2026-09-19 01:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निर्माण व्यवसायी भागेपछि श्रमिकको बिचल्ली

असोज २२, खोटाङ । सडक ढलानको काम गरेको पैसा नदिइ निर्माण व्यवसायी फरार भएपछि श्रमिकहरु आक्रोशित बनेका छन् । भर्खरै सम्पन्न खोटाङको दिक्तेल बजारस्थित रत्नपार्कको किराँतचोक–सिचाईँ गेटसम्मको सडक ढलानको काममा खटिएका श्रमिकको पैसा नदिई निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि श्रमिकहरु आक्रोशित बनेका हुन् ।

गत भदौ २८ गते सडक ढलानको काम सकेपछि ‘विमान राई’ भनिने निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि रासनबाहेक काम गरेको एकै पैसा पनि आफूहरुले नपाएको श्रमिक सुक्छिरी शेर्पाले बताउनुभयो । शेर्पाका अनुसार रु तीन लाख ९५ हजार ३५० रकम पाउनुपर्नेबारे निर्माण व्यवसायी विमान र श्रमिकबीच हिसाब भएको थियो । 

सडक ढलानको काम सकेपछि पैसा लिन दिक्तेलमा बोलाएको तर, पेटी ठेकेदार भागेको श्रमिकहरुले बताएका छन् । आफूहरुले काम गरेको पैसा नपाएपछि पैसा दिलाइ दिन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र प्रहरीसम्म पुगे पनि उनीहरुले समेत बेवास्ता गरेको श्रमिकहरुको गुनासो छ । 

आफूहरुले पाउने पैसा दिलाइ दिन दुई पटक नगरपालिका पुगेर समस्या राख्दा नगर उपप्रमुखले वकिलसँग कुरा गर्नु भन्दै टारेको शेर्पाले बताउनुभयो । दिक्तेलस्थित सामुदायिक प्रहरी सेवा केन्द्र पुग्दा पनि प्रहरीले समेत पैसा लेनदेनको कारोवार हेर्दैनौँ भन्दै अदालत जान भनेर फर्काइ दिएको उनीहरुको गुनासो छ । 

आफूबाट कन्ट्र्याकमा काम लिएका विमानले रु सात लाख ७० हजार बराबरको काम गरेको र आफूले सबै रकम भुक्तानी दिइसकेको अर्का निर्माण व्यवसायी लोकेन्द्र राईले बताउनुभयो । “श्रमिकले पैसा नपाएको भन्ने मैले पनि सुनेको छु”, उहाँले भन्नुभयो, “विमानजी मसँग नि सम्पर्कमा छैन । सम्पर्क गर्दा उनको फोन अफ पाइएको छ ।”

किराँतचोकदेखि सिचाईँगेटसम्मको सडक ढलान दिव्य ज्योति आरडी रुजन जेभीले ठेक्का पारेकामा राईमार्फत कन्ट्र्याकमा लिएर विमानले काम गरेका थिए । अहिले काम लगाउने निर्माण व्यवसायी भागेपछि १९ जनाभन्दा बढी श्रमिक दिक्तेल बजारमै अलपत्र परेका छन् । 

लामो समयसम्म कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल बजारको सडक यस वर्ष तीन खण्डमा विभाजन गरेर ढलाको काम गरिएको थियो । शहरी विकास तथा भवन निर्माण विभाग विराटनगरको क्रमागत योजनाअन्तर्गत करिब रु १५ करोड रकम लागतमा सम्पन्न हुने दिक्तेल बजारको सडक ढलानका लागि यस वर्ष रु पाँच करोड बजेट थियो । 

मध्यपहाडी लोकमार्गले छोएको दिक्तेल बजार ढिलै भए पनि ढलान हुन थालेपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् । हप्ताको दुई पटक बुधबार र शनिबार हटियासमेत लाग्ने दिक्तेलबजारको सडकमा अहिले हिउँदको समयमा धुलो र बर्सातको समयमा हिलोका कारण समस्या हुने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई