2026-06-20 02:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी श्रमिकको सात लाखको दुर्घटना बीमा हुने

पुस १३, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुने श्रमिकको सात लाख रुपैयाँको दुर्घटना बीमाको व्यवस्था गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार व्यवस्थापन सूचना प्रणाली (ईआईएमएस)मा सूचीकृत रोजगारीमा खटिने दुई लाख श्रमिकको सामूहिक कार्यस्थल बीमा गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच भएको सम्झौता अनुसार बीमाको व्यवस्था गरिएको हो । यो व्यवस्था अनुसार बीमाको अवधि गएको पुस १ देखि २०७८ सालको असार मसान्तसम्म हुने गरी सात महिनाको तोकिएको छ । यो बीचमा काममा खटाइएको एक सय दिनको अवधिको मात्र सामूहिक कार्यस्थल दुर्घटना बीमा गरिएको मन्त्रालयले जनाएको छ ।

रोजगार कार्यक्रमबाट रोजगारीमा खटिने श्रमिकको लागि बीमा कम्पनी लिमिटेडले छुट्टै ‘प्रधानमन्त्री रोजगार कार्यक्रम, श्रमिक सुरक्षा बिमालेख’ तयार गरेको छ । यसले सात लाख सम्मको मृतक दुर्घटना बीमा, दुर्घटनाजन्य कारणबाट उत्पन्न अपाङ्गता तथा अशक्तता बीमा र औषधि उपचार बीमा समेतलाई समावेश गरेको छ । यस बीचमा सम्झौताको प्रावधान अनुसार बीमितको बीमा रकमको भुक्तानीको लागि स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रले सहयोग गर्ने मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ