८ चैत्र २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

इलामको विकट क्षेत्रमा सौर्यबत्ती जडान

२१ आश्विन २०७७, बुधबार ०४:५३

असोज २१, मङ्गलबारे । केन्द्रीय प्रसारण नपुगेको इलामको सूर्योदय नगरपालिकाको गेवाटारमा सौर्यबत्ती जडान गरिएको छ । सूर्योदय नगरपालिका–१३ खानेभन्जाड टोलको पुच्छार बस्ती गेवाटारमा नगरपालिकाले स्थानीयको लगानीबिना नै सौर्यबत्ती जडान गरेको हो ।

सौर्यबत्ती जडान भएपछि सो गाउँ साँझमा झिलीमिली भएको भन्दै स्थानीयवासी खुशी भएका छन् । नगरप्रमुख रणबहादुर राईले विकट मानिएको सो क्षेत्रमा बत्ती जडान भएपछि आफूलाई समेत खुशी मिलेको बताउनुभयो । अन्धकार गाउँमा हाल उज्यालोको प्रवेश भएको छ । गाउँ नै झिलीमिलीमा परिणत भएपछि त्यहाँका बासिन्दा हर्षित भएका छन् । विद्युतीकरणका लागि निकै अप्ठ्यारो र टाढा भएकाले त्यस ठाउँमा केन्द्रीय प्रसारणको विद्युत् विस्तार हुनसकेको थिएन । विद्युत् विस्तार नभएकाले त्यहाँका ११ घरले टुकीको भरमा रात कटाउँदै आएका थिए ।

विद्यार्थीसमेत रातमा मट्टितेल लगाएको टुकीकै भरमा अध्ययन गर्न बाध्य थिए । अब भने धेरै सहज भएको भन्दै विद्यार्थीसमेत खुशी भएका छन् । बत्ती नहुँदा इन्टरनेटसमेत नभएका कारण सो क्षेत्रका बासिन्दाले समस्या भोग्दै आएका थिए । मोबाइल भए पनि चार्ज गर्न नपाएपछि चलाउन नपाएको सो क्षेत्रका बासिन्दाको भनाइ छ । अब भने मोबाइल चलाउन पाइने भन्दै सो क्षेत्रका युवायुवतीसमेत खुशी भएका छन्् । युवायुवती, बालबालिकादेखि वृद्धवृद्धाले समेत खुशी मनाएका छन् ।

यतिञ्जेलसम्म बत्ती बाल्न नपाएका स्थानीयवासीले आफ्नो लगानीबिना नै बत्ती बलेको भन्दै खुशी व्यक्त गरेका हुन् । नगरपालिकाले समेत सो क्षेत्रका बासिन्दाको दैनिकको दुखेसो र गुनासो बढेपछि सौर्यबत्ती जडान गरेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकमा लोड भएको मार्बलले च्याप्दा एक मजदुरको मृत्यु, एक घाइते आज रातिदेखि आइतबार साँझसम्म मौसम खराब हुने सम्भावना भारतबाट फर्केपछि मन्त्री राणा- सरकारको सिस्टम नै परिवर्तन हुनेजस्तो आशय मैले देखिनँ चन्द्रागिरिको सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर आगलागीका घटनाबाट ६ जनाको मृत्यु, ३८ परिवार विस्थापित चोरीका २७१ वटा मोबाइल, ९ ट्याब र १५ ल्यापटपसहित ७ जना पाकेटमार पक्राउ एक्सले हाल्यो भारत सरकारविरुद्ध मुद्दा धनुषामा प्रहरीकाे हवाई फायर दस जनाले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार उच्च अदालत परिसरमा रविलाई प्रश्न, तपाईं राजावादी हो, रास्वापा लाइन के हो? कैलालीको जंगलमा अनुमति बिनै १०० भन्दा बढी विदेशी नागरिकको बसोबास, प्रशासनको २४ घण्टे अल्टिमेटम विश्वकप छनोट: कोलम्बियालाई हराउँदै ब्राजिल दोस्रो स्थानमा काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रविले गराए उच्चमा निवेदन दर्ता मुलुक गम्भीर अवस्थामा छ, क्रान्तिका लागि तयार बनौं : रवि लामिछाने पर्सामा प्रहरीबाटै कुटिए वडाध्यक्ष एकै विद्यालयका ८ जना जुम्ल्याहा एसईई दिँदै युट्युब भिडिओ हेरेर एक युवकले आफ्नै पेटको शल्यक्रिया गरेपछि… बेलायतको सबैभन्दा ठूलो विमानस्थल २४ घण्टाका लागि बन्द ०८४ सम्म प्रधानमन्त्री बन्ने दौडमा छैन : प्रचण्ड इजरायलविरुद्ध हमासको जवाफी आक्रमण, तेल अभिभमा ३ मिसाइल प्रहार