साउन १९, पाल्पा । प्रसिद्ध धार्मिक क्षेत्र रिडीको कालीगण्डकी नदीमा निर्माण हुन लागेको तीन मुखे झोलुङ्गे पुल अलपत्र अवस्थामा छ । 

पाल्पा, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको रिडीको कालीगण्डकी नदीमा तीन जिल्ला जोडिने तीनमुखे झोलु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १९, पाल्पा । प्रसिद्ध धार्मिक क्षेत्र रिडीको कालीगण्डकी नदीमा निर्माण हुन लागेको तीन मुखे झोलुङ्गे पुल अलपत्र अवस्थामा छ । 

पाल्पा, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको रिडीको कालीगण्डकी नदीमा तीन जिल्ला जोडिने तीनमुखे झोलु"/>

२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पुल निर्माणको काम अलपत्र

२०७३, १९ श्रावण बुधबार १०:४५

साउन १९, पाल्पा । प्रसिद्ध धार्मिक क्षेत्र रिडीको कालीगण्डकी नदीमा निर्माण हुन लागेको तीन मुखे झोलुङ्गे पुल अलपत्र अवस्थामा छ । 

पाल्पा, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको रिडीको कालीगण्डकी नदीमा तीन जिल्ला जोडिने तीनमुखे झोलुङ्गे पुल शिलान्यास भएको दुई वर्ष बितिसक्दा पनि काम सुरु हुन सकेको छैन् । 

विसं २०७१ असार १० गते नयाँ बाटो रुविना मना जेभी तनहुँसँग रु १४ करोड लागतमा ठेक्का सम्झौता भएको हो । पुलको हालसम्म कुनै पनि काम अघि बढ्न नसक्दा यस क्षेत्रका स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् । 

विसं २०७४ असार ९ गते सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको पुलको तत्कालीन नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेल र गुल्मीका सांसद चन्द्र भण्डारीले वैदिक विधिअनुसार पुल शिलन्यास गर्नुभएको थियो । 

पुल निर्माणका लागि स्थानीय रुरुवासी पटकपटक सम्बन्धित मन्त्रालय र मन्त्री कहाँ भेट गर्न गइसकेका छन् । तर पुल बन्ने आश्वासन मात्र पाएको बताउँछन् । 

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग सस्पेन्सन ब्रिज डिभिजन, डोलिडारअन्तर्गत काम गर्ने सम्झौता भएको जिल्ला प्राविधिक कार्यालय गुल्मीका इञ्जिनियर प्रकाश थापाले बताउनुभयो । 

यस क्षेत्रको तीन जिल्लाका धार्मिक र पर्यटकीय क्षेत्रलाई पहिचान गराउनका साथै स्थानीयवासीलाई सुविधाका लागि पुल बनाउन थालिएको हो । लामो समयसम्म पुलको काम नै सुरु नहुँदा स्थानीयवासी पुल बन्ने हो किन होइन भन्नेमा अलमलमा परेको स्थानीय परशुराम भट्टराईले बताउनुभयो । 

कम्पनीका ठेकेदार महेन्द्र अधिकारीले पुलको डिजाइन गर्न एक वर्ष लागेको बताउँदै नाकाबन्दीका कारण काम गर्न नसकिएको बताउनुभयो । आगामी असोजदेखि काम सुरु गरेर २०७५ साल असार मसान्तभित्र काम सम्पन्न गर्ने उहाँले बताउनुभयो । 

कालीगण्डकी र रिडी खोलाको सङ्गमस्थल रहेको रुरु क्षेत्रमा तीन जिल्ला जोड्ने नेपालकै नमुना झोलुङ्गे पुल निर्माण हुन लागेको हो । पाल्पा, गुल्मी र स्याङ्जा तीन तिरबाट १७७।४ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण गर्ने र मध्य भागमा तीनवटै पुललाई जोड्ने ४२ मिटरको अग्लो खम्बा राखी पुल निर्माण गर्ने डिजाइन गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि