साउन १८, पर्बत | धार्मिक तथा पर्यटकीय महत्वको पर्वतको गुप्तेश्वर गुफाको भौतिक संरचना निर्माणले तीव्रता पाएको छ । जनसमुदायस्तरबाट भौतिक संरचना निर्माणमा आफ्नो गच्छे अनुसार आर्थिक सहयोग भएको छ भने नेपाली सेनाले समेत सहयोग पुराएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १८, पर्बत | धार्मिक तथा पर्यटकीय महत्वको पर्वतको गुप्तेश्वर गुफाको भौतिक संरचना निर्माणले तीव्रता पाएको छ । जनसमुदायस्तरबाट भौतिक संरचना निर्माणमा आफ्नो गच्छे अनुसार आर्थिक सहयोग भएको छ भने नेपाली सेनाले समेत सहयोग पुराएको छ ।

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्बतस्थित गुप्तेश्वर गुफाको भौतिक संरचना निर्माणमा नेपाली सेनाको सहयोग

२०७३, १८ श्रावण मंगलवार ११:४१

साउन १८, पर्बत | धार्मिक तथा पर्यटकीय महत्वको पर्वतको गुप्तेश्वर गुफाको भौतिक संरचना निर्माणले तीव्रता पाएको छ । जनसमुदायस्तरबाट भौतिक संरचना निर्माणमा आफ्नो गच्छे अनुसार आर्थिक सहयोग भएको छ भने नेपाली सेनाले समेत सहयोग पुराएको छ ।

बन्दै गरेको नयाँ पक्की सत्तल निर्माणका लागि आवश्यक पर्ने ढुंगा, बालुवा, रड लगायत सामाग्री नेपाली सेनाका जवानहरुले गुफासम्म पुराई दिएर सहयोग गरेका हुन् । गत सोमबारदेखि रण दल गुल्मका गुल्मपति (मेजर) बालकृष्ण कार्कीको नेतृत्वमा सेनाले दैनिक दुई घण्टा गुफामा श्रमदान गर्दै आएको संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठले जानकारी गराएका छन् । सेनाका गुल्मपति कार्कीले आवश्यक परेमा कुनै पनि भौतिक संरचना सेनाकै सहयोगमा निर्माण गर्न समेत पछि नपर्ने भनी बताएको संस्थाका अध्यक्ष श्रेष्ठ बताउँछन् । सेनाले भौतिक निर्माणमा सहयोग गर्ने वचन दिएपछि व्यवस्थापन समितिलाई हौसला बढेको र धार्मिक कार्यमा उत्साह मिलेको निर्माण समितिका कोषाध्यक्ष शिव सुवेदीको भनाई छ । गुफा व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठका अनुसार गुफाको भौतिक संरचना निर्माणमा शुरुवातदेखि नै जिल्लामा कार्यरत नेपाली सेना, शसस्त्र प्रहरीले श्रमदान गर्दै आएका छन् ।

सदरमुकाम कुश्मा बजारदेखि करीव ५०० मीटर तल अवस्थित गुफाको भौतिक संरचना निर्माणमा ढुवानीको समस्या रहेको छ । गुफा पुग्न पक्की सिढीको व्यवस्था भए पनि यातायातको साधन पुग्ने मार्ग बन्न नसक्दा निर्माण सामाग्री पुराउन समस्या भएको हो । गुफामा नयाँ भौतिक संरचना अन्तर्गत नयाँ पक्की सत्तल निर्माण हुँदैछ । गुफा मुन्तिरको खोलाले निर्माण गरिसकेको भवनलाई हानि नपुराओस् भनी ग्यावीन भर्ने र तलैबाट पक्की भवनको संरचना बनाउने कार्य समेत हुँदै गरेको गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाका सदस्य प्रनिश गिरी बताउँछन् ।

ऐतिहासिक गुप्तेश्वर गुफामा भौतिक संरचना निर्माणले श्रद्धालु भक्तजनलाई बस्न र ध्यानसाधना गर्न सहजता मिलेको छ भने टाढाबाट आउने साधुसन्त, वृद्धवृद्धाहरुलाई समेत बस्न मिल्ने व्यवस्था मिलाउने लक्ष्य राखिएको संस्थाका पदाधिकारीको भनाई छ । गुफाको धार्मिक महत्वलाई थप नयाँ उचाई दिन निर्माण गरिदै गरेको दुई तले भवन माथि १०८ शिवलिंग र १०८ धारा राख्ने लक्ष्य लिएको अध्यक्ष श्रेष्ठले बताएका छन् । भौतिक संरचना निर्माणका लागि आर्थिक अभाव रहेकोले सवै भक्तजनहरुलाई सहयोग गरी पुण्यलाभ लिनु हुन संस्थाको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना