साउन १७, पर्वत | जिल्लामा स्थानिय तहको संरचना तथा सीमना निर्धारण आयोगले ६ वटा स्थानिय तहको संरचनाको प्रस्ताब गरेपछि  मगर समुदायले आफ्नो छुट्टै गाउँपालिका बनाउन माग गर्दै जिल्ला विकास समितिमा ज्ञापन पत्र बुझाएका छन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, पर्वत | जिल्लामा स्थानिय तहको संरचना तथा सीमना निर्धारण आयोगले ६ वटा स्थानिय तहको संरचनाको प्रस्ताब गरेपछि  मगर समुदायले आफ्नो छुट्टै गाउँपालिका बनाउन माग गर्दै जिल्ला विकास समितिमा ज्ञापन पत्र बुझाएका छन् ।

२०८२, ३० माघ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

करवाकेली गाउँपालिका बनाउन मगर समुदायको माग

२०७३, १७ श्रावण सोमबार १५:०३

साउन १७, पर्वत | जिल्लामा स्थानिय तहको संरचना तथा सीमना निर्धारण आयोगले ६ वटा स्थानिय तहको संरचनाको प्रस्ताब गरेपछि  मगर समुदायले आफ्नो छुट्टै गाउँपालिका बनाउन माग गर्दै जिल्ला विकास समितिमा ज्ञापन पत्र बुझाएका छन् ।

जिल्लाका सात गाविस बाँसखर्कm लेखफाँट, शालिजा, धाइरिङ, बनौं, क्याङ र देउराली गाविसका मगर समुदाय भएका वडाहरुलाई समेटी करवाकेली गाउँपालिका बनाउन माग गर्दै उनीहरुले जिल्ला विकास समितिको कार्यालयमा ध्यानकार्षण गरेका हुन । उक्त गाविसमा रहेका राजनीतिक दल, बुद्धिजिवी तथा सरोकारवाला निकायहरुसँग छलफल गरी करवाकेली नगरपालिका बनाउनको लागि आफुहरुले माग गरेको नेपाल मगर संघ पर्वतकी अध्यक्ष खममाया पुन फगामीको हस्ताक्षेरीत विज्ञप्तीमा उल्लेख छ । करवाकेली गाउँपालिकाको लागि बाँसखर्क, क्याङ र बनौका सवै वडाहरु, लेखफाँटका ४,७, ८ र ९ वडा, शालिजाका २, ३, ५, ६, ७, ८ र ९, धाइरिङको वडा नं ६ र देउराली गाविसका १, २, ३, ४ र ५ वडाहरुलाई समायोजन गरी गाउँपालिका बनाउन माग गरेका हुन । उक्त गाउँपालिका निर्माण गर्नको लागि तथा संरचनाको फेरबदल गर्नको निम्ती सोमबहादुर फगामी पुनको संयोजकत्वमा २७ सदस्यीय संघर्ष समिति समेत गठन गरेको छ । सहसंयोजकमा नरसिंह पुन रहेका छन् भने सदस्यहरुमा बलबहादुर पुन, भिमबहादुर पुर्जा, हम बहादुर फगामी, धन बहादुर पुन, सिमा पुसन, खममाया पुन, होम बहादुर पुर्जा, नर बहादुर पुन रहेका छन् । त्यसैगरी ठक बहादुर पुन, रामबहादुर पुन , युबराज पुन, याम बहादुर पुर्जा, बलबहादुर पुर्जा,  चक्रबहादुर फगामी, मनबहादुर पुन, ओमबहादुर रोका,  युवराज पुन, जिवन फगामी, पदम बहादुर पुन, भक्त बहादुर पुन, कुलबहादुर पुन, गौ बहादुर पुन छन् ।  सोमबहादुर फगामी पुनले  मगर समुदायहरुलाई समेटेर छुट्टै गाउँपालिका बनाउँदा मगर समुदायका धर्म, साँस्कृति, परम्परा तथा रितिरिवाजको प्रर्वद्धन  गर्न सहज हुने बताए । उनले आफुहरुले तयार पारेको गाउँपालिकाको केन्द्रको लागि क्याङको ठूली देउरालीलाई बनाउने र आयोगको नियमअनुसार नै हुने पुनको तर्क छ । स्थानिय निकायको तह संरचना तयार भएपछि  हाल पाइरहेका सेवासुविधा अझ सहज रुपमा पाउने र सक्षम स्थानीय तह हुनुपर्ने आवश्यकताबीच सन्तुलन कायम गरी स्थानीय तहको हुनेमा आफुहरु विश्वस्त रहेको उनीहरुको तर्क छ । आयोगले जनसंख्या वितरण, क्षेत्रफल, जिल्लाको प्रकृति, जिल्ला समन्वय समितिको संरचना र र विद्यमान स्थानीय निकायको संख्याको अनुपातलाई आधार मानेर स्थानीय तह निर्धारण गर्नुपर्ने उल्लेख गरेको छ ।

एउटा गाउँपालिका हुन २५ हजार तथा नगरपालिका हुन ३५ हजार जनसङ्ख्या हुनुपर्ने आयोगले प्रारम्भिक प्रस्ताव छ । आयोगले तोकेको मापदण्ड अनुसार गाउँपालिका वा नगरपालिकाका प्रत्येक वडामा यथाशक्य बराबर जनसङ्ख्या रहने गरी नाक्साङ्कन बनाउने तोकेको छ ।  नेपालको संविधानको  धारा २९५ को उपधारा ३ अनुसार गत वर्ष चैत १ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेशको सीमाङ्कनसम्बन्धी विषयमा सुझाव दिन ‘सङ्घीय आयोगको गठन’ गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि