2026-06-20 03:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेलाबेलामा बत्ति किन जान्छ,के भन्छ विद्युत प्राधिकरण ?

2020-12-31

पुस १६, काठमाडौँ | पछिल्लो समय बेलाबेलामा बिजुली झ्याप्प-झ्याप्प जान थालेपछि उपभोक्ताहरुले फेरि लोडसेडिङ हुन् थालेको आशंका व्यक्त गरेका छन् | तर नेपाल विद्युत प्राधिकरणले भने लोडसेडिङ नहुने भन्दै उक्भोक्तालाई आश्वस्त पारेको छ |

बिहीबार प्राधिकरणका प्रवक्ता मदन तिम्सीनाले एक विज्ञप्ति जारी गर्दै अहिले लोडसेडिङ गर्नु पर्ने कुनै कारण नरहेको बताएका छन् | बत्ती जाने समस्या हुनुको कारण पुराना संरचनाको मर्मत सम्भार र कहिलेकाहीँ अचानक आउने समस्या भएको उनले बताए  |

'विभिन्न कारणले विद्युतका पोलहरू सार्न, ट्रान्सफर्मर प्रतिस्थापन गर्न, वितरण प्रणालीका पुराना संरचनाहरू मर्मत सम्भार  तथा बदलीजस्ता प्रिभेन्टिभ (निरोधात्मक) साथै सञ्चालन र विद्युत प्रवाह भैरहेका संरचनाहरूमा आउने प्राकृतिक वा आकस्मिक समस्याहरूको समाधानार्थ समेत केही समय सम्बन्धित स्थानको विद्युत आपूर्ति काटेर तत्कालै मर्मत सम्भार गरी विद्युत आपूर्ति सुचारू गर्ने गरिएको छ, | ’  विज्ञप्तिमा भनिएको छ |

प्राधिकरणले विगत ३ वर्षअघि देखि नै लोडसेडिङ अन्त्य गरिसकेको, फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको तिम्सीनाको भनाइ छ | पुस १४ गते राष्ट्रिय विद्युत प्रणालीमा केही समय समस्या आएकाले अवरोध भएको उनले स्पष्ट पारे |

उनका अनुसार उक्त समस्यालाई भारप्रेषण केन्द्र र ग्रीड सञ्चालन विभागमार्फत् समाधान गरिएको छ | कोरोना भाइरस संक्रमणको महामारीको समयमा पनि उपभोक्ता वर्गमा गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउन प्राधिकरणका कर्मचारीहरू अहोरात्र खटिएको र कुनै पनि प्रकारको लोडसेडिङ नहुने उनले बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ