2026-06-20 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरकारले माग्यो ८ जना अनुसन्धानकर्ता,दरखास्त दिन आह्वान

2020-11-23

मंसिर ८, काठमाडौँ | सरकारको नीति अनुसन्धान प्रतिष्ठान सानो गौचरन काठमाडौंले विभिन्न विषय समूहका अनुसन्धानकर्ता र सहअनुसन्धानकर्ताको लागि दरखास्त आह्वान गरेको छ | यसअघि कात्तिक १ गते दरखास्त आह्वान गरे पनि पर्याप्त दरखास्त नपरेपछि आज पुन: दरखास्त आह्वान गरेको हो |

मंसिर २९ गतेभित्र दरखास्त बुझाउनुपर्ने भनिएको छ | ‘गत कात्तिक १ मा दरखास्त आह्वान गरेकोमा पर्याप्त दरखास्त नआएकोले सो विज्ञापन रद्द गरी छनोटका संशोधित आधारहरू र नयाँ दरखास्त फारमका साथ पुन: दरखास्तको आह्वान गरिएको छ,’ प्रतिष्ठानले आज निकालेको सूचनामा भनिएको छ |

विकास, पूर्वाधार तथा आर्थिक मामिला, शासकीय प्रवन्ध तथा सार्वजनिक सेवा प्रवाह, राजनीतिक र सामाजिक मामिला, राष्ट्रिय हित, परराष्ट्र नीति तथा सामरिक मामला, विज्ञान, प्रविधि तथा वातावरण, सूचना तथा ज्ञान व्यवस्थापनमा एकेक जना अनुसन्धानकर्ता मागेको छ |

यस्तै विकास पूर्वाधार तथा आर्थिक मामला र शासकीय प्रवन्ध तथा सार्वजनिक सेवा प्रवाहमा एकेक जना सहअनुसन्धानकर्ता गरी कूल ८ पदमा दरखास्त आह्वान भएको छ | न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तह उत्तीर्ण र वाञ्छनीय शैक्षिक योग्यतामा विद्यावारिधि उपाधि प्राप्त भनिएको छ |

परीक्षा दिन एक हजार शुल्क लाग्ने बताएको छ | दरखास्त [email protected] मा पनि पठाउन सकिने प्रतिष्ठानले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ