कमल पौडेल | साउन १८, बागलुङ | दगातुन्डाडा गाविसको आयोजनामा सर्वदलिय सर्वपक्षिय भेला सम्पन्न भएको छ। खर्वाङमा भएको भेलामा राज्य पुर्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल पौडेल | साउन १८, बागलुङ | दगातुन्डाडा गाविसको आयोजनामा सर्वदलिय सर्वपक्षिय भेला सम्पन्न भएको छ। खर्वाङमा भएको भेलामा राज्य पुर्न"/>
२७ पुष २०८२, आईतवार
अर्थ/विकास

खर्वाङ केन्द्र नभए प्रस्तावित गाउँपालिकामै नरहने रिघाको चेतावनी

१८ श्रावण २०७३, मंगलवार १५:५६

कमल पौडेल | साउन १८, बागलुङ | दगातुन्डाडा गाविसको आयोजनामा सर्वदलिय सर्वपक्षिय भेला सम्पन्न भएको छ। खर्वाङमा भएको भेलामा राज्य पुर्नसंरचना सुझाव आयोग ले स्थानिय तहको संरचना निर्माणमा सक्रिय भएपछि दगातुन्डाडालाई भावि गाउँ पालिका कस्तो वनाउन सकिन्छ? भन्ने विषयमा छलफल भएको थियो । 

भेलामा पछि निर्माण हुने गाउँ पालिकाको सन्दर्भ, तथा उपयोगीताको वारेमा छलफल गरिएको थियो । सो भेलाले दगातुन्डाडाको खर्वाङ ऐतिहासिक ठाउँ रहेको भन्दै आयोगले संरचना पठाएअनुसार खर्वाङ केन्द्र हुने गरि प्रक्रिया अगाडि वढाउन आग्रह गर्ने निर्णय गरेको छ। 

भेलाले खर्वाङमा विज्ञ सहितको आयोगले दिएको सुझाव अनुसार भौतिक संरचना जस्तै हल, कार्यलय संचालनको लागी सरकारी भवन, इलाका वन कार्यालय, इलाका हुलाक कार्यालय, पशुसेवा केन्द्र, कृषिसेवा केन्द्र, प्रहरी चौकी, सामुदायीक स्वास्थ्य केन्द्र, उच्च मावि, सडक सञ्जालले छोएको तथा मध्यपहाडि लोकमार्ग, वुटवल ढोरपाटन सडक, र खर्वाङ प्यूठान स्वर्गद्धारी सडकको नाका भएको, विद्युत तथा संचारको व्यावस्था रहेको, पर्याप्त सार्वजनिक स्थलहरु खेल मैदान, वसपार्क, शवदहन केन्द्र, पर्याप्त खानेपानीको व्यावस्था भएको, प्राकृतिक प्रकोप जोखिम नरहेको तथा प्रस्तावित आठै गा.वि.स. मा सिधा सडक संजालले छोएकोले गाउँपालिकाको केन्द्र उपयुक्त रहेको समेत ठहर गरेको छ। 

यसैविच जिल्ला स्तरीय आयोगले बागलुङ जिल्लालाई ६ ओटा गाउँपालिका र १ नगर पालिका वनाउने गरि एउटा प्रारुप सार्वजनिक गरेको छ। जस अन्तर्गत तयार गरिएको स्वरुपनै ठिक भएको दगातुन्डाडाले ठहर गरेको हो। जसअनुरुप जिल्लाको पाण्डवखानी, शिसाखानी, रिघा, दगातुन्डाडा, ग्वालीचौर, जलजला रणसिंहकिटेनी र भिमगिठे लाई खर्वाङ केन्द्र रहने गरि गाउँपालिकाको प्रस्ताव गरिएको छ। 

भेलामा दगातुन्डाडामा क्रियाशिल राजनैतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, वडा नागरिक मंचका संयोजक, विद्यालयका प्रधानाध्यापक, स्थानिय वुद्धिजिवि, संचारकर्मि, उद्योगी व्यापारी लगाएतको सहभागिता रहेको थियो । 

भेला गाविस अध्यक्ष एवं सचिव गिता पौडेलको अध्यक्षता तथा पशुसेवा केन्द्र खर्वाङका प्रमुख महेन्द्र राज पन्थीको संचालनमा सम्पन्न भएको थियो । 

यसै विच रिघा गाविसमा पनि सर्वदलिय तथा सर्व पक्षिय वैठक तथा भेला गाविस भवन ठूलोरिघामा सम्पन्न भएको छ। भेलाले अव वन्ने गाउँ पालिकामा राज्य पुर्नसंरचना सुझाव आयोगको प्रारम्भिक सुझाव अनुसारकै खर्वाङ केन्द्र हुने गरि गाउँपालिका निर्माणमा लाग्ने निर्णय गरेको छ। त्यस्तै भेलाले खर्वाङ केन्द्र नहुने भएमा गाउँपालिकावाटै सम्बन्ध विच्छेद गर्ने समेत निर्णय गरेको गाविस सचिव कर्म प्रसाद गौतमले जानकारी दिनुभएको छ। भेला गाविस अध्यक्ष तथा सचिव कर्म प्रसाद गौतमको अध्यक्षता एवं सहजीकरणमा सम्पन्न भएको थियो ।  

यस्तै शिसाखानी पनि दगातुन्डाडा संगै रहने भएको छ । भौगालिक रुपमा दगातुन्डाडा, रिघा र पाण्डवखानीको केहि क्षेत्र काटेर नयाँ वनेको गाविस भएको हुँदा सो गाविस संगै रहने भएको हो भने खर्वाङलाई केन्द्र वनाउदा उपयुक्त हुने शिसाखानीका गाविस अध्यक्ष एवं सचिव विर वहादुर थापाले वताउनु भएको छ । 

यसै विच जिल्ला पुर्नसंरचना प्राविधिक सुझाव समिति बागलुङको आयोजनामा वुधवार खर्वाङमा आठ गाविसको भेला समेत आयोजना गरिएको छ। भेलामा जिल्लाका पाण्डवखानी, शिसाखानी, रिघा, दगातुन्डाडा, ग्वालीचौर, जलजला रणसिंहकिटेनी र भिमगिठे गाविसका राजनैतिक दल, पूर्व गाविस पदाधिकारी तथा सरोकारवाला निकायहरुको सहभागिता रहने र नाम तथा केन्द्र को वारेमा सुझाव संकलन गर्ने समितिले जनाएको छ। 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला