राम नारायण पंडित । साउन १६, सिरहा । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सिरहाको भवानीपुर सडक ग्राभेल र सोलार बत्तिको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित । साउन १६, सिरहा । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सिरहाको भवानीपुर सडक ग्राभेल र सोलार बत्तिको"/>
२९ पुष २०८२, मंगलवार
अर्थ/विकास

सिरहामा कमिसनको चक्करमा बजेट निकासा भएन

१६ श्रावण २०७३, आईतवार १४:०३

राम नारायण पंडित । साउन १६, सिरहा । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सिरहाको भवानीपुर सडक ग्राभेल र सोलार बत्तिको काम सम्पन भएपनि निकासा नपाएको  क्षेत्र नंम्वर  ४ को सांसद रामचन्द्र यादवले बताएका छन् । आज (आइतवार) आफ्नै निवास सिरहाको धनगढीमा पत्रकार सम्मेलन गरी सांसद यादवले सन्तनगर भवानीपुरको तीन किलोमिटर सडक ग्राभेलको काम र क्षेत्रका विभिन्न स्थानमा सोलरबत्ति जडान गर्न सवै सामाग्री आएको भएपनि भुक्तानी नदिएको बताए ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत अन्य कामको भुक्तानी पाइएको भएपनि ३० लाखको कामको भुक्तानी नआएको बताए । कमिसनको कारण आफ्नो कामको भुक्तानी रोकेको यादवले आरोप लगाए । यादवले आफ्नो क्षेत्रमा भएको सवै कामको जिल्ला प्रमुख अधिकारी विजय नारायण मानन्धर, स्थानिय विकास अधिकारी टुवराज पोखरेललाई प्रत्यक्ष रुपमा निरीक्षण गराएको बताए । काम सम्पन्न भएदेखि नै जिल्ला विकास कार्यालयलाई मूल्याङ्कनको लागि अनुरोध गर्दा समेत  कमिसनकै कारण मूल्याङ्कन नगरिदिएको समेत यादवले आरोप लगाए । अघिल्लो बर्ष जिल्ला विकास मार्फत जडान गरिएको सोलार बत्ति तीन महिना पनि नचलेपछि यस पटक उपभोक्ता समिति मार्फत काम गराउन लागेको बताए । समितिमा विपक्षीहरुले मुद्दा हालेर विघटन गरेपछि सोलार वतिको सवै सामान खरिद भईसकेको छ । सभासद यादवले आफ्नै अमानतमा सामान खरिद गरेको भएपनि जिल्ला विकास समितिका कर्मचारी योजना अधिकृत डिभिजन इन्जिनियर राजकुमार गोइतले बदमासी गरेको बताउनु भयो । 

यता, स्थानीय विकास अधिकारी टुवराज पोखरेलले सभासदजीको क्षेत्रमा केही काम विवादीत भएको छ, त्यसको पनि मूल्याङ्कन समयमै नआएकोले उहाँको बजेट फ्रिज भएको बताए । आफूहरुले उहाँको क्षेत्रमा अनुगमन गरेको काम राम्रो भएपनि विवादित काम हेर्न नपाएको बताउनु भयो । उहाँले काम गर्नु भएको भएपनि अव त्यसको बजेट निकासा हुने नहुने सम्वन्धमा आफूले पनि बुझ्नु पर्ने बताउनु भयो । त्यस्तै, डिभिजन इन्जिनियर राजकुमार गोइतले समितिबाट कामको योजना पास भएको हो, काम पनि भएको छ, त्यसलाई अव नयाँ बजेटबाटै भएपनि मिलाउनु पर्ने बताउनु भयो । गोइतले नयाँ बजेटबाट भएपनि प्रकृया पुर्याएर भएको कामको भुक्तानी दिनु पर्ने बताउनु भयो । कुनै व्यक्तिको प्रभाव र कमिसनको खेलोका कारण आफूलाई अप्ठेरोमा पारेको सभासद यादवले आरोप लगाए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव