमुकाम नजिकै रहेको कोदारमा शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको रु १४ करोड पाँच लाख लागतमा गत मङ्सिर महिनाबाट रङ्गशालाको निर्माण शुरु भएको हो । विसं २०८० सम्म निर्माण अवधि भए पनि सरकारले समयमा बजेट दिएमा सम्झौताअघि नै काम सम्पन्न गर्ने निर्माण कम्पनी रायामाझी, मार्सेली जेभीले जिकिर गरेको छ ।

मार्सेली निर्माण कम्पनीका प्रमुख श्याम श्रेष्ठले भन्नुभयो, “लकडाउनमा चार महिना हामीले काम गर्न पाएनाँै, त्यसपछि हामीले तीव्रगतिमा सञ्चालन गरिरहेका छौँ । सरकारले समयमा बजेट पठाउन सक्यो भने चालू आर्थिक वर्षको असार महिनासम्म निर्माण पूरा गर्छौँ ।”

हालसम्म कार्यालय भवन, फाउण्डेशन लगाउनेलगायत स्ट्रक्चरको काम ६० प्रतिशत बढी सकिएको छ भने प्यारापिट, बनाउने, रिटेनिङवाल लगाउनेलगायतका काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । तेइस रोपनी क्षेत्रमा निर्माण भइरहेको रङ्गशालामा पाँच हजार मानिस अट्न सक्ने गरी सात प्यारापिट निर्माण हुने कार्यालयले जनाएको छ ।  शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाले समेत अनुगमन गर्दै आएको छ । यो विषम परिस्थितिमा पनि कामको प्रगति राम्रो पाइएको कार्यालयले जनाएको छ ।

शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाका प्रमुख मिलन आचर्यले भन्नुभयो, “निर्माणस्थलमा भइरहेको काम हेर्दा तीव्रगतिमा गुणस्तरीय ढङ्गबाट भइरहेको छ । निर्माण कम्पनीले समयमा बजेटको व्यवस्था भएमा तोकिएको अवधिभन्दा अगाडि नै काम सक्छु भनेका छन्, तर कोभिडका कारण बजेट पठाउन केही समस्या देखिएको छ, यद्यपि सरकारले यस्ता काम बजेटको कारण अलपत्र बनाउँदैन ।”

अनुगमनको क्रममा ४० प्रतिशत बढी काम सकिएको पाइएको उहाँले बताउनुभयो । कोभिडका कारण  निर्माण कम्पनीलाई हालसम्म कुनै पनि भुक्तानी दिन नसकेको समेत जानकारी दिनुभयो । “उहाँले काम निरन्तर गरिरहनुभएको छ, कोभिडका कारण हामीले हालसम्म कुनै पनि भुक्तानी दिएका छैनाँै, तर पनि उहाँले काम निरन्तर गरिरहनुभएको छ, यो खुशीको कुरा हो, हामी पनि समय अगाडि नै सक्नका लागि उहाँलाई बजेट दिनेमा सकारात्मक छौँ”, प्रमुख आचार्यले भन्नुभयो ।

 कामलाई गुणस्तरिय बनाउनका लागि इञ्जीनियरहरुले नियमितरूपमा अनुगमन तथा जाँचसमेत गर्दै आएका छन् । निर्माणमा प्रयोग भएका सामग्री मापदण्डअनुसारको रहेको शहरी विकास तथा भवन निर्माण कार्यालयका इञ्जीनियर रजनिशकुमार झाले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कार्यालयको तर्फबाट नियमित अनुगमन गरिरहेका छौँ, निर्माणकार्य गुणस्तरीय तवरबाट तोकिएको मापदण्डअनुसार नै भएको छ, कामको गुणस्तरमा कुनै प्रश्न गर्ने ठाउँ छैन ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने