नन्दराम जैशी | साउन १६, जुम्ला | साना जलविधुत् उपभोत्ता समिति जुम्लाद्धारा आर्थिक पा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | साउन १६, जुम्ला | साना जलविधुत् उपभोत्ता समिति जुम्लाद्धारा आर्थिक पा"/>
२० मंसिर २०८२, शुक्रबार
अर्थ/विकास

जलविधुत् उपभोत्ता समितिले आर्थिक हिनामिना गरेको उपभोत्ताहरुको आरोप

१६ श्रावण २०७३, आईतवार ०४:०२

नन्दराम जैशी | साउन १६, जुम्ला | साना जलविधुत् उपभोत्ता समिति जुम्लाद्धारा आर्थिक पारर्दशिता कायम नभएको भन्दै आर्थिक हिनामिना भएको विधुत् उपभोत्ताहरुको आरोप छ । समितिले सार्बजानिक गरेको प्रतिबेदन अनुसार भए गरेका हरेक गतिविधिमा समितिका पदाधिकारीले आर्थिक पारर्दशिता कायम नगरेको उपभोत्ताहरुले बताएका छन् । साना जलविधुत् उपभोत्ता समिति जुम्लाको शनिबारदेखि जिल्लामा जारी दोस्रो साधारण सभामा सहभागि विधुत् उपभोत्ताहरुले आफ्नो भनाइमा यस्तो तर्क गरेका हुन् ।      

समितिले हरेक बर्ष गर्नुपर्ने साधारण सभा नगरेको, समयमै सार्बजानिक सुनुवाइ र सामाजिक लेखा परीक्षण लगाएतका महत्वपुर्ण कार्यमा आर्थिक पारर्दशिता कायम नभएको भन्दै समितिले आर्थिक हिनामिना गरेको उपभोत्ताहरुको भनाइ छ । समितिले उपभोत्ताबाट समयमै विधुत् महसुल लिने र यदि समयमै विधुत् महसुल नतिरेमा हर्जना लिने तर जनताको मागका आधारमा विधुत् सप्लाइ नभएको उपभोत्ताहरुको भनाइ छ । उपभोत्ता चेतन बहादुर रावलले भन्नुभयो, समितिले सेवा घटाउदै लोडसेडिङ बढाएको छ, तर उपभोत्ताले समयमै महशुल नतिरे हर्जना तोकिन्छ, यो सरासर उपभोत्ता ठग्ने र आर्थिक घोटला गर्ने काम हो ।

उपभोत्ता प्रयागदत्त उपाध्यायले भन्नुभयो, विधुत्को क्षमता विकास र सेवा विस्तारका लागि बाराम्बार डेलिकेशन गर्ने र संभाब्यता अध्ययन गर्ने कार्य भएका छन् । तर काम शुन्य भएको छैन, त्यसैमा लाखौ रकम खर्च भएको छ कसरी समितिले आर्थिक पारदर्शिता देखाउछ । जयराज भारतिले समितिले कर्मचारी बाहेक अन्य ब्यक्तिलाइ पेश्की दिएको र बार्षिक साधारणसभा गर्न नसकेकोमा आप्पति जनाउनु भयो । देवि बहादुर सेजुवालले विधुत्को क्षमता विकास र सेवा विस्तारका लागि आफै डेलिकेशनमा संलग्न भएपनि डेलिकेशनमा भएको खर्चको बिवरण आफैलाइ चित्त नबुझेकोमा टिप्पणी गर्नुभयो ।

हरी बहादुर खत्रिले समितिले सार्बजानिक गरेको आर्थिक प्रतिबेदनमा आम्दानि र पेश्की रकमलाइ खर्चमा उल्लेख गरीएकोमा टिप्पणी गर्दै प्रतिबेदनमा अडिटरको पारीश्रमिक उल्लेख नभएकोमा ध्यानाकर्षण गराउनुभयो । गोर्ख बहादुर पँछाइले जुम्ला सदरमुकामलाइ आपुर्ति गर्न नसकिने विधुत्ले ६ नं प्रदेशको राजधानि जुम्ला बनाउछँु भन्ने कल्पना गर्न नहुने बताउनुभयो । हरी बहादुर डाँगिले आर्थिक पारदर्शिता नगर्ने समिति भष्ट रहेको उल्लख गर्नुभयो । सभामा बोल्ने अधिकांस उपभोत्ताहरुले साना जलविधुत् उपभोत्ता समितिले काम भन्दा उपभोत्ताबाट संकलन गरीएको रकम खर्च गर्ने क्रिायाकलाप बढि गरेको धारणा राखेका थिए । समितिले गरेका सबै ठुला काम र खर्चक बिल सार्बजानिक गर्न उपभोक्ताहरुको अनुरोध छ ।  


शनिबारदेखि जारी साधारण सभामा समितिका कोषाअध्यक्ष तिलक खत्रिले आर्थिक बर्ष २०६९ देखि ०७३ सम्मको आय ब्यय विवरणको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको छ । जसमा गत आर्थिक बर्ष २०७२÷०७३ को कुल जम्मा आम्दानि रकम १ करोड २२ लाख ५४ हजार ३ सय ३६ रुपैया रहेको बताइएको छ । कुल जम्मा आम्दानि रकममा ८० लाख ७८ हजार ५ सय ३५ रुपैया खर्च भएको आर्थिक प्रतिबेदनमा उल्लेख गरीएको छ ।

भने बाँकि ३५ लाख ११ हजार ९ सय २२ रुपैया बैंक मौज्दात रहेको जनाइएको छ ।  साधारण सभामा पुर्व सांसद देविलाल थापाको प्रमुख आतिथ्यता तथा समितिका अध्यक्ष बिष्णु बहादुर बुढ्थापाको अध्यक्षतामा संचालन भएको हो । साधारण सभाबाटै समितिको नँया कार्य समिति पनि चयन हुने भएकाले छलफल लम्भीएको हो । निर्माणब्यवसायि संघ जुम्लाको हलमा संचालन भएको साधारणसभामा हिजो साँझसम्म पनि छलफल नसकिएपछि आजका लागि पुन बोलाइएको छ । आज बिहान १० बजेपछि उद्योग बाणिज्य संघको सभाहलमा छलफलका लागि सबैलाइ अनिवार्य उपस्थीत हुन साना जलविधुत् उपभोत्ता समिति जुम्लाले आग्रह गरेको छ ।      

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान