२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्वदेशमै रोजगारी: ६ लाख ६७ हजारले भने ”बेरोजगार छु मलाई काम दिनुस्’ के गर्दैछ सरकार ?

२०७७, २७ कार्तिक बिहीबार ०९:४६

कात्तिक २७, काठमाडौं । नेपालभित्रै रोजगारीको माग गर्दै ६ लाख भन्दा बढी युवाले आवेदन दिएका छन् ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि  हालसम्म ६ लाख ६७ हजारले निवेदन दिएको मन्त्रालयले जनाएको छ । 

हाम्रो सम्मान परियोजनासँगको सहकार्यमा बुधबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको ‘नेपालमा वैदेशिक रोजगारीका अवसर’ विषयक भर्चुअल कार्यक्रममा बोल्दै श्रम मन्त्रालयका सहसचिव एंव प्रधानमन्त्री रोजगार कार्यक्रमका निर्देशक सुमन घिमिरेले उक्त जानकारी दिएका हुन् । 

‘आज ६ लाख ६७ हजार म बेरोजगार छु मलाई काम दिनुस् भन्नेहरुको तथ्यांक रोजगार सूचना व्यवस्थापन प्रणालीमा राखिएको छ । अब कोसँग के सीप छ । कसलाई कस्तो रोजगारीको आवश्यकता छ सोअनुसार रोजगारी उपलब्ध गराउन अन्तर मन्त्रालय तथा सम्बन्धीत सरोकारवालाहरुसँग समन्वय गरिरहेका छौँ, कार्यक्रममार्फत उनले भने, ‘वनमन्त्रालयसँग मिलेर २५ हजारलाई तालिम दिने गरी छलफल गरिहरेका छौँ ।’

‘हजारौँ बेरोजगार मध्ये विपन्न बेरोजगारलाई मात्रै रोजगारी ग्यारेन्टी गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइयो । म यो निवेदन गर्न चाहान्छु सामाजिक संरक्षणका उदेश्यले मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइएको हो । सरकारका ठूलादेखि साना सम्म भए भरका प्रोजेक्टका कार्यक्रम खारेज गरेर आजबाट प्रधानमन्त्री रोजार कार्यक्रम लागू भयो है भनेर सुरु गरेको होइन जस्तो लाग्छ,’ उनले भने । 

आन्तरिक रोजगारीको कुरालाई रोजगारमुलक सेवासुविधाहरु सबै नागरिकहरुलाई प्रवाह गर्नुपर्यो भन्ने उदेश्यका साथ रोजगार सेवाको अवधारणा ल्याइ  रोजगार सेवाकेन्द्र ७५३ वटै स्थानीय तहमा विस्तार गरिएको उनको भनाई थियो । सोही रोजगार सेवा केन्द्रमार्फत न्युनतम रोजगारीसम्म पनि नपाएर मर्नु न बाँच्नुको अबस्थासम्म पुगेकाहरुलाई न्यूनतम १०० दिनको रोजगारी ग्यारेन्टी गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइएको उनले जिकीर गरे ।

‘३ वर्षमा यो आन्तरिक रोजगारीको पाटो रोजगारमूलक सेवासुविधालाई एकिकृत सेवाप्रवाह गर्ने माध्यम द्वारा रोजगार सेवा केन्द्र द्वारा सेवा प्रवाहलाई प्रभावकारी बनाउने भन्ने कुरा जनमानसमा हामीले बुझाउन सकेनौँ । त्यसको मार विशुद्ध सामाजिक संरक्षण गर्ने उदेश्यले ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रममा पर्न गयो,’ उनले थपे । उनले सरकारले आन्तरिक रोजगारीलाई व्यवस्थित बनाउन लागिरहेको बताउँदै भारतमा जाने नेपाली श्रमिकहरको तथ्यांक राख्ने कुरामा पनि जोड दिईरहेको उल्लेख गरे । 

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उत्पादनशील बनाउन जोड दिइरहेको समेत उनले जिकीर गरे । त्यस्तै विदेशबाट फर्किएका श्रमिकहरुको सीप प्रमाणीकरण तथा सहुलियतपूण कर्जा प्रवाहमार्फत उनीहरुलाई स्वरोजगार बनाउन सरकारले जोड दिएको उनको भनाई थियो । त्यस्तै विदेशबाट फर्किएका १० हजार युवालाई पुर्नएकीकरण गर्ने कार्यक्रम समेत रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा