साउन १७, पर्वत । निरन्तरको वर्षाका कारण फलेवासमा रहेको नहर भत्किँदा खेत बाँझै रहेको छ । 

असार पहिलो साता भत्किएको नहर केही दिन अगाडि मर्मतपछि सञ्चालन गरिए पनि गत मङ्गलबार रातिको वर्षाले फेरि पहिरो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, पर्वत । निरन्तरको वर्षाका कारण फलेवासमा रहेको नहर भत्किँदा खेत बाँझै रहेको छ । 

असार पहिलो साता भत्किएको नहर केही दिन अगाडि मर्मतपछि सञ्चालन गरिए पनि गत मङ्गलबार रातिको वर्षाले फेरि पहिरो"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नहर भत्किँदा खेत बाँझै

२०७३, १७ श्रावण सोमबार ०८:३७

साउन १७, पर्वत । निरन्तरको वर्षाका कारण फलेवासमा रहेको नहर भत्किँदा खेत बाँझै रहेको छ । 

असार पहिलो साता भत्किएको नहर केही दिन अगाडि मर्मतपछि सञ्चालन गरिए पनि गत मङ्गलबार रातिको वर्षाले फेरि पहिरो जाँदा पुनः भत्किएको छ । नहरको मुहान क्षेत्रमा पर्ने शङ्करपोखरी–९ स्थित कपासेमा पहिरोले २५ मिटरभन्दा बढी भाग भत्किएको फलेवास सिँचाइ उपभोक्ता समितिका सचिव किशोर रेग्मीले जानकारी दिनुभयो । 

पहिरोले कुलो भत्किएपछि कृषक मारमा परेका छन् । उक्त क्षेत्रमा रोपाइँ हुन सकेको छैन । तत्काल मर्मत गरेर पानी सञ्चालन गर्ने सम्भावना नभएकाले सयौँ रोपनी खेत बाँझै रहेको छ । पटक पटक नहर भत्किँदा किसानले पूरै खेत रोप्न पाएका छैनन् । 

उक्त नहरको पानीले खानीगाउँको करिब एक सय हेक्टर, देवीस्थानको २४३ र मुडिकुवाको १६० हेक्टर खेतमा सिँचाइ गरिँदै आएको थियो । सो नहरको भरमा रोपाइँ हुने उक्त क्षेत्रमा पाँच प्रतिशत खेत बाँझै रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो । यस्तै राम्जादेउराली गाविसस्थित जहरे नहर भत्किँदा करिब ३५० घरधुरी प्रभावित भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना