साउन १४, ललितपुर । बज्रबाराही नगरपालिकाभित्र कर लगाउने विषयमा आज वृहत छलफल गरिएको छ । 

नगरपालिकाद्वारा आयोजित उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, नागरिक वडामञ्चका संयोजक एवम् सदस्य, बुद्धिजीवी, पत्रकार, कर्मचारी, नगरवासीलगायतक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, ललितपुर । बज्रबाराही नगरपालिकाभित्र कर लगाउने विषयमा आज वृहत छलफल गरिएको छ । 

नगरपालिकाद्वारा आयोजित उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, नागरिक वडामञ्चका संयोजक एवम् सदस्य, बुद्धिजीवी, पत्रकार, कर्मचारी, नगरवासीलगायतक"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नगरपालिकाभित्र कर लगाउने विषयमा छलफल

१४ श्रावण २०७३, शुक्रबार १०:३७

साउन १४, ललितपुर । बज्रबाराही नगरपालिकाभित्र कर लगाउने विषयमा आज वृहत छलफल गरिएको छ । 

नगरपालिकाद्वारा आयोजित उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, नागरिक वडामञ्चका संयोजक एवम् सदस्य, बुद्धिजीवी, पत्रकार, कर्मचारी, नगरवासीलगायतको उपस्थिति रहेको कार्यकारी अधिकृत टेकराज पन्थीले बताए । 

साविक गाविसवाट नगरपालिका भएको अवस्थामा एकीकृत वा घरजग्गा कर लगाउने नियम छ । छलफलमा भाग लिएका नगरवासी मदन महर्जनले नगरले लगाउने करको दायराका कारण आफ्नो घर भए पनि कोठामा बसेको जस्तो भएको चिन्ता व्यक्त गरे । 

सरकारले घोषणा गरेको नगरपालिकामध्ये कान्छो नगरपालिकाको रुपमा रहेका नगरवासीले साविक गाविसमा लगाउने कर बाहेक अन्य तिर्न नसक्ने गुनासो राखेका थिए । 

नगरपालिकामा कर तिर्दै गर्दा नगरले तोकेका मापदण्ड अनुरुप संरचना हुनुपर्नेमा महर्जनको माग थियो । यहाँ रहेका जग्गाको मूल्याङ्कन एउटै हुँदा नगरवासी मर्कामा परेको उहाँको भनाइ रहेको थियो । 

यसैगरी अर्का नगरवासी राजेन्द्र सिलवालले नगरले प्रदान गर्ने सेवा सुविधा पाउन सके मात्र कर तिर्न सकिने उल्लेख गर्नुभयो । “कर नतिरे नगरको विकास हुन सक्दैन,”– उनले भने । 

यस्तै नगरवासी निलबहादुर देशारले जनतालाई मर्का नपर्ने गरी कर निर्धारण गरिनुपर्नेमा जोड दिए । आफ्नो आम्दानीको आधारमा कर तिर्न पाउनुपर्नेमा उनको माग थियो । 

यसैगरी राम डङ्गोलले नगरवासीको चाहना अनुरुप कर निर्धारण गरिनुपर्नेमा जोड दिनुभयो । यहाँको भौगोलिक तथा वैज्ञानिक आधारमा मात्र करको दायरा निर्धारण गरिनुपर्नेमा उनको जोड थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव