साउन १९, पाल्पा । प्रसिद्ध धार्मिक क्षेत्र रिडीको कालीगण्डकी नदीमा निर्माण हुन लागेको तीन मुखे झोलुङ्गे पुल अलपत्र अवस्थामा छ । 

पाल्पा, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको रिडीको कालीगण्डकी नदीमा तीन जिल्ला जोडिने तीनमुखे झोलु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १९, पाल्पा । प्रसिद्ध धार्मिक क्षेत्र रिडीको कालीगण्डकी नदीमा निर्माण हुन लागेको तीन मुखे झोलुङ्गे पुल अलपत्र अवस्थामा छ । 

पाल्पा, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको रिडीको कालीगण्डकी नदीमा तीन जिल्ला जोडिने तीनमुखे झोलु"/>

२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पुल निर्माणको काम अलपत्र

१९ श्रावण २०७३, बुधबार १०:४५

साउन १९, पाल्पा । प्रसिद्ध धार्मिक क्षेत्र रिडीको कालीगण्डकी नदीमा निर्माण हुन लागेको तीन मुखे झोलुङ्गे पुल अलपत्र अवस्थामा छ । 

पाल्पा, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको रिडीको कालीगण्डकी नदीमा तीन जिल्ला जोडिने तीनमुखे झोलुङ्गे पुल शिलान्यास भएको दुई वर्ष बितिसक्दा पनि काम सुरु हुन सकेको छैन् । 

विसं २०७१ असार १० गते नयाँ बाटो रुविना मना जेभी तनहुँसँग रु १४ करोड लागतमा ठेक्का सम्झौता भएको हो । पुलको हालसम्म कुनै पनि काम अघि बढ्न नसक्दा यस क्षेत्रका स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् । 

विसं २०७४ असार ९ गते सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको पुलको तत्कालीन नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेल र गुल्मीका सांसद चन्द्र भण्डारीले वैदिक विधिअनुसार पुल शिलन्यास गर्नुभएको थियो । 

पुल निर्माणका लागि स्थानीय रुरुवासी पटकपटक सम्बन्धित मन्त्रालय र मन्त्री कहाँ भेट गर्न गइसकेका छन् । तर पुल बन्ने आश्वासन मात्र पाएको बताउँछन् । 

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग सस्पेन्सन ब्रिज डिभिजन, डोलिडारअन्तर्गत काम गर्ने सम्झौता भएको जिल्ला प्राविधिक कार्यालय गुल्मीका इञ्जिनियर प्रकाश थापाले बताउनुभयो । 

यस क्षेत्रको तीन जिल्लाका धार्मिक र पर्यटकीय क्षेत्रलाई पहिचान गराउनका साथै स्थानीयवासीलाई सुविधाका लागि पुल बनाउन थालिएको हो । लामो समयसम्म पुलको काम नै सुरु नहुँदा स्थानीयवासी पुल बन्ने हो किन होइन भन्नेमा अलमलमा परेको स्थानीय परशुराम भट्टराईले बताउनुभयो । 

कम्पनीका ठेकेदार महेन्द्र अधिकारीले पुलको डिजाइन गर्न एक वर्ष लागेको बताउँदै नाकाबन्दीका कारण काम गर्न नसकिएको बताउनुभयो । आगामी असोजदेखि काम सुरु गरेर २०७५ साल असार मसान्तभित्र काम सम्पन्न गर्ने उहाँले बताउनुभयो । 

कालीगण्डकी र रिडी खोलाको सङ्गमस्थल रहेको रुरु क्षेत्रमा तीन जिल्ला जोड्ने नेपालकै नमुना झोलुङ्गे पुल निर्माण हुन लागेको हो । पाल्पा, गुल्मी र स्याङ्जा तीन तिरबाट १७७।४ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण गर्ने र मध्य भागमा तीनवटै पुललाई जोड्ने ४२ मिटरको अग्लो खम्बा राखी पुल निर्माण गर्ने डिजाइन गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध