२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अमेरिकी सपना त्यागेर पशुपालनमा तनमन

२०७७, ८ मंसिर सोमबार ०५:३८

मंसिर ८, बाग्लुङ | सँगैका दौँतरी जापान, अमेरिका र युरोपमा छन् । उनलाई पनि अमेरिकाको भूत नचढेको होइन । सरकारी जागिरे बाबु । धन साथमा नभए पनि ऋण सबैले पत्याउँथे । बागलुङ नगरपालिका–३ का गणेश शर्मालाई पनि अमेरिकाको भूत चढ्यो र लागे अमेरिकाको यात्रामा तर दलालमार्फत अमेरिका हिँडेका उनी नत अमेरिका पुगे नत ऋणधन गरेको पैसानै जोगियो । एक महिना लामो परिवारको सम्पर्क बाहिर बसेर रु २० लाख सकियो तर अमेरिका पुगेनन् |

एक वर्षको राजाधानी बसाइलाई टुङ्गो लगाएर गाउँ फर्केका गणेशले अहिले भाडाको जग्गामा भविष्य खोज्दै छन् । बागलुङ नगरपालिका–३ हाडेपाखामा उनका बाबु शिवप्रसाद शर्माले गर्दै आएको परम्परागत पशुपालन व्यवसाय थियो । व्यापारका लागि होइन घरमा दूधघ्युको खाँचो टार्न बाबुले पालेका गाईभैँसीको सङ्ख्या गणेशले बढाएका छन् ।

अमेरिकाको सपना चकनाचुर भएपछि आफ्नै माटोमा सुन्दर भविष्य खोज्न थाल्नुभएका गणेशको कामका लागि परिवारको राम्रो साथ छ । हाडेपाखामा सात वटा भैँसी र तीन वटा दुधालु गाई भएको फार्म छ । ‘शिव शक्ति गाईभैँसी फार्म’ नाम दिइएको उनको फार्ममा बाबु शिवप्रसाद शर्मा, उनी आफैँ, आमा गीता र श्रीमती उषा उत्तिकै खटिन्छन् । विदेश जाने धुनमा लागेको जत्तिको लगानी पनि उहाँलाई फार्मका लागि लगाउनुपरेको छैन । रु १५ लाख  लगानीमा शुरु भएको उनको फार्मले अहिले दिनमा रु छदेखि सात हजार कमाउँछ । “लिमे जातको स्थानीय भैँसी र मुर्रा भैँसीको क्रस पालेका छौँ”, गणेश भन्छन्, “उन्नत जातका गाई पनि सँगै छन्, राम्रो आम्दानी हुँदोरहेछ ।” 

आफ्ना बाबुले पहिलेदेखि गर्दै आएको व्यवसाय सम्हाल्न सकेको भए आफू विदेशको लहडमा लाग्नु नपर्ने उनले बल्ल बुझेको बताए । “बाबाले विसं २०६७ बाट नै भैँसी पाल्न थाल्नुभएको थियो, मेरो मन अमेरिकामा थियो, बाटोमा दुःख पाएपछि बल्ल चेत आयो”, शर्माले भन्नुभयो, “कृषि विकास बैंकको जागिरे जीवन सकेर भैँसी पाल्नुभएका बाबालाई सघाएको भए धेरै माथि पुगिन्थ्यो ।”

उनको फार्ममा अहिले दैनिक ६० देखि ७० लिटर दूध उत्पादन हुन्छ । बागलुङ बजारको छेवैमा रहेकाले दूधको लागि बजारको समस्या छैन । “साँझ–बिहान भाँडा बोकेर ग्राहक गोठमा नै आउँछन्”, उनले भने, “शुद्ध दूध खोज्ने धेरै छन् ।” मानाको मापनमा बिक्री हुने दूध प्रतिमाना रु ६० बिक्री हुने गरेको छ । गणेशले गाईभैँसीको पालनलाई थप व्यावसायिक र उत्पादनमुखी बनाउने योजना सुनाउनुभयो । “पच्चीस वटा भैँसी पुर्याउने लक्ष्य छ, रु २० लाख थप लगानी गर्ने हो”, उनले भने, “लगानीमा यसो सघाउने निकाय पाए सहज हुन्थ्यो ।” 

हाडेपाखामा वार्षिक रु ५० हजार भाडामा लिइएको चार रोपनी जग्गामा उनको फार्म छ । गोठ बनाएर बाँकी रहेको जग्गामा परिवारले तरकारी खेतीसमेत गर्दै आएको छ । “दूधको मात्रै आम्दानी हेरेर बसेर पुग्दैन, तरकारी फलाएर मुनाफा लिनुपर्ने छ”, उनले भने । घाँसका लागि पुख्र्यौली पाखो र केही जग्गा भाडामा लिइएको छ । बर्खामा घाँस काट्नका लागि ज्यालादारीका मजदुरलाई लगाउँछन् । हिउँदमा भने लाखौँ खर्चेर परालको जोहो गर्ने गरेको उनले सुनाए ।

“अब परिवारमा मात्रै होइन थप रोजगारी सिर्जना हुने गरी फार्म विस्तार गर्दैछु”, उनले भने, “उत्पादन बढेपछि मुनाफा बढ्नेमा ढुक्क छु ।” विदेशको लहडमा लागेको ऋणसमेत दूध बेचेर चुक्ता गर्ने योजना रहेको उनले सुनाए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु