प्रेम सुनार/साउन १८, गुल्मी । गुल्मी जिल्लाका सरकारी कार्यालयहमा  गत आर्थिक वर्षमा १० करोड भन्दा बढि रकम  राज्य कोष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/साउन १८, गुल्मी । गुल्मी जिल्लाका सरकारी कार्यालयहमा  गत आर्थिक वर्षमा १० करोड भन्दा बढि रकम  राज्य कोष"/>
२०८२, १६ चैत्र सोमबार
अर्थ/विकास

गुल्मीमा १० करोड फ्रिज, राजश्वमा भने बृद्धि

२०७३, १८ श्रावण मंगलवार ०९:३८

प्रेम सुनार/साउन १८, गुल्मी । गुल्मी जिल्लाका सरकारी कार्यालयहमा  गत आर्थिक वर्षमा १० करोड भन्दा बढि रकम  राज्य कोषमा फिर्ता भएको छ ।  कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक तथा सुचना अधिकृत दधिराम मरासीनीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७२०७३ मा पुँजगत तर्फ १० करोड ९४ लाख  ९८ हजार ३ हजार ४ सय ३ रुपैयाँ फ्रिज  भएको छ ।

त्यस्तै तलव भक्ता लगायतमा खर्च हुने चालु तर्फ ११ करोड १८ लाख ३१ हजार ३ सय ३ रुपैयाँ पनि राज्य कोषमा फिर्ता  जाने भएको छ  । यसबाट चालु तर्फ ९६.०३ प्रतिशत खर्च भएको देखिन्छ । त्यस्तै पुँजीगत तर्फ ९०.५७ प्रतिशत खर्च भएको पाईएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजश्व संकलनमा भने गुल्मीमा अघिल्लो वर्षको तुलनामा बृद्धि भएको छ । कोष नियन्त्रक मरासीनीका अनुसार आर्थिक वर्ष २०७१ ÷० ७२ मा  ११ करोड ९६ लाख ९६ हजार २ सय ६४ राजश्व संकलन भएको थियो । तर आर्थिक वर्ष २०७२÷०७३ मा झण्डै ४ करोड भन्दा बढि रकम राजश्व बृद्धि भएको छ ।

गत आर्थिक वर्षमा कुल १६ करोड  १३ लाख ८ हजार ३ सय ४६ रुपैयाँ राजश्व संकलन भएको कोष नियन्त्रक मरासीनीले जानकारी दिए ।  संस्था दर्ता लगायतको कर अशुलमा बृद्धि  भएको र रेसुङ्गा नगरपालिकाका कारण पनि राजश्व संकलनमा लक्ष्य भन्दा बढि प्रगती भएको मरासीनीको ठहर छ ।

त्यस्तै रेसुङ्गा नगरपालिकामा गत आर्थिक वर्षमा आन्तरिक तफै ३४ लाख र मालपोत रजिष्टेशनबाट ४६ लाख राजश्व बृद्धि भएको त्यस नगरपालिकाका कार्यकारी अधिकृत वावुराम पल्लीले जानकारी दिए । सो कार्यालयका  लेखापाल राजेन्द्र रेग्मीका अनुसार आर्थिक वर्ष २०७१÷०७२  मा आन्तरिक तर्फ २६ लाख र मालपोत रजिष्टेशनबाट ४८ लाख राजश्व संकलन भएको थियो ।

कार्यकारी अधिकृत पल्लीका अनुसार रेसुङ्गा नगरपालिकाका लागि गत आर्थिक वर्षमा चाल् खर्चको ४१ लाख  रुपैयाँ शतप्रतिशत खर्च गर्न सो कार्यालय सफल भएको छ ।  पुँजीगत तर्फ २ करा्ड ८४ लाख ६० हजार पनि शतप्रतिशत खर्च गर्न सफल भएको छ ।

सडकवोर्ड कार्यक्रमको ३ लाख ६० हजार रुपैयाँ पनि पुरै खर्च भएको छ । सामाजिक परिचालनका लाखि परेको ३४ लाख ६६ हजार     मध्ये ३२ लाख २० हजार मात्रै खर्च भएको र २ लाख २६ हजार राज्यकोषमा फिर्ता जाने भएको कार्यकारी अधिकृत पल्लीले बताए  । लागत सहभागिता कार्यक्रमको ८७ लाख ४३ हजार पनि पुरै खर्च भएको पल्लीले जानकारी दिए ।

२०७१ साल बैशाख २५ गते नगरपालिकाको दैनिक कार्य सञ्चालन भए पनि हाल सम्म वडानागरिक मञ्च गठन हुन नसकेको प्रति कार्यकारी अधिकृत पल्लीले दुख व्यक्त गरे । उनले पटक पटक गठनकाृ प्रयास गरिए पनि सफल हुन नसकेको गुनासो गर्दै पल्लीले यस प्रति सवै राजनैतिक दलहरुको ध्यानकृष्ट गराए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना