2026-06-19 11:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

संसद विघटनको प्रभाव शेयरबजारमा : ९७ अंकले घट्यो नेप्से

2020-12-20

पुस ५, काठमाडौँ । आइतबार शेयर बजारमा संसद बिघटनको प्र्भाप परेको छ । साताको पहिलो दिन बजारको परिसूचक नेप्से करिब ९७ अंकले घटेर १९३५.६३ विन्दुमा झरेको  हो । त्यस्तै आज सेन्सेटिभ इण्डेक्स १६.३९ अंक, फ्लोट इण्डेक्स ५.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.३३ अंक घटेको छ ।

राजनैतिक अस्थिरता आउने डरले लगानीकर्ताहरुको मनोबल खस्किदा बजार नेगेटिभ प्रभाव देखिएको जानकारहरुको भनाइ छ । नेप्से ओरालो लागेपनि आज कारोबार रकम भने बढेको छ। १९८ कम्पनीको ७९ हजार ९८७ पटकको कारोबारमा ९ अर्ब ४ करोड ७९ लाख २७ हजार रुपैयाँको १ करोड ४५ लाख ९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। 

आइतबार ५ कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भए पनि आज युनाइटेड इदी मार्दीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। उक्त कम्पनीको शेयरमूल्य यस दिन २९ रुपैयाँ बढेर ३२५ रुपैयाँमा अन्तिम कारोबार भएको हो। त्यसैगरी, यस दिन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य ७.८१ प्रतिशत बढेको छ।

अपर तामाकोशी, सूर्योदय लघुवित्त, नेरुडे लघुवित्त, स्वाबलम्बन लघुवित्त र चिलिमे हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक १ अर्ब ७ करोड १९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। 

त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको ७९ करोड ३६ लाख रुपैयाँ र एनआईसी एशिया बैंकको ४७ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ