२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेरोजगारलाई रोजगारी दिन ३ अर्ब बजेट निकासा, कुन स्थानीय तहलाई कति ? (सूचीसहित)

२०७७, १५ मंसिर सोमबार ०७:४९

मङ्सिर १५, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विपन्न बेरोजगार युवाहरुलाई रोजगारी दिनको लागि हालसम्म ६ अर्ब ८९ करोड रुपैयाँ स्थानीय तहलाई निकासा गरेको छ । 

चालु आर्थिक वर्ष २०७७/०७८ मा २ लाखलाई रोजगारी दिन ११ अर्ब ६० करोड बजेट विनियोजन गरिएकोमा अब बाँकी ३ अर्ब ४४ करोड ७० लाख अनुदान रकम स्थानीय तहको मागको आधारमा पुनः बाँडफाँट गरी पठाइने प्रधानमन्त्री रोजगार कार्यक्रमका निर्देशक सुमन घिमिरेले जानकारी दिए । 

६ अर्ब ८९ करोड रुपैयाँ निकासा भएकोमा पहिलो चरणमा गत २०७७ जेठ १५ गते ३ अर्ब ८९ करोड रुपैयाँ विनियोजन गरी स्थानीय तहमा पठाइसकेको निर्देशक घिमिरेले बताए । मन्त्रालयले दोश्रो चरणमा ३ अर्ब रुपैयाँ स्थानीय तहलाई निकासा गरेको उनले बताए । उक्त रकमबाट ५६९ स्थानीय तहले ५८ हजार २७ जनालाई १०० दिनको रोजगारी दिनेछन्  ।

श्रम मन्त्रालयले दुई चरणमा स्थानीय तहलाई निकासा गरेको रकमले १ लाख ३३ हजार ३ सय २७ जानले रोजगारी पाउनेछन् । त्यसैगरी बजेट विनियोजन गरेको स्थानीय तहले सामूदायिक निर्माण आयोजना तथा मर्मत कार्यमा संलग्न भई रोजगारी प्राप्त गर्नेछन् । जसबाट श्रमिकले प्रति दिन ५१७ रुपैयाँको दरले ज्याला पाउनेछन् ।

चालु आवको असोजसम्ममा मन्त्रालयमा ६ लाख ८२ हजार १ सय १५ जना बरोजगारहरूको सूचिमा सूचिकृत भइसकेका छन् । सुचिकृत भएका मध्ये विपन्न वर्गले मात्रै रोजगारी पाउने हिसाबले स्थानीय तहबाट पहिचान गरी रोजगारी दिइरहेको मन्त्रालयले जनाएको छ ।

७० प्रतिशत ज्यालामा भुक्तानी हुनुपर्ने

बेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यका साथ अगाडि बढाइएको प्रधानमन्त्री रोजगार कार्यक्रममा अधिकांश खर्च श्रमिकको ज्याला भुक्तानी गर्नुपर्ने हुन्छ । श्रमिकको ज्याला भुक्तानीमा न्यूनतम ७० प्रतिशत हुनुपर्ने कार्यविधिमा तोकिएको छ ।

त्यसैगरी, निर्माण सामाग्री खरिदमा अधिकतम २५ प्रतिशत, कामका लागि आवश्यक हाते औजार खरिदमा अधिकतम ३ प्रतिशत, श्रमिकका लागि कार्यस्थल सुरक्षा सामाग्री खरिदमा अधिकतम २ प्रतिशत र कन्टिन्जेन्सी खर्च अधिकतम १ प्रतिशत हुनुपर्ने मन्त्रालयको कार्यविधिमा उल्लेख  छ ।

कुन–स्थानीय तहमा कति पाउँछन् रोजगारी ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै