साउन १९, खोटाङ | जिल्लामा स्थानीय तहको पुनःसंरचनाको खाका तयार पार्ने काम थालिएको छ । आगामी साउन २४ गतेभित्र स्थानीय तहको पुनःसंरचनाको खाकालाई टुङ्गो लगाउने गरी काम थालिएको हो । 

गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित क्षेत्र निर्माण, सिम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १९, खोटाङ | जिल्लामा स्थानीय तहको पुनःसंरचनाको खाका तयार पार्ने काम थालिएको छ । आगामी साउन २४ गतेभित्र स्थानीय तहको पुनःसंरचनाको खाकालाई टुङ्गो लगाउने गरी काम थालिएको हो । 

गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित क्षेत्र निर्माण, सिम"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङमा पुनःसंरचना खाका तयार गर्ने काम सुरु

२०७३, १९ श्रावण बुधबार ०२:३१

साउन १९, खोटाङ | जिल्लामा स्थानीय तहको पुनःसंरचनाको खाका तयार पार्ने काम थालिएको छ । आगामी साउन २४ गतेभित्र स्थानीय तहको पुनःसंरचनाको खाकालाई टुङ्गो लगाउने गरी काम थालिएको हो । 

गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित क्षेत्र निर्माण, सिमाना र सिमाना निर्धारणका आधार र मापदण्डका विषयमा सबैको साझा बुझाइ तथा धारणा सिर्जनाका लागि जिल्लास्तरीय गोष्ठी आयोजना गरेर काम सुरु गरिएको स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले बताउनुभयो । 

स्थानीय तहको पुनःसंरचनाको विषयमा राय/सुझाव सङ्कलन, खाका निर्माण र निर्माण गरिएका खाकालाई अन्तिम रुप दिनका लागि सोमबार उच्चस्तरीय समन्वय तथा सहजीकरण समूह, स्थानीय तहको खाका निर्माण समूह र स्थानीयस्तरको परामर्श सङ्कलन समूह गठन गरिएको छ । 

जिल्लामा दुईवटा नगरपालिका र सातवटा गाउँपालिका रहने प्रस्ताव गरिएको छ । स्थानीय तहको खाका निर्माण समूहले मङ्गलबारदेखि साउन २३ गतेसम्ममा स्थानीय तहको पुनःसंरचनाको खाका तयार पार्ने काम सुरु गरेको छ । 

स्थानीयस्तरको परामर्श सङ्कलन समूहले जिल्लाका १० ठाउँमा पुगेर गाउँपालिका र नगरपालिका निर्माणको विषयमा राय तथा सुझाव सङ्कलन गरेर ल्याउनेछन् । प्राप्त सुझावका आधारमा स्थानीय तहको खाका निर्माण समूहले तयार पारेको खाका र स्थानीयस्तरको परामर्श सङ्कलन समूहले सङ्कलन गरेर ल्याएको सुझावका आधारमा पुनः साउन २४ गते उच्चस्तरीय समन्वय तथा सहजीकरण समूहसहितको टोली बसेर जिल्लाको स्थानीय तहको खाकालाई टुङ्गो लगाइने पाण्डेले जानकारी दिनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना