साउन १९, खोटाङ | जिल्लामा स्थानीय तहको पुनःसंरचनाको खाका तयार पार्ने काम थालिएको छ । आगामी साउन २४ गतेभित्र स्थानीय तहको पुनःसंरचनाको खाकालाई टुङ्गो लगाउने गरी काम थालिएको हो । 

गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित क्षेत्र निर्माण, सिम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १९, खोटाङ | जिल्लामा स्थानीय तहको पुनःसंरचनाको खाका तयार पार्ने काम थालिएको छ । आगामी साउन २४ गतेभित्र स्थानीय तहको पुनःसंरचनाको खाकालाई टुङ्गो लगाउने गरी काम थालिएको हो । 

गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित क्षेत्र निर्माण, सिम"/>

२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङमा पुनःसंरचना खाका तयार गर्ने काम सुरु

१९ श्रावण २०७३, बुधबार ०२:३१

साउन १९, खोटाङ | जिल्लामा स्थानीय तहको पुनःसंरचनाको खाका तयार पार्ने काम थालिएको छ । आगामी साउन २४ गतेभित्र स्थानीय तहको पुनःसंरचनाको खाकालाई टुङ्गो लगाउने गरी काम थालिएको हो । 

गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित क्षेत्र निर्माण, सिमाना र सिमाना निर्धारणका आधार र मापदण्डका विषयमा सबैको साझा बुझाइ तथा धारणा सिर्जनाका लागि जिल्लास्तरीय गोष्ठी आयोजना गरेर काम सुरु गरिएको स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले बताउनुभयो । 

स्थानीय तहको पुनःसंरचनाको विषयमा राय/सुझाव सङ्कलन, खाका निर्माण र निर्माण गरिएका खाकालाई अन्तिम रुप दिनका लागि सोमबार उच्चस्तरीय समन्वय तथा सहजीकरण समूह, स्थानीय तहको खाका निर्माण समूह र स्थानीयस्तरको परामर्श सङ्कलन समूह गठन गरिएको छ । 

जिल्लामा दुईवटा नगरपालिका र सातवटा गाउँपालिका रहने प्रस्ताव गरिएको छ । स्थानीय तहको खाका निर्माण समूहले मङ्गलबारदेखि साउन २३ गतेसम्ममा स्थानीय तहको पुनःसंरचनाको खाका तयार पार्ने काम सुरु गरेको छ । 

स्थानीयस्तरको परामर्श सङ्कलन समूहले जिल्लाका १० ठाउँमा पुगेर गाउँपालिका र नगरपालिका निर्माणको विषयमा राय तथा सुझाव सङ्कलन गरेर ल्याउनेछन् । प्राप्त सुझावका आधारमा स्थानीय तहको खाका निर्माण समूहले तयार पारेको खाका र स्थानीयस्तरको परामर्श सङ्कलन समूहले सङ्कलन गरेर ल्याएको सुझावका आधारमा पुनः साउन २४ गते उच्चस्तरीय समन्वय तथा सहजीकरण समूहसहितको टोली बसेर जिल्लाको स्थानीय तहको खाकालाई टुङ्गो लगाइने पाण्डेले जानकारी दिनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार रोड्रिगेजको कडा जवाफः भेनेजुएला विदेशी नियन्त्रणमा छैन स्काभेटर र टिपरको बीचमा च्यापिएर मजदुरको मृत्यु कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा साउनयता नौ गैँडाको मृत्यु वीरगञ्जको जनजीवन सामान्य बन्दै चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो