९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्वदेशमै रोजगारी: ६ लाख ६७ हजारले भने ”बेरोजगार छु मलाई काम दिनुस्’ के गर्दैछ सरकार ?

२७ कार्तिक २०७७, बिहीबार ०९:४६

कात्तिक २७, काठमाडौं । नेपालभित्रै रोजगारीको माग गर्दै ६ लाख भन्दा बढी युवाले आवेदन दिएका छन् ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि  हालसम्म ६ लाख ६७ हजारले निवेदन दिएको मन्त्रालयले जनाएको छ । 

हाम्रो सम्मान परियोजनासँगको सहकार्यमा बुधबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको ‘नेपालमा वैदेशिक रोजगारीका अवसर’ विषयक भर्चुअल कार्यक्रममा बोल्दै श्रम मन्त्रालयका सहसचिव एंव प्रधानमन्त्री रोजगार कार्यक्रमका निर्देशक सुमन घिमिरेले उक्त जानकारी दिएका हुन् । 

‘आज ६ लाख ६७ हजार म बेरोजगार छु मलाई काम दिनुस् भन्नेहरुको तथ्यांक रोजगार सूचना व्यवस्थापन प्रणालीमा राखिएको छ । अब कोसँग के सीप छ । कसलाई कस्तो रोजगारीको आवश्यकता छ सोअनुसार रोजगारी उपलब्ध गराउन अन्तर मन्त्रालय तथा सम्बन्धीत सरोकारवालाहरुसँग समन्वय गरिरहेका छौँ, कार्यक्रममार्फत उनले भने, ‘वनमन्त्रालयसँग मिलेर २५ हजारलाई तालिम दिने गरी छलफल गरिहरेका छौँ ।’

‘हजारौँ बेरोजगार मध्ये विपन्न बेरोजगारलाई मात्रै रोजगारी ग्यारेन्टी गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइयो । म यो निवेदन गर्न चाहान्छु सामाजिक संरक्षणका उदेश्यले मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइएको हो । सरकारका ठूलादेखि साना सम्म भए भरका प्रोजेक्टका कार्यक्रम खारेज गरेर आजबाट प्रधानमन्त्री रोजार कार्यक्रम लागू भयो है भनेर सुरु गरेको होइन जस्तो लाग्छ,’ उनले भने । 

आन्तरिक रोजगारीको कुरालाई रोजगारमुलक सेवासुविधाहरु सबै नागरिकहरुलाई प्रवाह गर्नुपर्यो भन्ने उदेश्यका साथ रोजगार सेवाको अवधारणा ल्याइ  रोजगार सेवाकेन्द्र ७५३ वटै स्थानीय तहमा विस्तार गरिएको उनको भनाई थियो । सोही रोजगार सेवा केन्द्रमार्फत न्युनतम रोजगारीसम्म पनि नपाएर मर्नु न बाँच्नुको अबस्थासम्म पुगेकाहरुलाई न्यूनतम १०० दिनको रोजगारी ग्यारेन्टी गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइएको उनले जिकीर गरे ।

‘३ वर्षमा यो आन्तरिक रोजगारीको पाटो रोजगारमूलक सेवासुविधालाई एकिकृत सेवाप्रवाह गर्ने माध्यम द्वारा रोजगार सेवा केन्द्र द्वारा सेवा प्रवाहलाई प्रभावकारी बनाउने भन्ने कुरा जनमानसमा हामीले बुझाउन सकेनौँ । त्यसको मार विशुद्ध सामाजिक संरक्षण गर्ने उदेश्यले ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रममा पर्न गयो,’ उनले थपे । उनले सरकारले आन्तरिक रोजगारीलाई व्यवस्थित बनाउन लागिरहेको बताउँदै भारतमा जाने नेपाली श्रमिकहरको तथ्यांक राख्ने कुरामा पनि जोड दिईरहेको उल्लेख गरे । 

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उत्पादनशील बनाउन जोड दिइरहेको समेत उनले जिकीर गरे । त्यस्तै विदेशबाट फर्किएका श्रमिकहरुको सीप प्रमाणीकरण तथा सहुलियतपूण कर्जा प्रवाहमार्फत उनीहरुलाई स्वरोजगार बनाउन सरकारले जोड दिएको उनको भनाई थियो । त्यस्तै विदेशबाट फर्किएका १० हजार युवालाई पुर्नएकीकरण गर्ने कार्यक्रम समेत रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै