साउन १७, पाल्पा । वर्षाले ग्रामीण सडक अवरुद्ध हुँदा पूर्वी पाल्पाका किसानलाई तरकारी ढुवानी गर्न समस्या भएको छ । 

लगातारको वर्षाले ठाउँठाउँमा पहिरो खस्दा बाटो भत्किएर सडक अवरुद्ध भएका उत्पादित कृषि उपज बजारसम्म पु¥याउन सकिएको छैन । जिल्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, पाल्पा । वर्षाले ग्रामीण सडक अवरुद्ध हुँदा पूर्वी पाल्पाका किसानलाई तरकारी ढुवानी गर्न समस्या भएको छ । 

लगातारको वर्षाले ठाउँठाउँमा पहिरो खस्दा बाटो भत्किएर सडक अवरुद्ध भएका उत्पादित कृषि उपज बजारसम्म पु¥याउन सकिएको छैन । जिल्ल"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

किसानलाई तरकारी ढुवानी गर्न समस्या

२०७३, १७ श्रावण सोमबार १०:२५

साउन १७, पाल्पा । वर्षाले ग्रामीण सडक अवरुद्ध हुँदा पूर्वी पाल्पाका किसानलाई तरकारी ढुवानी गर्न समस्या भएको छ । 

लगातारको वर्षाले ठाउँठाउँमा पहिरो खस्दा बाटो भत्किएर सडक अवरुद्ध भएका उत्पादित कृषि उपज बजारसम्म पु¥याउन सकिएको छैन । जिल्लाका पूर्वी भेगका बाकामलाङ, सहलकोट, गाडाकोट, मित्याल, झिरुवास, गल्धा, सिलुवा, गेझा, तनहुँको गजरकोट, स्याङजाको चापाकोट, सेखाम, साँखरका किसानले उत्पादन गरेका तरकारी, गेडागुडी, फलफूल बजारसम्म पु¥याउन सकिएको छैन । 

पछिल्लो समय तरकारीबाटै आत्मनिर्भर वनेका यस क्षेत्रका किसान वर्षाका कारण सामान बिक्री गर्न नपाउँदा समस्यामा परेका छन् । तरकारी उत्पादनको पकेट क्षेत्र मानिएको सहलकोट भाङबारीका ५० जना व्यावसायिक किसानले रामपुरको बेझाड बजारमा तरकारी ढुवानी गर्न नसक्दा त्यत्तिकै खेर गएको अगुवा कृषक हीराबहादुर रानाले बताउनुभयो । 

“गत महिना तरकारी बेचेर रु एक लाख बराबरको आम्दानी गरेको थिएँ, अहिले तरकारी नै बेच्न पाइएन,” उहाँले भन्नुभयो । उहाँले अहिले १० रोपनी जग्गामा गोलभेँडा, खुर्सानी, सिमी जातका तरकारी लगाउनुभएको छ । यस क्षेत्रमा मात्रै दैनिकजसो तीन क्विन्टलभन्दा बढी तरकारी उत्पादन हुने गरेको नमुना कृषि समूहका अध्यक्ष यमबहादुर मश्राङ्गीले बताउनुभयो । 

त्यस्तै गजरकोट तनहुँका किसानले पनि बाटोकै कारण रामपुरको बजारमा तरकारी पु¥याउन नसक्दा घरमै कुहिएको छ । बाटोकै कारणले ग्रामीण सडक सञ्चालन नहुँदा प्रत्यक्ष रुपमा किसान मारमा परेको कृषि सेवा केन्द्र रामपुरका प्रमुख नवराज घिमिरेले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना